धरानमा तेस्रो चरणको राहत बाड्ने तयारी, राहतमा प्रदेश सरकारको सम्बोधन भएन

  • वैशाख २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गत वैशाख ३ गते धरान उपमहानगरपालिकाले दोस्रो चरणको राहतका लागि ३ करोड रुपैयाको माग गर्दै प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर तेस्रो चरणको राहत वितरणको तयारी भइरहँदा पनि माग प्रति प्रदेश सरकारको सम्बोधन हुन सकेको छैन् ।

राहतको माग सहित प्रतिवेदन बुझाएको करिब ३ साता पुग्न लाग्दा पनि प्रदेश सरकारको सम्बोधन हुन नसकेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गुनासो गरे ।

उनले भने, ‘लिखित प्रतिवेदन पनि बुझाएको थियो, माग पनि बुझाएका थियौं, त्यसको सम्बोधन हुन सकेको छैन् ।’ त्यही पर्खेर बस्दा ढिलो हुँने भए पछि धरान उपमहानगरपालिकाले नै राहत वितरणको तयारी गरेको उनको भनाई छ ।

धरान उपमहानगरपालिकाले अहिले तेस्रो चरणको राहत वितरण गर्ने तयारी गरिरहेको छ । पहिलो चरणमा १० हजारलाई राहत वितरण गरेकोमा दोस्रो चरणमा २१ हजार पुगेका छन् । प्रमुख राईले भने, ‘२० हजारलाई लक्षित गरेका थियौं तर अहिले बाड्दै जाँदा २१ हजार पुगेको छ, तेस्रो चरणमा अझै थपिन्छ ।’

उपमहानगरपालिकाले तेस्रो चरणको राहत वितरणका लागि २ लाख किलो चामल खरिदको प्रक्रिया अघि बढाइसकेको छ । उनका अनुसार २४ गते भित्र आपुर्ति भइसके पछि २७ गते तिर तेस्रो चरणको राहत वितरण गर्ने तयारी भएको छ ।

लकडाउन लम्बीन सक्ने भएकाले राहतको तयारीमा पनि लागेको उनले बताए ।

लकडाउन लम्बीदै गएकाले धेरै उपभोग्य वस्तुको अभाव हुने भए पनि चामल र दाल मात्रै भए पनि वितरण गरिने तयारीमा रहेको उनको भनाई छ । उनले भने, ‘नुन पर्याप्त छ, तरकारी पनि आपुर्ति भइरहेको छ । त्यसकारणले चामल र दाल वितरण गर्ने कि भन्ने छ । दाल पनि पर्याप्त पाइरहेको छैन् । चामल मात्रै भए पनि बाड्ने भनेका छौं ।’

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

‘एसईई स्पिकर–२०८१’ स ...

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved