रामधुनीमा माउन्ट समिट वर्ल्ड स्कुलद्वारा एकदिने हस्तलेखन प्रतियोगिता सम्पन्न

  • असोज ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt -चन्दन रौनियार

रामधुनी/  रामधुनी नगरपालिका वडा नम्बर १, शिव चोकमा रहेको माउन्ट समिट वर्ल्ड स्कुलमा एकदिने नेपाली तथा अंग्रेजी हस्तलेखन (Handwriting) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थीहरूमा लेखन सीपको विकास गराउने र उनीहरूभित्र रहेको सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थी भाइबहिनीहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए।

प्रतियोगितामा विद्यार्थीहरूले नेपाली र अंग्रेजी दुवै विधामा आफ्नो कलात्मक हस्तलेखन प्रस्तुत गरेका थिए।

कार्यक्रमबारे जानकारी दिँदै विद्यालयका म्यानेजमेन्ट डाइरेक्टर अच्युत ढकालले विद्यार्थीको किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा क्षमता अभिवृद्धि गराउन यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिँदै आएको बताउनुभयो।

सफा र सुन्दर हस्तलेखनले विद्यार्थीको पठनपाठनमा समेत सकारात्मक प्रभाव पार्छ, जसका लागि यो प्रतियोगिता आयोजना गरिएको हो, डाइरेक्टर ढकालले भन्नुभयो।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई विद्यालयको आगामी वार्षिकोत्सव कार्यक्रमका अवसरमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने विद्यालय प्रशासनले जनाएको छ।

 

पाँचथरमा खुकुरी देखा ...

फिदिम/ पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक ...

मुलघाटबाट लागुऔषधसहि ...

धनकुटा/ धनकुटाको मुलघाटबाट प्रहरीले लागुऔषधसहित दु ...

बजेट रोकिएपछि पूर्वा ...

खोटाङ/  कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोज ...

धनकुटाको साँगुरीगढी ...

धनकुटा/  धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाले व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved