एम्बुलेन्समै ४५० किलो गाँजा १ प्रहरीलाई ठक्कर दिएर चालक फरार

  • असोज ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको इटहरीमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। चेकजाँचका क्रममा प्रहरीले रोक्न खोज्दा एम्बुलेन्स चालकले प्रहरीलाई नै ठक्कर दिएर भाग्ने प्रयास गरेपछि एम्बुलेन्स छाडेर फरार भएका छन्।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी–धरान सडकखण्डअन्तर्गत चारकोशे जंगलको पानीट्यांकी क्षेत्रमा विशेष सूचनाका आधारमा सवारीसाधन चेकजाँच भइरहेको थियो। राति करिब ११ः४० बजे शंकास्पद अवस्थामा आएको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोजेको थियो।

तर, चालकले एम्बुलेन्स नरोकी प्रहरी टोलीलाई ठक्कर दिँदै भाग्ने प्रयास गरेका थिए। प्रहरीलाई छल्दै भाग्ने प्रयास सफल नभएपछि चालकले एम्बुलेन्स घटनास्थलमै छाडेर फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीले एम्बुलेन्सभित्र खानतलासी गर्दा ३० किलोका दरले १५ वटा पोकामा राखिएको ४५० किलो गाँजा फेला पारेको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी चौकी तरहराको टोलीले ज्यानको जोखिम मोलेर गाँजासहितको एम्बुलेन्स नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

फरार चालकको खोजी भइरहेको छ भने बरामद गाँजा र एम्बुलेन्सका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 धरानका सबै विद्यालय ...

धरान/ भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनज ...

सडक दुर्घटनामा मन्त् ...

काठमाडौं/ झारखण्डको जमशेदपुर जिल्लास्थित दोमुहानी ...

देशका अधिकांश स्थानम ...

काठमाडौं/  बङ्गालको खाडीमा विकसित न्यून चापीय ...

मुन्दुम्को अध्ययन र ...

किरात धर्म, दर्शन र मुन्दुम्को अध्ययन तथा अनुसन्धानका ल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved