धरान । बराहक्षेत्र ८ चकरघट्टीकी गीता तामाङ शनिवार नवदुर्गा अटो प्यालेसमा प्रफुल्ल मुद्रामा भेटिइन् । कारण थियो उनले सोच्दै नसोचेको कुरा अकास्मात पाउदा उनी प्रफुल्ल भएकी हुन् । उनले नया बर्षमा एउटा स्कुटर किन्ने योजना बनाएकी थिइन । अन्य स्कुटर भन्दा सुजुकीकै स्कुटर उनलाई पहिलादेखि नै चलाउने रहर थियो । त्यही भएर उनी नवदुर्गामा स्कुटर किन्न पुगेकी थिइन ।
स्कुटरको नया मोडल एक्सेस, विएससिक्स, एफआई १२५ सिसिको स्कुटर रोजिन् । सुजुकीको नया बर्षको अफर अनुसार स्क्र्याच कार्ड कोर्दा उनलाई उपहार स्वरुप ५० हजार हात लाग्यो । उनलाई नवदुर्गा अटो प्यालेस धरानका सञ्चालक दुर्गा भुजेलले तत्काल ५० प्रदान गरे । उनले भनिन्–‘सुजुकीको हरेक मोडल मलाई राम्रो लाग्छ, त्यसमा पनि उपहार पाउदा मलाई झन बढी खुशी लाग्यो । उनले अरुलाई पनि सुजुकीकै स्कुटर किन्न सल्लाह समेत दिइन् ।
उनी भन्छिन्–‘सुजुकीको स्कुटर सस्तो, भरपर्दो र पाँच बर्षको वारेन्टीमात्र हैन तेल खपत हुने भएकोले पनि यो सर्वसाधारणका लागि उपयुक्त छ ।’ यस सम्बन्धमा नवदुर्गा अटो प्यालेसका सञ्चालक भुजेलले सुजुकीको एक्ससेस स्कुटरले प्रतिलिटर ६४ किमी माइलेज दिने बताए । उनले भने–‘बढी माइलेज दिने भएकैले पछिल्लो समय ग्राहकहरुको रोजाईमा सुजुकीको एक्ससेस स्कुटर परेको छ, सुजुकीको हरेक मोडलमा पाँच बर्षको वारेन्टी समेत रहेको छ ।’ सुजुकीले बजारमा लञ्च गरेका हरेक स्कुटर नया मोडलमा आउने भएकोले पनि सर्वसाधारणको रोजाईमा पनि सुजुकी नै परेको उनी बताउछन् ।