१ अर्बभन्दा बढी हुण्डी कारोबार, धरानका शाही पक्राउ

  • असोज ९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थाका खाता प्रयोग गरी १ अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा एक पुरुष  पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वित्तीय कारोबारको विश्लेषण गर्ने क्रममा धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएका ज्योति शाही हुण्डी कारोबारमा संलग्न रहेको खुलेपछि पक्राउ गरेको हो।

शाहीलाई थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट असोज ६ गते पक्राउ अनुमति लिइएको थियो। त्यसपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरान–५, खैरेनीबाट उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय, इटहरीमा २०६८ भदौ १६ गते दर्ता भएको ‘शाही मनि ट्रान्सफर’का नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर कारोबार गर्दै आएका थिए।

अनुसन्धानका क्रममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थाका खातामार्फत करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विदेशमा असम्बन्धित व्यक्तिले आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने र त्यसलाई स–साना रकममा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट विभिन्न व्यक्तिका बैंक खातामा पठाउने गरिएको थियो।
यसरी बैंक तथा वित्तीय संस्थाका ठूलो संख्यामा रहेका खातालाई प्रयोग गरी रकम स्थानान्तरण गर्ने काम हुण्डी कारोबारसँग सम्बन्धित रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

पक्राउ परेका शाहीविरुद्ध हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिए। घटनामा संलग्न अन्य व्यक्ति तथा कारोबारको थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नाेट: ज्याेती शाही पुरुष हुनुपर्नेमा अन्यथा भएकोले क्षयमा चान्छाै- सम्पादक 

 धरानका सबै विद्यालय ...

धरान/ भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनज ...

सडक दुर्घटनामा मन्त् ...

काठमाडौं/ झारखण्डको जमशेदपुर जिल्लास्थित दोमुहानी ...

देशका अधिकांश स्थानम ...

काठमाडौं/  बङ्गालको खाडीमा विकसित न्यून चापीय ...

मुन्दुम्को अध्ययन र ...

किरात धर्म, दर्शन र मुन्दुम्को अध्ययन तथा अनुसन्धानका ल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved