स्थानीय

    Showing ५११-५२० of ५,३३२ items.
  • वराहक्षेत्र मेयर लिग कप: उपाधिका लागि वडा नं. २ र वडा नं. ९ भिड्ने

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएसँगै फाइनल समिकरण पूरा भएको छ। उपाधिका लागि अब वडा नं. २ र वडा नं.९ का बीच प्रतिस्पर्धा हुने भएको छ।देविघाटस्थित बसन्तऋतु माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दोस्रो संस्करणको विजेता वडा नं. १ लाई वडा नं. ९ ले शुन्यका बिरुद्ब एक गोलको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। यसअघि वडा नं. २ ले वडा नं. ५ लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको थियो। अब उपाधिका लागि गत संस्कर

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ३३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बा कप (यूएई) को दोस्रो संस्करण मे ९ मा हुने

    दुबई/ मोफसलकै चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्ड कप लाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले धरान युनाइटेड फुटबल क्लब, यूएईले दोस्रो संस्करणको बुढासुब्बा कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता २०२६ मे ९ का दिन दुबईस्थित वुल्डलेम स्कूलको खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। यूएई नेपाली फुटबल संघ (यूएनएफए) को संयोजनमा सञ्चालन हुने प्रतियोगिता सात–ए–साइड ढाँचामा खेलाइनेछ। प्रतियोगिता नेपाली समुदायमा हालसम्मकै उच्च पुरस्कार राशिसहित आयोजना गर्न लागिएको आयोजक संयोजक स्विकार राई ले जानकारी दिनुभयो। धरान युनाइटेड फुटबल क्लबले हरेक वर्ष

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ८१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नर्सरीदेखि ब्याचलरसम्म एउटै छानामुनि: धरान मेघाको नयाँ शिक्षा मोडल

    धरान/ पछिल्लो समय कोशी प्रदेशकै शैक्षिक क्षेत्रमा द्रुत रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको धरान मेघा हिमालयन कलेज अहिले नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा व्यस्त छ। नर्सरीदेखि ब्याचलरसम्म एउटै छानामुनि अध्ययनको अवसर, दक्ष शिक्षक टोली, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता र करियर–केन्द्रित शिक्षण प्रणालीका कारण कलेज अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै आएको छ। यिनै विषयमा केन्द्रित रहेर कलेजका प्रिन्सिपल भास्कर पौडेलसँग कोशीपत्रले गरिएको विस्तृत कुराकानीको सम्पादित अंश प्रस्तुत छः भर्ना अभियानको अवस्था अहिले कस्तो छ ?  अहिले हाम्रो नर्सरीदेखि कक्षा ९ सम्मको भर्ना प्

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ७१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्कमा सारङ्गीको स्वर : पुस्तौंदेखिको पेसा जोगाउँदै

    धरान/ धरानस्थित श्रम संस्कृति पार्कमा हरेक दिन मधुर सारङ्गीको धुन गुञ्जिन्छ। त्यही धुनसँगै आफ्नो पुर्ख्यौली पेसा जोगाउँदै अघि बढिरहेका छन्—सुवास गन्धर्व र सुजन गन्धर्व। सुवासले विगत २५ वर्षदेखि सारङ्गी रेट्दै गीत गाउँदै आएका छन् भने सुजनले पनि आठ वर्षदेखि यही यात्रामा साथ दिइरहेका छन्। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उनीहरू पार्कमा एकजनाले मादल बजाउने र अर्काले सारङ्गीको धुनमा गीत गाउने दैनिकीमा व्यस्त हुन्छन्। उनीहरूको प्रस्तुति केवल मनोरञ्जनमा सीमित छैन, यही नै उनीहरूको जीविकोपार्जनको मुख्य आधार बनेको छ। पार्क घुम्न आउने सर्वसाधारण तथा पर्यटकले स्वेच्छाले दिएको सहयोगबाट उनीहरूको ग

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ५३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप: साविक विजेता वडा नं. २ फाइनलमा प्रवेश

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत वडा नं. २ फाइनलमा प्रवेश गरेको छ। देविघाटस्थित बसन्तऋतु माध्यमिक विद्यालयको खेल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा साविक उप विजेता वडा नं. ५ लाई टाइब्रेकरमा ६ - ५ गोल अन्तरले पराजित गर्दै गत संस्करणको विजेता वडा नं. २ ले उपाधि नजिक पुगेको हो। खेलको निर्धारित र थप अतिरिक्त समयमा दुवै टिमले गोल रहित वरावरी खेले पछि खेलको नतिजा टाइब्रेकरवाट लिईएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. २ का रोहन राई ‘म्यान अफ द म्याच’ घोषित भए

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • २७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बीपीमा चमत्कार : १८ किलो ट्युमर निकाल्दै बिरामीलाई नयाँ जीवन

    धरान/  चिकित्सकलाई भगवानको रूप किन भनिन्छ भन्ने उदाहरण फेरि एकपटक धरानमा देखिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा गरिएको दुर्लभ र जटिल शल्यक्रियाले एक बिरामीलाई नयाँ जीवन दिएको छ। वरिष्ठ सर्जन डा. रिकेशजंग कार्की को नेतृत्वमा रहेको चिकित्सक टोलीले इटहरी–५ का मनोज श्रेष्ठको पेटभित्र रहेको १८ किलोग्रामको विशाल ट्युमर सफलतापूर्वक निकाल्न सफल भएको हो। अत्यन्त जोखिमपूर्ण मानिएको उक्त शल्यक्रिया लामो समयसम्म सञ्चालन गरिएको थियो। चिकित्सकहरूका अनुसार ट्युमरले पेटभित्रका महत्वपूर्ण अंगहरूमा गम्भीर दबाब सिर्जना गरेको थियो, जसका कारण शल्यक्रिया निकै चुनौतीपूर्ण बनेको थ

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • ३७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान नृत्यकला प्रतिष्ठानमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

    धरान/  नृत्यकर्मीहरूको हक, हित तथा कला प्रवर्द्धनका लागि क्रियाशील संस्था धरान नृत्यकला प्रतिष्ठान को हालै सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा नन्दा राई चयन भएकी छिन्। त्यसैगरी उपाध्यक्षमा देवराज खड्का र पनिता तामाङ, सचिवमा सन्तोष तामाङ तथा सह–सचिवमा प्रविन भुजेल र सागर राई चयन भएका छ। कोषाध्यक्षमा सुरेश राई चयन हुनुभएको छ भने सदस्यहरूमा पवन तामाङ, सन्देश तिमल्सिना, एलिसा ल्वागुन, आइश्वर लिम्बू, रुविन परियार, रेशु धमला, इचिङ्सा लिम्बू, सविता शेर्पा, हर्क तामाङ र तृष्णा राई चयन भएका छन्। अधिवेशन अन्तर्गत सम्पन्न कार्यक्रमको

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • ४३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा चौथो संस्करणको वडा स्तरीय मेयर लिग कप : वडा नं. २ विजयी

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत आईतबार सम्पन्न खेलमा वडा नं. २ विजयी भएको छ। देविघाटस्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा वडा नं. २ ले वडा नं. ९ लाई शुन्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गरेको हो। लिग चरणका दुई वटै खेलमा लगातार जित दर्ता संगै गत संस्करणको बिजेता वडा नं.२ ले ६ अंक जोड्दै समूह बिजेता हुँदै प्रतियोगिताको उत्कृष्ट ४ मा स्थान सुरक्षित गरेको छ । १ खेलमा जित र १ खेलमा पराजित बनेको वडा नं ९ पनि प्रतियोगितामा ३ अंक जोड्दै समूह उपबिजेताको रुपमा उत्क

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • ३६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वर्षदेखि अलपत्र पुल , श्रमदानबाट उठ्दै, सरकार मौन: 'माग्दा पनि पाएनौँ सहयोग'

    धरान/  धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको जुवाने दोभानमा वर्षौँदेखि अलपत्र परेको पुल अहिले स्थानीयवासीकै सक्रियता र श्रमदानबाट पुनः निर्माण भइरहेको छ। २०७४ सालमा सुरु भएको पुल तत्कालीन मेयर तारा सुब्बा को असामयिक निधनपछि अधुरै रहँदै आएको थियो। त्यसयता सम्बन्धित निकायको ध्यान नपुगेपछि स्थानीयले आफैं जुटेर निर्माण कार्य अघि बढाएका हुन्। पुल अभावमा  दानाबारी, कालिमाटी, नहरे, जुवाने, हर्दिया लगायतका बस्तीका बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए। विशेषगरी वर्षायाममा सेउती खोलाको बहाव बढ्दा विद्यार्थी, वृद्धवृद्धा र सर्वसाधारणले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई आइडल २०२६: फाइनलमा को–को पुगे? हेर्नुहोस्

    धरान/ धरानमा ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नारासहित आयोजना हुँदै आएको कोशी प्रदेशकै चर्चित प्रतियोगिता वाई वाई एसईई आइडल २०२६ अहिले उत्कर्षतर्फ अघि बढिरहेको छ। फक्ताङलुङ मिडिया हाउस प्रा.लि. द्वारा आयोजना र FTL Online TV को प्रस्तुतीमा भइरहेको प्रतियोगिताको छैटौं संस्करण यस वर्ष अझ भव्य बनेको आयोजकले जनाएको छ। प्रतियोगितामा काेशी प्रदेशका १४ जिल्लाबाट १६ सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। फिजिकल र डिजिटल दुवै माध्यमबाट गरिएको अडिसनपछि उत्कृष्ट प्रतिभाहरू छनोट हुँदै आज (शनिबार) सेमीफाइनल चरण सम्पन्न भएको छ। सेमीफाइनल धरानमा आयोजना गरिएको थियो, जहाँ गायन, नृत

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • ३३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved