झापा/ ललितपुरका दिलनाथ बजगाई करिब डेढ वर्षदेखि बेपत्ता रहेको घटनाको अनुसन्धानका क्रममा झापाको मेचीनगरमा बंगुर फार्मभित्र गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ। ललितपुर जिल्ला साविक मनिखेल, हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका बजगाई २०८१ कात्तिक २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टाबाट बेपत्ता भएका थिए। उनकी श्रीमती तुलसा बुढा बजगाईले पति हराएको भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा बजगाईसँगै हिँड्ने उनका साथी राम भनिने गुप्तबहादुर सिंहमाथि शंका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो। सोधपुछका क्रममा स
धरान/ नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनमा आएपछि दर्शकमाझ चर्चा बटुलिरहेको छ। गोर्खा सैनिकको पेन्सन, पारिवारिक सम्बन्ध, आर्थिक अभाव, प्रेम, त्याग र आमाको खोजीलाई कथाको केन्द्रमा राखिएको चलचित्रले सामाजिक यथार्थलाई भावनात्मक ढंगले पर्दामा उतारेको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रको प्रचार–प्रसार तथा दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन निर्देशक माओत्से गुरुङ बुधबार धरान आइपुगे। धरान पूर्वगोर्खा सैनिक तथा लाहुरेको शहरका रूपमा परिचित भएकाले ‘पेन्सन पट्टा’का लागि धरानलाई महत्वपूर्ण दर्शक बजारका रूपमा हेरिएको छ। धरानमा आयोजित कार्यक्रममा निर्देशक
काठमाडौँ / पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सह–संयोजक माधव कुमार नेपाल भोटेकोशी बाढी प्रभावित जिल्लाको अवलोकनमा निस्किएका छन् । विनाशकारी बाढी आएको २१ दिनपछि नेपाल नेतृत्वको टोली प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका हुन् । भोटेकोशी बाढीबाट पीडितहरूलाई राहत वितरण तथा प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा प्रभावित क्षेत्रमा गएको प्रवक्ता प्रकाश ज्वालाले बताए । धादिङको गल्छी, महेश दोभानमा अनुगमनपछि टोली अहिले नुवाकोटतर्फ गएको छ । बेत्रावतीसम्म पुगेर टोली काठमाडौँ फर्किन ज्वालाले जानकारी दिए । भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिम पहिरो सहित आए
धरान/ धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर पितृश्राद्ध तथा धार्मिक आस्थाको केन्द्रका रूपमा प्रसिद्ध बन्दै गएको छ । प्राकृतिक सौन्दर्यका कारणसमेत छुट्टै पहिचान बनाएको विष्णुपादुका क्षेत्रमा धरान बजारबाट माथि उक्लिँदै जाँदा चिसो हावापानीसँगै गाउँले परिवेशको अनुभूति गर्न सकिन्छ । विशेषगरी मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान् विष्णुले पहिलो श्राद्ध गरेको स्थानका रूपमा विष्णुपादुकालाई लिने गरिन्छ । यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनको विश्वाससमेत रहेको छ । इटहरीबाट पहिलो पटक श्राद्ध गर्न आएका दम्पती निमा तिम्सिना र अविशेक तिम्सिनाले विष्णुपादु
इटहरी/ सुनसरीको इटहरीमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। चेकजाँचका क्रममा प्रहरीले रोक्न खोज्दा एम्बुलेन्स चालकले प्रहरीलाई नै ठक्कर दिएर भाग्ने प्रयास गरेपछि एम्बुलेन्स छाडेर फरार भएका छन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी–धरान सडकखण्डअन्तर्गत चारकोशे जंगलको पानीट्यांकी क्षेत्रमा विशेष सूचनाका आधारमा सवारीसाधन चेकजाँच भइरहेको थियो। राति करिब ११ः४० बजे शंकास्पद अवस्थामा आएको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोजेको थियो। तर, चालकले एम्बुलेन्स नरोकी प्रहरी टोलीलाई ठक्कर दिँदै भाग्ने प्रयास गरेका थिए। प्रहरीलाई छल्दै भाग्ने प्रयास सफल नभएपछि चालकले एम्ब
धरान/ सुनसरीको धरानमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–१२ चतरालाइन बस्ने २९ वर्षीय सुरेश क्षेत्री र धरान–१९ बस्ने २९ वर्षीय रुदिन भुजेल रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी सहायक हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको टोलीले मगलबार साँझ करिब ६ः३० बजे धरान–८ स्थित बरगाछी चोकमा इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–०५५ प ४६६ नम्बरको स्कुटरलाई शंका लागेर रोकेको थियो। स्कुटर चालक क्षेत्री र पछाडि सवार भुजेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्
काठमाडौं/ काठमाडौंको चन्द्रागिरीमा आफूलाई सादा पोसाकका प्रहरी भएको भन्दै मेडिकलमा प्रवेश गरी डर–त्रास देखाएर नगद रकम लिएर भागेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोलका ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सञ्जय बिसुंखेल रहेका छन्। प्रहरीका अनुसार २०८३ असोज १ गते साँझ करिब ६ः४० बजे चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा अपरिचित व्यक्तिहरू प्रवेश गरेका थिए। उनीहरूले आफूहरू सादा पोसाकमा खटिएका प्रहरी भएको र मेडिकल पसलहरूको अनुगमन गर्न आएको भन्दै सञ्चालकलाई डर–त्रास तथा धाकधम्की दिएका थिए। त्यस क्रममा मेडिकल
रामधुनी/ रामधुनी नगरपालिका वडा नम्बर १, शिव चोकमा रहेको माउन्ट समिट वर्ल्ड स्कुलमा एकदिने नेपाली तथा अंग्रेजी हस्तलेखन (Handwriting) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा लेखन सीपको विकास गराउने र उनीहरूभित्र रहेको सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थी भाइबहिनीहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले नेपाली र अंग्रेजी दुवै विधामा आफ्नो कलात्मक हस्तलेखन प्रस्तुत गरेका थिए। कार्यक्रमबारे जानकारी दिँदै विद्यालयका म्यानेजमेन्ट डा
फिदिम/ पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा खुकुरी देखाएर धाकधम्की दिइरहेको अवस्थामा प्रहरीले एक युवकलाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिदिम नगरपालिका–६ सिवाका ३२ वर्षीय सुसन तुम्रोक रहेका छन्। प्रहरीका अनुसार भदौ ४ गते यासोक बजारमा तुम्रोकले धारिलो हतियार खुकुरी देखाउँदै धाकधम्की दिइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। खोजतलासका क्रममा उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा दापसहितको दुई थान खुकुरी, इन्सास राइफलको एक राउण्ड लाइभ गोली र बारुद २७.७१ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामग्रीसहित
धनकुटा/ धनकुटाको मुलघाटबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। धनकुटा नगरपालिका–९ मुलघाटस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४५१९ नम्बरको विद्युतीय गाडीमा सवार दुई जनालाई शंका लागेर जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ स–साना प्लास्टिकका २५ वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी खुला अवस्थामा हरियो रङका ५० वटा क्याप्सुल र सुन्तला रङका ४५ वटा ट्याब्लेटसमेत बरामद गरिएको जिल्ला प्