धरान । देशका अन्य स्थानीय तहमा सत्ता गठबन्धन दलबीच तालमेल गर्ने कुरामा असन्तुष्टि बढिरहेको समयमा धरानमा समेत तालमेल नहुने सम्भावना बढेर गएको छ । मुलुकको सत्ता साझेदारमा समेत सँगै रहेका पाच दलीय गठबन्धनका शीर्षस्थ नेताहरुले केही समय अगाडि स्थानीय, संघीय र केन्द्रीय निर्वाचनसम्मै तालमेल गरेर निर्वाचनमा जाने सहमति गरिसके पनि स्थानीय तहमा भने आ–आफ्नो अडानका कारण तालमेल नहुने सम्भावना बढेर गएको हो । धरानमा पनि पटक पटक बसेको गठबन्धनको छलफलले स्थानीय निर्वाचनमा मुख्यपद सहित अन्य पदका विषयमा निष्कर्ष विहिन बने पछि गठबन्धनको सम्भावना हटेर गएको नेपाली काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले
धरान । बराहक्षेत्र ८ चकरघट्टीकी गीता तामाङ शनिवार नवदुर्गा अटो प्यालेसमा प्रफुल्ल मुद्रामा भेटिइन् । कारण थियो उनले सोच्दै नसोचेको कुरा अकास्मात पाउदा उनी प्रफुल्ल भएकी हुन् । उनले नया बर्षमा एउटा स्कुटर किन्ने योजना बनाएकी थिइन । अन्य स्कुटर भन्दा सुजुकीकै स्कुटर उनलाई पहिलादेखि नै चलाउने रहर थियो । त्यही भएर उनी नवदुर्गामा स्कुटर किन्न पुगेकी थिइन । स्कुटरको नया मोडल एक्सेस, विएससिक्स, एफआई १२५ सिसिको स्कुटर रोजिन् । सुजुकीको नया बर्षको अफर अनुसार स्क्र्याच कार्ड कोर्दा उनलाई उपहार स्वरुप ५० हजार हात लाग्यो । उनलाई नवदुर्गा अटो प्यालेस धरानका सञ्चालक दुर्गा भुजेलले तत्काल ५० प्र
धरान । धार्मिक महत्व बोकेको धरान स्थित विजयपुरको मठमन्दिरहरुमा नयाँ वर्षको पहिलो दिन पुजाआजा गर्ने भक्तजनहरुको घुँइचो लागेको छ । विशेष पर्व बाहेक विजयपुरका मठमन्दिरहरुमा शनिबार मात्रै घुँइचो लाग्ने गरेको भए पनि विहिबार नयाँ वर्ष २०७९ को पहिलो दिन परेकाले भक्तजनहरुको भिड लागेको हो । नयाँ वर्षको पहिलो दिन विजयपुर क्षेत्रमा धरान देखि बाहेक मोरङ, सुनसरीका अन्य नगरबाट पनि भक्तजनहरु आएको स्थानीय प्रेम श्रेष्ठ बताउँछन् । विजयपुर क्षेत्रका बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिर लगायत अन्य मन्दिरहरुमा पनि दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरुको घुँइचो लागेको छ । विहिबार कुनै पौराणिक तथा धार्मिक महत
धरान । कोरोनाका कारण विगत दुई बर्ष नयाँ बर्षमा कुनै चहल पहल नभएको सागुरीगढी ६, भेडेटारमा यस वर्षको पहिलो दिन चहल पहल बढेको छ । कोरोना संक्रमणका समयमा सरकारले लगाएको लकडाउन र सर्वसाधारणमा कोरोनाको सन्त्रास भएकै कारण विगतका दुई वर्ष भेडेटारमा नयाँ बर्षमा सुनसान थियो तर यस बर्ष कोरोना सहज बन्दै गएपछि भेडेटारमा सर्वसाधारणको आवागमन बढेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने, ‘दुई बर्ष त भेडेटार सुनसान रहयो, नयाँ बर्ष आएको जस्तो पनि लागेको थिएन, तर यस बर्ष भने केही चहलपहल भएको छ, भेडेटारका व्यवसायी ०७९ को नयाँ बर्षमा आएका आन्तरिक तथा वाह्य पर्यटकका कारण उत्साहि
धरान । बीपी सुधार आन्दोलनमा लागेको ‘हामी नेपाल’ संस्थाको आन्दोलनलाई राप्रपा धरान नगरकमिटीले समर्थन जनाउने भएको छ । पार्टीले मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै धरानको गहना बीपीमा भएको विकृति, विसगति हटाउन ‘हामी नेपाल’ संस्थाले घोपा बचाउ अभियान चलाएकोप्रति आफूहरुको ऐक्यवद्धता रहेको जनाएको । राप्रपा धरान नगर कमिटीका अध्यक्ष नविन पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘ हामी नेपाल नामक संस्थाले आयोजना गरेको घोपा बचाउन अभियानलाई राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समिति पूर्ण रुपमा समर्थन गर्छ ।’ पार्टीले राप्रपा यसपटक स्थानीय चुनावमा प्रतिष्पर्धाक
मोतिराज सुनुवार । धरानेहरुका लागि अपरिचित नाम भने होइन । ०३५÷०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवनमा प्रवेश गरेका ०२६ सालको वहुदलीय र निर्दलीय को सवालमा भएको जनमत संग्रहमा वहुदलको पक्षमा जानी नजानी लागेका उनी विस्तारै राजनीतिमा सक्रिय बन्दै गए । वहुदलीयको पक्षमा उभिनका लागि सक्रिय रहेका उनी राजनीतिमा सक्रिय भएको भने विद्यार्थी आन्दोलनबाट नै हो । अनेरास्व वियुको देशव्यापी आन्दोलन भएको बेला अर्थात ०३७ साल चैत्र १४ गते आम हड्तालको आवहान हुदा उनी पनि सक्रिय भएर लागे । आम हड्ताललाई सफल बनाउन एक हप्ता अगाडिदेख नै पर्चा बाड्ने, छड्को जुलुस गर्ने काममा सुनुवारको सक्रिय भूमिका रहयो ।२०३७
धरान । वैसाख ३० गते आसन्त स्थानीय तहको निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाका मेयर र उपमेयर पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी धरान उपमहानगर कार्यसमितिले सिफारिस गरेको छ । पार्टीको सोमबार बसेको बैठकले मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको हो । बैठकले नगर अध्यक्ष नवीन पराजुली, उपनिर्वाचनका मेयर प्रत्यासी रोशन दर्नाल, क्षेत्रीय अध्यक्ष जुद्द लोहनी, नेताहरू नरेश शाक्य र दोर्जे शेर्पालाई मेयर पदमा सिफारिस गरेको जनाइएको छ । निर्वाचनमा तालमेल नगर्ने घोषणा गरिसकेको पार्टीले उपमेयरतर्फ दिलकुमारी तामाङ र पुर्णीमाया राईको नाम सिफारिस भएको छ ।
रंगेली । मोरङको पुरानो सदरमुकामको रुपमा रहेको रंगेली नगरपालिकमा मेयरमा नेकपा एमाले बाट सर्वसम्मत सहमति जुटेको छ । आगामी बैशाख ३० हुने स्थानीयतहको निर्वाचनका लागि मेयरमा नेकपा एमालेका तर्फबाट दिलिप बगडीया सर्वसम्मत रुपमा छनौट भएका हुन् । मेयरमा सर्वसम्मत भएपनि उपमेयरमा सर्वसम्मत हुन सकेन । एमाले नगर अध्यक्ष दल बहादुर वस्नेतका अनुसार उपमेरमा केशव कुमारी खराल, उषा झा, र भुमा पराजुलीको नाम सिफारीस गर्ने निर्णय भएको जानकारी दिए । बगडीया ०७४ सालका निर्वाचनबाट रंगेलीको मेयर निर्वाचित भएका उनलाई फेरी पनि प्रमुखमा दोहो¥याउने निर्णय पार्टीले गरेको हो । ७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी
२०३८ सालमा शिक्षा निकेतन माविमा अध्ययनरत हुँदा देखि नै नेकपा एमालेका धरान नगर इन्चार्ज नारायण सुवेदीको राजनीतिक जीवन शुरु भएको हो । वामपन्थी राजनीतिमा प्रभावित भएर सक्रिय बनेका सुवेदी अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य देखी राजनितिक यात्रा तय गरेका हुन् । अहिले पनि उनी पार्टीमा उत्तिकै सक्रिय रहेका छन् । विद्यार्थी समय देखिनै सक्रिय राजनीतिकमा आएका सुवेदीले युवासंघमा समेत सक्रिय भएर काम गरे । २०५७ साउनदेखि धरानको सैनिक भवमा सम्पन्न पार्टीको दोस्रो नगर अधिवेशनबाट नगर कमिटीको सदस्य बने । राजनीतिक जीवनमा जहिल्यै इमान्दार बनेर पार्टी संगठनमा अहोरात्र खटिदै आएका सुवेदी नगर कमिटीको सचिव, उपाध्य
धरान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिकामा आकांक्षीहरु धेरै भए पछि नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर पदमा ११ जनाको नाम सिफारिस गरेको छ । सर्वसम्मत उम्मेदवारको नाम सिफारिश गर्ने प्रयास भएपनि सहमति जुट्न नसकेपछि पार्टीको जिम्मेवारीको आधारमा आकांक्षीहरुको नाम राखेर जिल्ला कमिटीलाई सिफारिश गर्ने निर्णय भएको धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले बताए । एभेङका अनुसार १ केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्वजिल्ला सदस्यको नाम मेयरको लागि सिफारिस भएको हो । जसमा केन्द्रीय सदस्यसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदी