धरानमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृ*त्यु, एक गम्भीर

  • मंसिर १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt प्रतिकात्मक तस्वीर

धरान/  सुनसरीको धरान–८ तीनकुनेमा रोकेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा शुक्रवार बिहानका राति एक जनाले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत तीनकुनेस्थित सडकको छेउमा पार्क गरिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा राति १ः३० बजेतिर धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल जोरदार रूपमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक इटहरी–४ का २५ वर्षीय मञ्जिल लिम्बू र पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते बनेका थिए। उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएकोमा चालक लिम्बूलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। राईको अवस्था गम्भीर रहेकाले उपचार जारी छ।

दुर्घटना पश्चात् मोटरसाइकल, ट्रक र ट्रक चालक तेह्रथुम फेदाप–२ का २७ वर्षीय गणेश भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ।

 
 
 

 

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved