धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित नेता चयन

  • जेठ ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा विद्यार्थीहरूले आफ्नो नेता चयन गरेकाछन् ।

स्कुलले प्रजातन्त्रको अभ्यास तथा आफ्ना मताधिकारप्रति चेतना अभिवृद्धि गराउने उद्देश्यले चार सदनको निर्वाचन प्रकृया मार्फत नेता चयन गरेका हुन ।

निर्वाचन समितिका अनुसार विद्यालय क्याप्टेनमा चेसुङ लिम्बू कक्षा १० तथा उप–विद्यालय क्याप्टेनमा जोयमाओ लिम्बू कक्षा ७ विजयी घोषित भएका छन् ।

त्यसैगरी सदनगत परिणाम अनुसार रातो सदनबाट कप्तान तुफान मगर कक्षा १० तथा उपकप्तान प्रणिल लिम्बू कक्षा ८ विजयी छन भने निलो सदनबाट कप्तानमा कक्षा ९का याङसाब राई तथा उपकप्तानमा कक्षा १० का इजोन कार्की विजयी भए।

यता हरियो सदनबाट कप्तानमा कक्षा १० की सोनिया घिमिरे तथा उपकप्तानमा कक्षा ६ का बोहान लिम्बू विजयी भए भने पहेँलो सदनबाट कप्तानमा कक्षा १० का समाहङ राई तथा उपकप्तानमा रिजिन राई विजयी भएका थिए।निर्वाचनमा ५ कक्षा देखि १० कक्षा सम्मका कुल २९१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

निर्वाचन सम्पन्न पश्चात् सोही दिन विजयी सम्पूर्ण विद्यार्थीहरूलाई ब्याज वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल तेज मान लिम्वूले नव–निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच विहानको प्राथनाको समयमा शपथ तथा गोपनीयताको कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा निर्वाचित विद्यार्थीहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै विद्यालयको नेतृत्वमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

निर्वाचनलाई व्यवस्थित र सफल बनाउन विद्यालयको अनुशासन विभागका प्रमुख अशोक राईलाई निर्वाचन आयुक्त तथा अनु गुरुङ, ऐश्यत्या तामाङ, कृष्ण वस्ती, र नमिता लिम्बूलाई मतदान अधिकृतका रूपमा चयन गरिएको थियो।

विद्यार्थीहरुमा नेतृत्व चयन ,निर्वाचन प्रणाली र लोकतान्त्रिक व्यवस्थाको ज्ञान दिनको लागि निर्वाचन गरीएको स्कुलका प्रिन्सिपल तेजमान लिम्वुले वताए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved