वराहक्षेत्र मेयर लिग कप: साविक विजेता वडा नं. २ फाइनलमा प्रवेश

  • वैशाख २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत वडा नं. २ फाइनलमा प्रवेश गरेको छ।

देविघाटस्थित बसन्तऋतु माध्यमिक विद्यालयको खेल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा साविक उप विजेता वडा नं. ५ लाई टाइब्रेकरमा ६ - ५ गोल अन्तरले पराजित गर्दै गत संस्करणको विजेता वडा नं. २ ले उपाधि नजिक पुगेको हो।

खेलको निर्धारित र थप अतिरिक्त समयमा दुवै टिमले गोल रहित वरावरी खेले पछि खेलको नतिजा टाइब्रेकरवाट लिईएको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. २ का रोहन राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

प्रतियोगितामा पहिलो चरण नकआउट र दोस्रो चरण लिग फर्म्याटमा खेल सम्पन्न भएपछि उत्कृष्ट चार टोलीबीच पुनः नकआउट प्रणालीमार्फत प्रतिस्पर्धा भइरहेको छ।

अब अन्तिम सेमिफाइनल खेल बुधबार समूह ‘बी’ का विजेता वडा नं. १ र समूह ‘ए’ का उपविजेता वडा नं. ९ बीच हुने आयोजकले जनाएको छ।

“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता वैशाख २५ गतेसम्म जारी रहनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालदेखि लिग–नकआउट ढाँचामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved