रंगेली । मोरङको पुरानो सदरमुकामको रुपमा रहेको रंगेली नगरपालिकमा मेयरमा नेकपा एमाले बाट सर्वसम्मत सहमति जुटेको छ ।
आगामी बैशाख ३० हुने स्थानीयतहको निर्वाचनका लागि मेयरमा नेकपा एमालेका तर्फबाट दिलिप बगडीया सर्वसम्मत रुपमा छनौट भएका हुन् । मेयरमा सर्वसम्मत भएपनि उपमेयरमा सर्वसम्मत हुन सकेन । एमाले नगर अध्यक्ष दल बहादुर वस्नेतका अनुसार उपमेरमा केशव कुमारी खराल, उषा झा, र भुमा पराजुलीको नाम सिफारीस गर्ने निर्णय भएको जानकारी दिए ।
बगडीया ०७४ सालका निर्वाचनबाट रंगेलीको मेयर निर्वाचित भएका उनलाई फेरी पनि प्रमुखमा दोहो¥याउने निर्णय पार्टीले गरेको हो । ७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्याधिक बहुमतका साथ बिजय भएका उनि केही समय अघिमात्र नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।
यस्तै उपमेयरमा सिफारीस भएकी केशव कुमारी खराल पनि ७४ सालमा भएको स्थानीयतहको निर्वाचनमा मओवादी केन्द्रबाटै उपप्रमुखमा बिजयी भएकी थिइन् । उनलाई पनि अध्यक्ष ओलीले केही समय अघिमात्र रंगलीमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा प्रवेश गराएका हुन् । उपमेयरमा सिफारीस भएकी अर्की नेतृ उषा झा ७४ सालमा भएको निर्वाचनमा एमाले बाट उपमेयरमा पराजित भएकी थिइन् ।सामाजिक तथा राजनितिक क्षेत्रमा सकृय रहेकी झालाई प्रबल उम्मेद्वारको रुपमा हेरिएको छ । त्यस्तै सबै वडामा सर्वसम्मतको तयारी भइरहेको पनि अध्यक्ष बस्नेतले जानकारी दिए ।
उनका अनुसार वडा नं. ५ र ८ सर्वसम्मत रुपमा छनौट भइसकेको र बाँकी वडाबाट ३ जनाको नाम आएकोमा थप छलफल गरी भोली सम्म सर्वसम्मत रुपमा छनौटको प्रयास भइरहेको छ । वडा नं. ५ मा महानन्द मण्डल र ८ मा ढक प्रसाद आचार्य सर्वसम्मत रुपमा छनौट भएका छन् । मण्डल र आचार्य दुवै ०७४ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।