सुच्चा राई समाजद्वारा धरान फुड बैंकलाई खाद्यान्न सहयोग

  • वैशाख २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनको समयमा विपन्न परिवारलाई राहत उपलब्ध गराउन धरान उपमहानगरपालिकाको फुड बैंकमा श्री सुच्चा राई कल्याणकारी समाज सुनसरीले खाद्यान्न प्रदान गरेको छ ।

धरान ८ स्थित सभागृहमा रहेको फुडबैंकमा समाजले १ हजार केजी चामल र १ सय केजी दाल प्रदान गरेको हो ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदी समाजका तर्फबाट केन्द्रिय अध्यक्ष बिनोद सुच्चा राई सहित केन्द्रिय उपाध्यक्ष बिनोश राई,जिल्ला अध्यक्ष श्री कुमार राई र जिल्ला उपाध्यक्ष  चण्डी प्रसाद राई लगायतले संयुक्तरुपमा खाद्यान्न प्रदान गरेका हुन् ।

समाजका पदाधिकारीहरु सहित सुच्चा राई दाजुभाईहरुबाट संकलन भएको रकमबाट पहिलो चरणमा धरानउपमहानगरपालिकालाई ६२ हजार रुपैया बराबरको खाद्यान्न प्रदान गरिएको केन्द्रिय उपाध्यक्ष बिनोश राईले बताए ।

उनका अनुसार समाजले १ लाख रुपैया भन्दा बढी आर्थिक संकलन गरेको छ ।

उनले भने, ‘पहिलो चरणमा धरान उपमहानगरपालिका लाई प्रदान गरिएको छ भने दोस्रो चरणमा जिल्लाका विभिन्न स्थानीय निकायहरुमा राहत स्वरुप खाद्यान्न प्रदान गरिनेछ ।’

खाद्यान्न वितरण कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष निर्मला राई, जिल्ला कोषाध्यक्ष संगिता राई, केन्द्रिय सदस्य पुर्ण राई, पुर्व केन्द्रिय अध्यक्ष ओम सुच्चा राई, केन्द्रिय सदस्य प्रेम राई, जिल्ला सदस्य सौराज राई लगायतको उपस्थिती रहेको थियो ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved