पाँचथरमा खुकुरी देखाएर धम्क्याउने युवक पक्राउ, गोली र बारुद पनि बरामद

  • असोज ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

फिदिम/ पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा खुकुरी देखाएर धाकधम्की दिइरहेको अवस्थामा प्रहरीले एक युवकलाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–६ सिवाका ३२ वर्षीय सुसन तुम्रोक रहेका छन्।

प्रहरीका अनुसार भदौ ४ गते यासोक बजारमा तुम्रोकले धारिलो हतियार खुकुरी देखाउँदै धाकधम्की दिइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।

खोजतलासका क्रममा उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा दापसहितको दुई थान खुकुरी, इन्सास राइफलको एक राउण्ड लाइभ गोली र बारुद २७.७१ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसहित तुम्रोकलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई अनुसन्धान अघि बढाइएको छ।

उनलाई खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा जिल्ला अदालत फिदिमबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

रामधुनीमा माउन्ट समि ...

रामधुनी/  रामधुनी नगरपालिका वडा नम्बर १, शिव चोकमा ...

मुलघाटबाट लागुऔषधसहि ...

धनकुटा/ धनकुटाको मुलघाटबाट प्रहरीले लागुऔषधसहित दु ...

बजेट रोकिएपछि पूर्वा ...

खोटाङ/  कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोज ...

धनकुटाको साँगुरीगढी ...

धनकुटा/  धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाले व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved