वराहक्षेत्र मेयर लिग कप: उपाधिका लागि वडा नं. २ र वडा नं. ९ भिड्ने

  • वैशाख २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएसँगै फाइनल समिकरण पूरा भएको छ।

उपाधिका लागि अब वडा नं. २ र वडा नं.९ का बीच प्रतिस्पर्धा हुने भएको छ।
देविघाटस्थित बसन्तऋतु माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दोस्रो संस्करणको विजेता वडा नं. १ लाई वडा नं. ९ ले शुन्यका बिरुद्ब एक गोलको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। यसअघि वडा नं. २ ले वडा नं. ५ लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको थियो।


अब उपाधिका लागि गत संस्करणको विजेता वडा नं.२ र वडा नं. १ बीच शुक्रबार प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

बुधबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ९ का रोहन राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद २ लाख २ हजार रुपैयाँ, उपविजेताले १ लाख १ हजार रुपैयाँ, तेस्रो हुने टोलीले ५१ हजार रुपैयाँ र चौथो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ।

विजेताले चाँदीको आकर्षक ट्रफी प्राप्त गर्नेछन्। रनिङ शिल्ड स्वरूपको यस प्रतियोगितामा कुनै टोलीले लगातार तीन पटक उपाधि जितेमा मात्र उक्त ट्रफी स्थायी रूपमा आफ्नो स्वामित्वमा राख्न पाउनेछ, अन्यथा अर्को संस्करणअघि ट्रफी फिर्ता गर्नुपर्ने व्यवस्था छ।

त्यसैगरी, विधागत उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ, उच्च गोलकर्ताले ११ हजार रुपैयाँ र अनुशासित टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा प्रारम्भिक चरण नकआउट र त्यसपछि लिग ढाँचामा खेल सम्पन्न भएपछि उत्कृष्ट चार टोलीबीच पुनः नकआउट प्रणालीमार्फत प्रतिस्पर्धा भइरहेको थियो। तेस्रो स्थानका लागि वडा नं। ५ र वडा नं. १ बीच बिहीबार प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता वैशाख २५ गतेसम्म जारी रहनेछ। नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालदेखि लिग-नकआउट ढाँचामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। यसअघि भएका संस्करणहरूमा क्रमशः वडा नं.३, वडा नं. १ र वडा नं. २ ले उपाधि जितेका छन्।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved