प्रहरी बनेर मेडिकलमा छिरे, धम्क्याएर नगद लुटे; दुई जना पक्राउ

  • असोज ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ काठमाडौंको चन्द्रागिरीमा आफूलाई सादा पोसाकका प्रहरी भएको भन्दै मेडिकलमा प्रवेश गरी डर–त्रास देखाएर नगद रकम लिएर भागेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोलका ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सञ्जय बिसुंखेल रहेका छन्।

प्रहरीका अनुसार २०८३ असोज १ गते साँझ करिब ६ः४० बजे चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा अपरिचित व्यक्तिहरू प्रवेश गरेका थिए।

उनीहरूले आफूहरू सादा पोसाकमा खटिएका प्रहरी भएको र मेडिकल पसलहरूको अनुगमन गर्न आएको भन्दै सञ्चालकलाई डर–त्रास तथा धाकधम्की दिएका थिए।

त्यस क्रममा मेडिकलको काउन्टरमा औषधी बिक्रीबाट जम्मा भएको नगद रकम लिएर उनीहरू फरार भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचना पाएलगत्तै प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिहरूको खोजी थालेको थियो।

खोजतलासका क्रममा प्रहरीले असोज ५ गते सुर्खेती र बिसुंखेललाई फेला पारी नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि अपराधिक लाभ (एक्सटर्सन) तथा ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 धरानका सबै विद्यालय ...

धरान/ भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनज ...

सडक दुर्घटनामा मन्त् ...

काठमाडौं/ झारखण्डको जमशेदपुर जिल्लास्थित दोमुहानी ...

देशका अधिकांश स्थानम ...

काठमाडौं/  बङ्गालको खाडीमा विकसित न्यून चापीय ...

मुन्दुम्को अध्ययन र ...

किरात धर्म, दर्शन र मुन्दुम्को अध्ययन तथा अनुसन्धानका ल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved