प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार ३ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षणाको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ ह
धरान धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्नातकोत्तर तहका केही विषयमा अनलाइन कक्षा सञ्चालन गर्न थालेको छ । क्याम्पसले मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायका केही विषयमा अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार अहिले मानविकी र शिक्षा सङ्कायतर्फ नेपाली, अङ्ग्रेजी र अनिवार्य विषयका साथै व्यवस्थापन सङ्कायतर्फ पनि केही विषयका कक्षा सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीको समय अनिश्चित भएको हुઁदा यसबीचमा विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगोस् भनेर अनलाइन कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ ।
धरान ८ स्थित लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी हात धुने र दाँत माझ्ने अभ्यास र सचेतना प्रदान गरिएको छ । वी पी को स्वा विज्ञान प्रतिष्ठानको नर्सहरुबाट उक्त अभ्यास र सचेतना प्रदान गरिएको हो । सोमबार अपाङ्ग पुनस्थापना केन्द्र तथा असाहाय सेवा केन्द धरान ८ ले चार दिनको खाजा र माक्स, सेनिटाइजर, फिनेल र साबुन लगायतका सामग्रीहरु प्रदान गरेको छ । उक्त सामग्र होप धरानका अध्यक्ष निश्चिल मोहन पलिखेलाई सेवा केन्दका अध्यक्ष सुनिल खड्का सहित दाताहरुले हस्तान्तरण गरेको हो । धरान उपमहानगरपालिकाले कोरोनाको संक्रमण र लकडाउनको अवस्थामा देखा परेका समस्य
सामुदायिक तथा निजी विद्यालयहरुले गत चैत्र ५ गते सम्पन्न गरेको शैक्षिक सत्र २०७६ को परीक्षाफल सामाजिक सञ्जाल फेसबुक पेजमार्फत प्रकाशन गरेका छन् । कोरोना भाइरसको संक्रमणको विषम परिस्थितिमा परीक्षाफल प्रकाशित गर्नुपर्ने विद्यालयहरुको कर्तव्य रहेकाले नतिजा प्रकाशन गर्नुपरेको वराहक्षेत्रस्थित हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठले जानकारी दिए । चतरास्थित हिमालयन इङ्लिस स्कुलसँगै, वराह राइजिङ स्टार इङ्लिस स्कुल, आइरिस वराह एकेडेमीलगायतका विद्यालयले फेसबुकमार्फत परीक्षाफल प्रकाशित गरेका छन् ।स्थानीय केही सामुदायिक विद्यालयहरुले समेत फेसबुक पेजमार्फत् परीक्षाफल प्रकाशित गरिरहेका छन् । कक्
धरान । कोरोना संक्रमितको उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने भएकाले धरानलाई पनि सरकारले रेड जोनमा राखेको छ । सरकारले गरेको वर्गिकरण अनुसार संक्रमण भित्रिने संवेदनशिल क्षेत्रको रुपमा धरान तथा सुनसरीलाई नै घोषणा गर्ने भएको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पताल संचालन हुने धरान र नेपाल भारत सिमाना जोडिएकाले सुनसरी जिल्लालाई नै रेडजोन घोषणा गरिने तयारी रहेको छ । नेपालका ७७ जिल्लाहरु लाई ४ क्षेत्रमा वर्गिकरण गरी सरकारले कोरोना भाइरस संक्रमण भित्रिने सम्भावना रहेका १४ जिल्लामा १५ दिन थप लकडाउन लम्व्याउने र अन्य जिल्लामा वर्गिकरण अनुसार आंशिक रुपमा खुकुलो ग
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गए पछि सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो । नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ । नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन् । जसमा १६ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो समय भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स
धरान । लकडाउनको सदुपयोग गर्दै धरान उपमहानगरपालिकाले रोकिएका योजनाका भौतिक पुर्वाधारका कामहरु सुचारु गरेको छ । धरान उपमहानगरपालिकाले धरान स्थित कोशीराजमार्ग अन्र्तगतको भोटेपुल क्षेत्रमा सडक बिस्तारको कामलाई सुचारु गरेको हो । कोरोना संक्रमणको रोकथामका लागि घोषणा गरेको लकडाउनका कारण बन्द रहेको धरान ८ स्थित बरगाछी देखि भोटेपुल सम्मको सडक बिस्तारको काम अघि बढेको छ । संघीय सरकारको भौतिक योजना तथा पुर्वाधार मन्त्रालय अन्र्तगतको सडक विभागले निर्माण शुरु गरेको केही दिनमै देशमा लकडाउनको घोषणा गरेको थियो । जिल्ला प्रशासनसँगको समन्वयमा सुरू गरिएको सडक खण्डका साथ–साथै धनकुटे रोडको खाल्डाहरू पुर्ने
धरान । गत वैशाख ३ गते धरान उपमहानगरपालिकाले दोस्रो चरणको राहतका लागि ३ करोड रुपैयाको माग गर्दै प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर तेस्रो चरणको राहत वितरणको तयारी भइरहँदा पनि माग प्रति प्रदेश सरकारको सम्बोधन हुन सकेको छैन् । राहतको माग सहित प्रतिवेदन बुझाएको करिब ३ साता पुग्न लाग्दा पनि प्रदेश सरकारको सम्बोधन हुन नसकेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गुनासो गरे । उनले भने, ‘लिखित प्रतिवेदन पनि बुझाएको थियो, माग पनि बुझाएका थियौं, त्यसको सम्बोधन हुन सकेको छैन् ।’ त्यही पर्खेर बस्दा ढिलो हुँने भए पछि धरान उपमहानगरपालिकाले नै राहत वितरणको तयारी गरेको उनको भनाई छ । ध
धरान । लकडाउनको समयमा विपन्न परिवारलाई राहत उपलब्ध गराउन धरान उपमहानगरपालिकाको फुड बैंकमा श्री सुच्चा राई कल्याणकारी समाज सुनसरीले खाद्यान्न प्रदान गरेको छ । धरान ८ स्थित सभागृहमा रहेको फुडबैंकमा समाजले १ हजार केजी चामल र १ सय केजी दाल प्रदान गरेको हो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदी समाजका तर्फबाट केन्द्रिय अध्यक्ष बिनोद सुच्चा राई सहित केन्द्रिय उपाध्यक्ष बिनोश राई,जिल्ला अध्यक्ष श्री कुमार राई र जिल्ला उपाध्यक्ष चण्डी प्रसाद राई लगायतले संयुक्तरुपमा खाद्यान्न प्रदान गरेका हुन् । समाजका पदाधिकारीहरु सहित सुच्चा राई दाजुभाईहरुबाट संकलन
कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट ३१ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १,२,३ बाट २० जना र ४, ५, ६ र ७ बाट ११ जना गरि जम्मा ३१ ज्नाको आरडिटी नमूना परीक्षण गरिएको २ का वडाध्यक्ष एवम कानेपोखरी गाँउपालिकाका प्रवक्ता शुसिल बुढाथोकिले बताए । वैदेशिक रोजगारबाट फर्किएका, भारतबाट र काठमाडौंबाट २५० जना गाउँपालिका भित्रिसकेका छन् । उनीहरूको निगरानी गाउँपलिकाले गरिरहेको पालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् । वैदेशिक रोजगार र संक्रमित स्थानबाट घर आएकामध्येबाट भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरूलाई आरडिटी नमूना पर