स्थानीय

    Showing ७९१-८०० of ५,३३१ items.
  • झुम्का कारागारबाट भागेका कैदी कनकाई पुलमा बम राखेपछी पक्राउ

    झापा/  झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई पुल नजिक विस्फोटक पदार्थ राखी सर्वसाधारणमा त्रास फैलाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल उर्फ सञ्जय रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो। प्रहरीका अनुसार गत पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको थियो। उक्त बमलाई सोही दिन नेपाली सेनाको अरिदमन गणको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको थियो। घटनाको अनुसन्धानका क्रममा खरे

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ३८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा निर्वाचनका लागि ३ हजार ५ सय ७८ म्यादी प्रहरीमा खुल्यो भर्ना

    धरान/ आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा ३ हजार ५ सय ७८ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन हुने भएका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ३ हजार १ सय ४९ जना र सशस्त्र प्रहरी बलका ४ सय २९ जना गरी कुल ३ हजार ५ सय ७८ म्यादी प्रहरी परिचालन गरिनेछ। म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार भर्ना प्रक्रिया अघि बढाइएको हो। सोही अनुसार बिहीबार प्रमुख जिल्ला अधिकारी घिमिरेले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना सार्वजनिक गरेका छन्। सूचनाअनुस

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ४४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटरी स्कुलमा ‘ग्राण्ड पेरेंट्स डे’ हुने

    सुनसरी/  सुनसरीकाे इटहरी -६ मा अवस्थित मोडर्न प्रिपेरेटरी माध्यमिक आवासीय विद्यालयले यही पुस २९ गते (मंगलबार) विद्यालय प्राङ्गणमा हजुरबुवा–हजुरआमाको आशीर्वाद महोत्सव आयोजना गर्ने भएको छ।  विद्यालयले हजुरबुवा–हजुरआमा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई अनुशासन, नैतिकता र उत्कृष्टता जस्ता जीवनमूल्यलाई पुस्ता–पुस्ताबीच हस्तान्तरण गर्ने शैक्षिक तथा सामाजिक चेतनाको अभियान का रूपमा लिएको जनाएको छ। विद्यालयको शैक्षिक दर्शन अनुशासन, नैतिकता र उत्कृष्टता मा आधारित रहेको छ। विद्यालयका अनुसार जेष्ठ नागरिकको आशिर्वाद, अनुभव र मार्गदर्शन बिना साँचो शिक्षा पूर्ण हुन

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ६८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

    धरान/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएका छन् । जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार ९९० मतदाता छन् भने सबैभन्दा कम एक लाख ३४ हजार ३०२ मतदाता कायम भएका छन् । निर्

    • प्रकाशित मितिः पुस २३, २०८२
    • ४५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा माघ ६ देखि मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता हुने

    धरान/ यु–१८ उमेर समूहको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ। रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल संघ तथा धरान मेघा हिमालयन कलेजको संयुक्त आयोजनामा प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएका हुन्। सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीका अनुसार प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरूको सहभागिता रहनेछ। धनकुटामा पनि बास्केटबल खेलको विकास हुँदै गएकाले त्यहाँका विद्यालयलाई समेत सहभागी गराउने पहल भइरहेको उनले बताए। आगामी वर्षहरूमा इ

    • प्रकाशित मितिः पुस २३, २०८२
    • ४३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टीका अध्यक्ष सुनसरी–१ बाट चुनाव लड्ने

    धरान/ श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिने स्पष्ट पारेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै लेखेका छन्, “म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु। जय माटो, जय देश।” सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाका ५ वड

    • प्रकाशित मितिः पुस २३, २०८२
    • ४९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भागबन्डामै बित्यो कोशी प्रदेश सरकारको तीन वर्ष

    सुनसरी/ कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ। नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सहमतिअनुसार भागबन्डा मिलाउन मन्त्रिपरिषद् हेरफेर गरिएको हो। मङ्गलवार मुख्यमन्त्री हिकमतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथग्रहण गराएका छन्। काँग्रेस–एमाले–माओवादी भागबन्डामै बित्यो कोशी प्रदेश सरकारको तीन वर्ष नवनियुक्त मन्त्रीहरूमा काङ्ग्रेसबाट प्रदीपकुमार सुनुवार (भौतिक पूर्वाधार), मानबहादुर लिम्बू ९स्वास्थ्य०, इस्राइल मन्सुरी (कृषि) र भीम पराजुली (पर्यटन तथा वन–वातावरण) मन्त्री बनेका छन्। शोभा चेम्जोङलाई भौति

    • प्रकाशित मितिः पुस २३, २०८२
    • ४४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा घमानसिंह बराइली निर्वाचित

    धरान/  श्री विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा घमानसिंह बराइली निर्वाचित भएका छन्। सोमबार धरान–१० स्थित सैनिक भवनमा सम्पन्न समितिको १२ औँ अधिवेशनमा निवर्तमान महासचिव समेत रहेका बराइलीले अध्यक्षमा उम्मेदवार दिएका निवर्तमान सचिव सन्दीप शंकरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन मण्डलका अधिकृत डिबी शाहशंकरका अनुसार बराइलीले ६५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शंकरले ५५ मत प्राप्त गरेका थिए। अध्यक्ष बाहेक अन्य पदाधिकारीहरू भने सहमतिमै चयन भएका छन्। उपाध्यक्षमा मिरा बराइली, महासचिवमा वलिन्द्र बराइली, कोषाध्यक्षमा ललन जनकर्मी तथा सचिवमा कला शंकर चयन भएका

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ४२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माघमा बीपी प्रतिष्ठानमा ‘सिन्याप्स–२०२६’हुदै

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आगामी माघ महिनामा अखिल नेपाल मेडिकल कलेज भेटघाट कार्यक्रम ‘सिन्याप्स–२०२६’ आयोजना हुने भएको छ । विद्यार्थी कल्याण समाज, बीपी प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम माघ १६ गतेदेखि २३ गतेसम्म सातौँव्यापी रूपमा चल्ने आयोजकले जानकारी दिएका छन् । आयोजनाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रज्वल विक्रम खाणले सिन्याप्स–२०२६ अन्तर्गत खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विविध सिर्जनात्मक र बौद्धिक गतिविधिहरू सञ्चालन गरिने बताए । मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ७१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः पौडेल निर्वाचित

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको सुनसरी जिल्लाकै प्रतिष्ठित सहकारी संस्थाको रुपमा स्थापित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन: सिता भण्डारी पौडेल निर्वाचित भएकी छिन् । मङलबार संस्थाको २७ औँ वार्षिक साधारण सभा तथा २८ औं वार्षिकोत्सव कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिकृष्ण भट्टराईले संस्थाको ४ वर्षका लागि अध्यक्षमा भण्डारी सर्वसम्मत चयन भएको बताए । अध्यक्षमा भण्डारी सहित उपाध्यक्षमा मीन बहादुर बानियाँ, सचिव ज्ञानेन्द्र (आदेश) गौतम , कोषाध्यक्ष राधिका कार्की, सदस्यहरू मदन (राजन ) बस्नेत , प्रभा कुमरी घिमिरे , सुनिता निरौला, श

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ४७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved