लकडाउनमा बन्द भएका धरानका सडक निर्माणको काम सुचारु

  • वैशाख २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनको सदुपयोग गर्दै धरान उपमहानगरपालिकाले रोकिएका योजनाका भौतिक पुर्वाधारका कामहरु सुचारु गरेको छ ।
धरान उपमहानगरपालिकाले धरान स्थित कोशीराजमार्ग अन्र्तगतको भोटेपुल क्षेत्रमा सडक बिस्तारको कामलाई सुचारु गरेको हो । कोरोना संक्रमणको रोकथामका लागि घोषणा गरेको लकडाउनका कारण बन्द रहेको धरान ८ स्थित बरगाछी देखि भोटेपुल सम्मको सडक बिस्तारको काम अघि बढेको छ ।

संघीय सरकारको भौतिक योजना तथा पुर्वाधार मन्त्रालय अन्र्तगतको सडक विभागले निर्माण शुरु गरेको केही दिनमै देशमा लकडाउनको घोषणा गरेको थियो ।

जिल्ला प्रशासनसँगको समन्वयमा सुरू गरिएको सडक खण्डका साथ–साथै धनकुटे रोडको खाल्डाहरू पुर्ने काम समेत सुरू भएको उपमहानगरकी उपमेयर मञ्जु भण्डारीले जानकारी दिइन ।

उपमेयर भण्डारीले अघिल्लो आर्थिक वर्षमा नै ठेक्का लागेको सडक विभाग मार्फतका अन्य ५ वटा सडकहरूको निर्माण तथा मर्मतको कामहरू भइरहेको बताइन ।

भण्डारीले सडक विभाग अन्तरगत रहेका बाहेकका अन्य नगर गौरवका आयोजनाहरूको पनि टेन्डर प्रक्रियामा रहेको बताउदै भोटेपुलदेखि तीनढुवाङ्गेसम्म १४÷१४ फिटको खहरे करिडोर निर्माण गरिने बताएकी छिन् ।

उनका अनुसार १६ नं. वडाको विजुली अफिस लाइनको खहरे करिडोर बनाउने तयारीमा रहेको छ । अन्य धरान नगर गौरबका आयोजनाहरु पनि निर्माण प्रक्रियामा रहेको उनले बताईन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved