धरान नृत्यकला प्रतिष्ठानमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • वैशाख २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नृत्यकर्मीहरूको हक, हित तथा कला प्रवर्द्धनका लागि क्रियाशील संस्था धरान नृत्यकला प्रतिष्ठान को हालै सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा नन्दा राई चयन भएकी छिन्। त्यसैगरी उपाध्यक्षमा देवराज खड्का र पनिता तामाङ, सचिवमा सन्तोष तामाङ तथा सह–सचिवमा प्रविन भुजेल र सागर राई चयन भएका छ। कोषाध्यक्षमा सुरेश राई चयन हुनुभएको छ भने सदस्यहरूमा पवन तामाङ, सन्देश तिमल्सिना, एलिसा ल्वागुन, आइश्वर लिम्बू, रुविन परियार, रेशु धमला, इचिङ्सा लिम्बू, सविता शेर्पा, हर्क तामाङ र तृष्णा राई चयन भएका छन्।

अधिवेशन अन्तर्गत सम्पन्न कार्यक्रमको खुल्ला सत्रमा प्रमुख अतिथिका रूपमा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्र बिक्रम वेघाको उपस्थिति रहेको थियो। प्रमुख अतिथि वेघाले धरानका कलाकारलाई अगाामीदिनमा व्यवस्थित तरिकाले समेटेर लाने बताएका छन्।

कार्यक्रम नवनिर्वाचित अध्यक्ष नन्दा राईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वक्ताहरूले धरानमा नृत्यकर्मीहरूको हक अधिकार, अवसर तथा नृत्य प्रस्तुति तथा अभ्यासका लागि आवश्यक भौतिक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

नवनिर्वाचित कार्यसमितिले नृत्यकर्मीहरूको एकता सुदृढ गर्दै पेशागत सुरक्षा, सम्मान तथा कला विकासमा केन्द्रित भई आगामी दिनमा सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved