धनकुटाको साँगुरीगढी गाउँपालिकाले गाउँपालिकाबाटै पान दर्ता सेवा सुरु, पहिलो सेवाग्राही बने विवेक ईवाहाङ

  • असोज ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt -हिराराज राई,

धनकुटा/  धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै जारी गर्ने सेवा आजदेखि औपचारिक रूपमा सुरु गरेको छ।

सेवा शुभारम्भसँगै साँगुरीगढी गाउँपालिका वडा नं. ६ सिम्सुवा नजिक बेल्बोटेमा रहेको सुब्बा ग्यारेजका सञ्चालक विवेक ईवाहाङ गाउँपालिकाबाट पान दर्ता गर्ने पहिलो सेवाग्राही बनेका छन्। गाउँपालिका अध्यक्ष जितेन्द्र राईले ईवाहाङलाई पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।

पहिलो सेवाग्राही बनेका ईवाहाङले आफ्नै गाउँपालिकाबाट शून्य लागतमा पान दर्ता गर्न पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिए। उनले यस सेवाले स्थानीय व्यवसायी तथा उद्यमीलाई समय, खर्च र झन्झट बचत हुने विश्वास व्यक्त गरे।

गाउँपालिकाले अबदेखि व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने पान सेवा स्थानीय स्तरमै उपलब्ध गराउने भएकाले सेवाग्राहीले जिल्ला सदरमुकाम वा अन्य स्थान धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। यस सेवाले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्नुका साथै नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने गाउँपालिकाको विश्वास रहेको छ।

रामधुनीमा माउन्ट समि ...

रामधुनी/  रामधुनी नगरपालिका वडा नम्बर १, शिव चोकमा ...

पाँचथरमा खुकुरी देखा ...

फिदिम/ पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक ...

मुलघाटबाट लागुऔषधसहि ...

धनकुटा/ धनकुटाको मुलघाटबाट प्रहरीले लागुऔषधसहित दु ...

बजेट रोकिएपछि पूर्वा ...

खोटाङ/  कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोज ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved