श्रम संस्कृति पार्टीका अध्यक्ष सुनसरी–१ बाट चुनाव लड्ने धरानका मेयर हर्क साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा चुनाव लड्दै

  • पुस २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका छन्।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिने स्पष्ट पारेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै लेखेका छन्,

“म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु। जय माटो, जय देश।”

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाका ५ वडा तथा रामधुनी नगरपालिकाका २ वडा समेटिएका छन्।

उक्त क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई निर्वाचित भएका थिए।

धरानमा वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्दै आएका साम्पाङको उम्मेदवारी घोषणासँगै सुनसरी–१ को राजनीतिक प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved