बजेट रोकिएपछि पूर्वाधार विकास कार्यालय खोटाङले संघीय सशर्त बजेटका योजनाको ठेक्का प्रक्रिया अघि बढायो

  • असोज ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

खोटाङ/  कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोजन भएको बजेट हाललाई रोकिएपछि प्रदेशअन्तर्गतका आयोजना तथा कार्यक्रमको ठेक्का प्रक्रिया प्रभावित भएको छ।

बजेट संशोधनको प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म प्रदेश बजेटअन्तर्गतका योजनाको ठेक्का प्रकाशन नगर्न मन्त्रालयले निर्देशन दिएको छ।

यता, संघीय सरकारबाट प्राप्त सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया भने अघि बढाइएको छ। पूर्वाधार विकास कार्यालय, खोटाङले संघीय सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया अघि बढाएको हो।

ठेक्का प्रक्रियामा सहभागी हुने निर्माण व्यवसायी तथा सम्बन्धित पक्षलाई सहज होस् भन्ने उद्देश्यले कार्यालयले बोलपत्रसम्बन्धी कागजात कार्यालयबाट हार्डकपीका रूपमा उपलब्ध गराउनुका साथै आफ्नो आधिकारिक वेबसाइटमार्फत डाउनलोड गर्न सकिने व्यवस्था गरेको छ।

कार्यालयले वेबसाइटमा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी बोलपत्रसम्बन्धी आवश्यक कागजात डाउनलोड गर्न सकिने व्यवस्था गरेको जनाएको छ। यस व्यवस्थाले कार्यालयसम्म प्रत्यक्ष उपस्थित हुन नसक्ने इच्छुक निर्माण व्यवसायीलाई समेत बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

बोलपत्र खरिद तथा दाखिला गर्ने प्रक्रिया भने तोकिएको समयसीमा र प्रचलित कानुनी व्यवस्थाअनुसार हुने कार्यालयले जनाएको छ।

रामधुनीमा माउन्ट समि ...

रामधुनी/  रामधुनी नगरपालिका वडा नम्बर १, शिव चोकमा ...

पाँचथरमा खुकुरी देखा ...

फिदिम/ पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक ...

मुलघाटबाट लागुऔषधसहि ...

धनकुटा/ धनकुटाको मुलघाटबाट प्रहरीले लागुऔषधसहित दु ...

धनकुटाको साँगुरीगढी ...

धनकुटा/  धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाले व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved