चौथो हाम्रो धरान भेट्रान फुटबल : विराट भेट्रानको शानदार जित

  • जेठ १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा विराट भेट्रान विराटचोक ले भरौल भेट्रान फुटबल क्लब लाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। भरौल भेट्रानका जर्सी नं. १३ भोलासेन ठकुरी ले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको लगत्तै विराट भेट्रानका जर्सी नं. १४ प्रकाश थापा ले बराबरी गोल फर्काए।

पहिलो हाफको २४औं मिनेटमा पुनः प्रकाश थापाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि जर्सी नं. ७ डेनी राई ले थप गोल गर्दै पहिलो हाफमै विराटलाई ३–१ को मजबुत अवस्थामा पुर्‍याए।

दोस्रो हाफको अन्तिमतिर जर्सी नं. ५ देउमान लिम्बू ले अर्को गोल थपेपछि विराट भेट्रानले ४–१ को शानदार जित दर्ता गर्‍यो।

खेलको ‘प्लेयर अफ द म्याच’ विराट भेट्रानका उत्कृष्ट खेलाडी प्रकाश थापा घोषित भए। उनलाई पुरस्कार धरानका पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइली ले प्रदान गरेका थिए।

अब प्रतियोगिताको तेस्रो क्वाटरफाइनल मा आयोजक हाम्रो धरान भेट्रान्स र बेलका भेट्रान्स बीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved