चक्रघट्टी / बराहक्षेत्र नगरपालिकाको शिक्षा समितिअन्तर्गत परीक्षा समितिले तयार गरेको कक्षा ७ को प्रश्नपत्रमा गम्भीर त्रुटि फेला परेको छ । दोस्रो त्रैमासिक परीक्षा– २०७९ अन्तर्गत नेपाली विषयको प्रश्नपत्र पुरानै पाठ्यक्रमअनुसारको ‘कपीपेस्ट’ गरेको पाइएको छ । नयाँ पाठ्यक्रम लागू भएर नयाँ पुस्तक र पाठअनुसार अध्यापन भए पनि पुरानो पाठ्यक्रमअनुसार प्रश्नपत्र आएपछि विद्यार्थी अन्योलमा परेका छन् । ‘पढाइ भएको पाठअनुसार प्रश्नहरु छैनन्, पुरानो पाठ्यक्रमअनुसार प्रश्नहरु सोधिएको पाइयो,’ वराहक्षेत्रस्थित एक विद्यालयका विषय शिक्षकले भने, ‘विद्यार्थीहरुमा अन्योलता भएपछि हामी
झापा : झापा बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा बसोबास गर्दै आएका गणेशप्रसाद निरौला र वहाँकी धर्मपत्नीलाई घरमै गएर पूर्व विद्यार्थीले सम्मान गरेका छन् । बालसुबोधिनी संस्कृत मा.वि. मेदिवुङ ताप्लेजुङमा अध्ययनरत पूर्व विद्यार्थीहररूको साझा मञ्च ‘पूर्व विद्यार्थी समाज बा.सु.सं.मा.वि.’ मेदिवुङ, ताप्लेजुङको आयोजनामा ‘जेष्ठ गुरु सम्मान’ गर्ने कार्यक्रम अनुसार पौष १० गते आइतबार सम्मान गरिएको हो । उनले बा.सु.सं.मावि ताप्लेजुङमा वि.सं. २०१९ सालदेखि अनवरतरुपमा ७ वर्षसम्म अध्यापन गरेका थिए । तत्कालीन फुङलिङ गाविस वडा नं. ३, बोझे ताप्लेजुङमा स्थायी बसोवास गरी वि.सं.२०२५ सालद
धरान /मोफसलकै सबैभन्दा पुरानो र धरानको फुटबल प्रतियोगितामा महत्वपूर्ण भूमिका खेल्दै आएको अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं संस्कार पौषको अन्तिम सातादेखि हुने भएको छ ।आयोजक गाधुली क्लबले दिएको जानकारी अनुसार गोधुलीकोे २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको हो । आयोजक क्लबका उपाध्यक्ष सतिष केसीका अनुसार प्रतियोगिता पुष ३० देखि माघ १४ गतेसम्म सम्पन्न हुने भएको छ । धरान १६ रंगशालामा हुन लागेको प्रतियोगिताका लागि २० वटै वडा कार्यालयहरुलाई पत्रचार गरिसकेको बताए । उनले भने–‘हामीले प्रतियो्गिता गर्ने निर्णय गरेसँगै वडा कार्यालयहरुलाई पत्राचार गरिसकेका छौं ।’ उनका अनुसार गत
धरान / प्रविधिको विकास नहुदा मनोरञ्जनको साधनको रुपमा गाउँघरमा हुने नाचगान, साँस्कृतिक चाडपर्व, लोकदोहोरी, पूजाआजामा भजन किर्तन, संगीत लगायतका हुन्थे । समय परिवर्तनसँगै प्रविधिको विकासले मनोरञ्जनको तौरतरिकामा परिवर्तन ल्याएको छ । अहिलेका पुस्ताका लागि मनोरञ्जन टिकटक, सामाजिक सञ्जाल (फेसबुक), ट्वीट्र, युट्युव लगायतका रहेका छन् । यी मध्ये पनि अहिले टिकटक सबैभन्दा राम्रो मनोरञ्जन गर्ने विधि बनेको छ ।पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ । विराटनगरका युवतिहरु विजयपुरमा टिकटक बनाउदै रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका
विराटनगर / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई सपथ गराएका छन् ।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनीयताको सपथ गराएका हुन्। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले लिम्बू भाषा र सुनिता गच्छदार
नेपालको तराई मधेश क्षेत्रलाई देशकै अन्न भण्डार मानिन्छ । तराई मधेशमा उत्पादन हुने अन्न देशभरि पुर्याउने गरिन्छ तर पछिल्ला वर्षहरूमा तराई क्षेत्रमा अन्नको उत्पादन क्रमशः घट्दै गएको देखिन्छ । यो चिन्ताको विषय हो । त्यसो त आधुनिकीकरण र यान्त्रिकीकरणको अभावमा कृषिमा व्यावसायीकरण हुन सकेको छैन । परम्परागत कृषि प्रणालीका कारण हाम्रो कृषि निर्वाहमुखीभन्दा माथि उठ्न सकेको छैन । विभिन्न कारणले उत्पादन अझ घट्दै जानु चिन्ताको विषय हो । मधेश प्रदेशमा धान उत्पादनको पछिल्लो तथ्याङ्क हेर्दा पनि यसबारे प्रस्ट हुन सकिन्छ । मधेश प्रदेश कृषि निर्देशनालयको अभिलेखअनुसार आर्थिक वर्ष २०७७÷७८ मा ४
विजयपुर /तीन महिनादेखि अवरुद्ध कार्यपालिका बैठक सोमबार बसेको छ । असोज १३ गते बसेको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्ष तथा कार्यपालिका सदस्यबीच भएको विवाद समाधान नभएपछि बस्न सकेको थिएन । तर धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रमले विवाद समाधानका लागि पहल गरेसँगै विहीबार कार्यपालिका बैठक बसेको हो । धरान १७ मा रहेको सप्तरङ्घगी पार्कलाई वहुजातिय पार्क बनाउने मेयरको एजेन्डामाथि छलफल हुँदा मेयर साम्पाङले ‘निस्केर जानुस्’ भनेपछि विवाद चुलिएको थियो । विवादपछि सहमति जुट्न नसक्दा कार्यपालिका बैठक बस्न सकेको थिएन । विहीबार बसेको बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि मेयर साम्पाङ, उपमेय
धरान \ नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पारेको छ । फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो । नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए । सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेका छन् । प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता धरान पुलिस
धरान / धरान उपमहानगरपालिका वडा नं. ३ ले आफ्ना वडामा रहेका गरिब, असहाय तथा सुत्केरी महिलालाई लक्षित गरी सहयोग प्रदान गरेको छ ।वडाले गरिब तथा असहायलाई जाडोको समयमा ओढ्नका लागि कमल वितरण गरेको छ भने सुत्केरी महिलाहरुलाई ५ हजार बराबरको खाद्यन्न वितरण गरेको हो । वडाले निर्णय नै गरेर वडामा रहेका ३० जना गरिब तथा असायहरुलाई कम्बल वितरण गरेको हो । जाडोको समयमा उनीहरुलाई सहज होस तथा सुत्केरी महिलालाई लक्षित गरी उनीहरुको सहजताको लागि सहयोग गरिएको धरान वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्ले बताए । समाग्री वितरणका लागि वडाले संयोजक नै तोकेको छ । वडाकी दलित सदस्य शोभा विश्वकर्मालाई वितरणको संयोजक तोकि
धरान / धरानस्थित बीपी कोइरालाको कर्मचारी कल्याण समाजको आगामी हुने निर्वाचनमा अध्यक्षमा प्रतिष्ठानका कर्मचारी महेश्वर राईले उमेद्वारी दिने भएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर समाजको अध्यक्षमा उमेद्वारी दिने बताएका हुन् । प्रतिष्ठानको प्रशासन शाखाका कार्यरत राईले आफू अध्यक्षमा निर्वाचित भए कर्मचारीहरुलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए । उनले विगतमा प्रतिष्ठानका निकायहरुले पूर्णता नपाउँदा प्रतिष्ठानका काम बारबाहीमा समस्या भएको बताउदै अहिले त्यस्तो अवस्था नभएको बताए । उनले भने–‘अहिले सिनेटका सबै पदाधिकारीले पूर्ण पाएको छ, कासका मेम्बर पनि कम्प्लिट भइसकेका छन्, पदाधिकारी पन