स्थानीय

    Showing ४४१-४५० of ५,३३१ items.
  • धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित नेता चयन

    धरान/ धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा विद्यार्थीहरूले आफ्नो नेता चयन गरेकाछन् । स्कुलले प्रजातन्त्रको अभ्यास तथा आफ्ना मताधिकारप्रति चेतना अभिवृद्धि गराउने उद्देश्यले चार सदनको निर्वाचन प्रकृया मार्फत नेता चयन गरेका हुन । निर्वाचन समितिका अनुसार विद्यालय क्याप्टेनमा चेसुङ लिम्बू कक्षा १० तथा उप–विद्यालय क्याप्टेनमा जोयमाओ लिम्बू कक्षा ७ विजयी घोषित भएका छन् । त्यसैगरी सदनगत परिणाम अनुसार रातो सदनबाट कप्तान तुफान मगर कक्षा १० तथा उपकप्तान प्रणिल लिम्बू कक्षा ८ विजयी छन भने निलो सदनबाट कप्तानमा कक्षा ९का याङसाब राई तथा उपकप्तानमा कक्षा १० का इजोन कार्की विजयी भए। यता

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १,४१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुटमिरोको रुखबाट लड्दा ५५ वर्षीय मैतबहादुर लिम्बुको मृत्यु

    झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ। विहीबार दिउँसो कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक रुखबाट लड्दा उनी गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै छातीभित्र पनि आन्तरिक चोट लागेको प्रहरीले जनाएको छ। घाइते लिम्बुलाई तत्काल उपचारका लागि B & C Hospital मा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा मिति २०८३।०२।१० गते १६:०० बजेको समयमा निज मैत बहादुर लिम्बुको मृत्यू भएको  अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो हाम्रो धरान भेट्रान फुटबल : विराट भेट्रानको शानदार जित

    धरान/ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा विराट भेट्रान विराटचोक ले भरौल भेट्रान फुटबल क्लब लाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। भरौल भेट्रानका जर्सी नं. १३ भोलासेन ठकुरी ले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको लगत्तै विराट भेट्रानका जर्सी नं. १४ प्रकाश थापा ले बराबरी गोल फर्काए। पहिलो हाफको २४औं मिनेटमा पुनः प्रकाश थापाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि जर्सी नं. ७ डेनी राई ले थप गोल गर्दै पहिलो हाफमै विराटलाई ३&nd

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • ७६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला सुरु

    इटहरी/ इटहरीको राजस्व ढाटस्थित पारसअटोमोबाइल, जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताद्वारा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला भव्य रूपमा सुरु गरिएको छ। जेठ १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलामा आकर्षक सुविधा सार्वजनिक गरिएको छ। योजनाअन्तर्गत ५ वर्षसम्म निःशुल्क पेट्रोल, दैनिक अधिकतम ५ लाख रुपैयाँसम्म नगद छुट, न्यूनतम डाउन पेमेन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यसैगरी, नागरिकता र सव

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • ८०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मदिरापछि विवाद, बोतल प्रहारबाट महिलाको ज्यान गयो

    धरान/धरान–१५ बगरकोटमा गत वैशाख २८ गते साँझ भएको झैँ–झगडाका क्रममा बोतल प्रहारबाट गम्भीर घाइते भएकी ४९ वर्षीया सरु नेम्वाङ को उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ। नेम्वाङको मृत्यु भएसँगै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा धरान–१५ कै ३८ वर्षीय अशोक लिम्बू र ३३ वर्षीय बुद्धवीर लिम्बू लाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैविरुद्ध कर्तव्य ज्यान उद्योग अन्तर्गत प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरान का भिषणबाबु राई ले जानकारी दिएका छन्। डीएसपी राईका अनुसार यसअघि ज्यान मार्ने उद्योग अन्तर्गत दर्ता भएको मुद्दा नेम्वाङको मृत्यु भएपछि कर्तव्य ज्यान उद्योग मा रूपान्तरण

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १,१०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलमा विद्यार्थी नेतृत्व चयन

    धरान/धरान-१५ स्थित Hibiscus English Boarding School मा हाउस क्याप्टेन तथा विद्यालय क्याप्टेन चयनका लागि आयोजित निर्वाचन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त निर्वाचनले विद्यालयमा नयाँ नेतृत्व चयन गरेको हो। निर्वाचनमार्फत यलो हाउसको क्याप्टेनमा रिदिमा गुप्ता र उपक्याप्टेनमा नाम्सा माबो निर्वाचित भएका छन्। त्यसैगरी रेड हाउसको क्याप्टेनमा सेसेमा लिम्बु ‘बी’ र उपक्याप्टेनमा सोनिम शेर्पा चयन भएका छन्। यस्तै ग्रीन हाउसको क्याप्टेनमा अटल योगी तथा उपक्याप्टेनमा लेशन शेर्

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • ६५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोशी प्रदेशस्तरीय ‘एसईई आइडल’ भव्य सम्पन्न

    धरान/कोशी प्रदेशका विद्यालयस्तरीय प्रतिभाहरूको ठूलो मञ्चका रूपमा स्थापित एसईई आइडल को छैटौँ संस्करण धरानमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा वक्तृत्वकला, गायन र नृत्य विधामा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेका तीन विद्यार्थीले उपाधि जितेका छन्। प्रतियोगिताको वक्तृत्वकलातर्फ नवोदय विद्या मन्दिर धरानकी सिमरन गुरुङ, गायनतर्फ पब्लिक सेन्ट्रल इङ्लिस स्कुल लेटाङ, मोरङकी बबी श्रेष्ठ तथा नृत्यतर्फ श्री सिंहबाहिनी सेकेण्डरी स्कुल पथरी, मोरङका एलोन राई विजेता बनेका हुन्। उपाधि विजेताहरूले जनही १ लाख रुपैयाँ नगद, कक्षा ११ र १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति, निःशुल्क मुस्ताङ भ्रमण तथ

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १,३६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिव्य रोशनी साप्ताहिक २२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा पाँच व्यक्तित्व सम्मानित

    धरान/  श्रमजिबी महिला पत्रकारद्वारा प्रकाशित तथा सम्पादित दिव्य रोशनी साप्ताहिक ले आफ्नो २२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। शुक्रबार धरान उपमहानगरपालिकाकाे सभाहल मा आयोजित  कार्यक्रममा पत्रिकाले आफ्नो स्थापना दिवस मनाउँदै पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका ५ जना व्यक्तित्वलाई सम्मान गरेको हो। धरानबाट विशेष रूपमा मनिता चाम्लिङ र सागर सिन्जाली मगर द्वारा सम्पादित तथा प्रकाशित दिव्य रोशनी साप्ताहिक ले २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो। पत्रिकाका प्रबन्ध निर्देशक सागर सिन्जाली मगरका अनुसार, वार्षिकोत्सवको अवसरमा धरानलाई

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ८३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सडक र फुटपाथमा लोकल कुखुरा बिक्रीमा रोक

    धरान/ धरान उपमहानगरपालिकाले सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा लोकल कुखुरा बिक्री वितरणमा रोक लगाएको छ। शुक्रबार धरान–९ स्थित पूर्णपथ क्षेत्रमा सडक पेटीमा राखेर बिक्री भइरहेको लोकल कुखुरा उपमहानगरपालिकाले नियन्त्रणमा लिएको थियो। बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार पटक–पटक व्यवस्थापन गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेपछि यस्तो कदम चालिएको हो। पछि व्यवसायीसँग सहमति भएपछि नियन्त्रणमा लिइएका कुखुरा फिर्ता गरिएको उनले बताए। उपमहानगर र व्यवसायीबीच घण्टैपिच्छे सरसफाइ गर्ने, व्यवसाय दर्ता गर्ने, सडकबाट १० फिटभित्र मात्र कुखुरा राख्ने तथा एक महिनाभित्र व्यवस्थापन मिलाउने

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ९७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका ऐतिहासिक विद्यालयलाई नमुना बनाइने : मुख्यमन्त्री कार्की

    धरान/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले धरानका ऐतिहासिक तथा पुराना विद्यालयको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आज शुक्रवार धरान उपमहानगरपालिका–८ स्थित श्री सहिद स्मृति माध्यमिक विद्यालय को ६८औँ वार्षिकोत्सव तथा समापन भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा विद्यालयहरूको स्तरोन्नति गरिने उल्लेख गरे । करिब ६८ वर्षअघि स्थापना भएको उक्त विद्यालयसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले विद्यालय रहेको क्षेत्र आफ्नो मावली घर तथा परिवारसँग जोडिएको स्थान भएकाले विद्यालयप्रति विशेष आत्मीयता रहेको कार्

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ९७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved