स्थानीय

    Showing 391-400 of 5,039 items.
  • धरानमा ३६० क्याप्सुल लागूऔषधसहित चार जना पक्राउ

    धरान/ लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानले चार जनालाई ३६० क्याप्सुल प्रतिबन्धित औषधसहित नियन्त्रणमा लिएको छ। मिति २०८२ फागुन ४ गते दिउँसो १२ः३० बजे धरान उप–महानगरपालिका वडा नं.–९ वगैचा लाइन क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो। सो क्रममा प्रहरीले Spasmo Proxyvon-Plus नामक ३६० क्याप्सुलसहित चार जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी कोशी गाउँपालिका–५ बस्ने १८ वर्षीय जसिम अकतर, सोही स्थानका १८ वर्षीय सरफराज आलम, धरान–१९ बस्ने २८ वर्षीय विकाश बुढाथोकी तथा ४१ वर्षीय हेमन्त लामा रह

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ठूला कुरा गर्दिन,जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

    इटहरी/ सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगबती चौधरीले पुरा गर्न नसकिने आश्वासन नदिने प्रतिबद्धता जनाउनुभएको छ । इटहरीमा सुनसरीका बुद्धिजिवीहरु सँग भन्नुभयो “म ठूलठूला तर पूरा हुन नसक्ने झुठा आश्वासन दिन्न तर जे प्रतिबद्धता जनाँउछु त्यो पुरा गरेर देखाँउछु । ” चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै १० नमुना क्षेत्र मध्ये एउटा नमूना क्षेत्रका रुपमा विकास गर्ने आफू सँग स्पष्ट योजना रहेको सुनाउनुभयो ।  अघिल्लो चुनाबमा काँग्रेसका बिजय गच्छदारलाई ५हजार १सय ८८ मतान्तरले पराजित गरेकी चौधरीले तीन वर्षको अवधिमा करिब सवा अर्बको विकास बजेट ल्याएको बताउनुभयो । ती मध्ये धेरै य

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्रदेश स्तरीय यू–१४ विद्यालय फुटबल प्रतियोगिता सुरु

    धरान/ कोशी प्रदेशमा फुटबलको नयाँ ऊर्जा भर्ने लक्ष्यसहित धरानमा प्रदेश स्तरीय ‘यू–१४ स्कुल लेभल गर्ल्स एण्ड ब्वाइज फुटबल प्रतियोगिता’ सोमबारदेखि भव्य रूपमा सुरु भएको छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो। कोशी प्रदेश फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका विद्यालयस्तरीय छात्र तथा छात्रा टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ। ग्रासरुट तहबाटै प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका सभाध्यक्ष तथा अखिल नेप

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस स्कुलका विद्यार्थीले खाजा खर्च बचत गरेर स्टेशनरी सहयोग

    धरान/ सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ का विद्यार्थीहरूले खाजा खर्च बचत गरेर संकलन गरेको रकमबाट बराहक्षेत्र–८ स्थित कोशी माध्यमिक विद्यालय का कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई करिब २५ हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री सहयोग गरेका छन्। विद्यालयअन्तर्गत रहेको हिबिस्कस बाल क्लबको पहलमा सोमबार कोशी मा।बि।मै पुगेर कापी, कलम लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। विद्यार्थीहरूले दैनिक खाजा खर्चबाट थोरै–थोरै रकम बचत गर्दै सहयोग रकम जुटाएका थिए। यस अभियानमा अभिभावकहरूको समेत साथ रहेको विद्यालयले जनाएको छ। विद्यालय

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 1,345 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिकाराम लिम्बुलाई धरान–५ मा फुलमालालले स्वागत

    धरान/ धरान–५ देविगाउँकी कुलमाया मगरले नेकपा एमालको युवा उम्मेदवार टिकाराम लिम्बुलाई सोमबार आफ्नै आँगनमा फुलमालाले स्वागत गरिन । मतदाताहरुसँग भोट माग्दैंं पुगेका लिम्बूलाई मगरले जितको आर्शिवात पनि दिइन । नेकाप एमालेबाट प्रदेशको सभामुख भएका प्रदिप भण्डारी, हालका प्रदेश सभा सदस्य रमेश बस्नेत, पूर्व प्रतिनिधी सभा सदस्य जयकुमार राईले धरान–५ क्षेत्रका विकासमा ठूलो योगदान दिएको पनि स्मरण गराइन । मुना क्लवको भवन, काठेपुलदेखि माथिको पिच सडक, कन्यापोखरीसम्म सडक सञ्जाल पु¥याउन एमालेको योगदान ५ नं. वडा निर्वाचन परिचालन संयोजक राम आम्बुहाङले स्मरण गराए । ५ नं. वडामा नेकपा एमालेको ने

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 960 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा घुर्ने र श्वास रोकिने समस्या को विशेषज्ञ सम्मेलन हुने

    धरान /धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा घुर्ने , श्वास रोकिने तथा राम्रोसँग निन्द्रा नलाग्ने समस्या को बिषयमा स्लिप मेडिसिन सम्मेलन हुने भएको छ ।  विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा हुने सम्मेलनले यस्ता समस्या समाधानका लागि अनुभव,र बिधिको प्रस्तुति हुने छ । बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको पल्मोनरी क्रीटिकल केयर एण्ड स्लिप मेडिसिनको आयोजनामा हुने उक्त सम्मेलनमा घुर्ने,श्वास रोकिने तथा निन्द्रा नलाग्ने समस्या भएका खासगरी युवा बिरामीहरुले विशेषज्ञ डाक्टरलाई भेट्न र आफ्नो समस्याको उपचार गराउन सक्ने आयोजक बिभागका डा. अग्रज उप्रेतीले जानकारी दिए ।  बी.पी. कोइ

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 275 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिता

    धरान ।र्याडिकल लाईट नेपाल प्रा.लि.धरानको आयोजनामा धरान उप–महानगरव्यापि अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ ।  आईतवार धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा छनोट चतरण सम्पन्न भएको हो । धरानभरिका ११ वटा प्लस टु बाट २० जना विद्यार्थी सहभागी भएको प्रतियोगिताबाट १८ जना फाइनल चरणका लागि छनोट भएका छन्।    फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती माबि पानवाराका समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन मा.बि.का सुसन राई र निशा मगर, पब्लिक हाईस्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन्। यसैगरी विष्णु मेमोरियल मा.बि.का सार्थक निरौला र स्वेच्छ

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मध्यराति स्कोरपिओ दुर्घटना : ४२० किलो गाँजा बारमद

    विराटनगर/  विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहानका राति करिब १ बजेतिर भएको सवारी दुर्घटनाले ठूलो लागुऔषध कारोबारको रहस्य उजागर गरेको छ । बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडी अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेपछि घटनास्थल पुगेको प्रहरीले गाडीभित्र लुकाइछिपाइ राखिएको ४ सय २० किलो गाँजा बरामद गरेको हो । दुर्घटनापछि चालक फरार रहेकाले खोजी तीव्र पारिएको छ भने गाडी र बरामद गाँजालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित बनेर खाल्डोमा खसेको पाइएको छ । दुर्घटनाको सूचना पाउ

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 777 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–४ मा एमालेको घरदैलो अभियान सुरु, सूर्यमा मतदान गर्न वडा अध्यक्षको आह्वान

    धरान/ पाँचकन्याको हातबाट टीका ग्रहरण गर्दै एमाले उमेदवारहरु टीकाराम लिम्बू र मौसम राईले धरान ४ नम्बर वडामा घरदैलो कार्यक्रम शुभारम्भ गरेकाछन् । उमेदवारहरुलाई धरान ४ का वडा अध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न समेत वडावासीलाई आह्वान समेत गरेकाछन् ।    शनिबार धरान ४ खैरेनीटार काठेपुलबाट घरदैलोको शुभारम्भ गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले यो संघिय निर्वाचन हो । यो वडा एमालेको आधार भएकाले सूर्य चिन्हमा मतदान गर्न राईले वडावासीलाई आह्वान गरे ।  उमेदवारहरुलाई पाँचकन्याहरुले कलशले स्वागत गर्दै टीका र रुद्राक्षको माला लगाइदिएर अभियानको शुभारम्भ गरेका थिए

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिलो सहभागितामै प्लानिङ्ग ब्वाईज युनाइटेडलाई बुढासुब्बा गोल्डकपको उपाधि

    धरान/पहिलो पटक सहभागिता जनाएको प्लानिङ्ग ब्वाईज युनाइटेड काठमाडौँले २६औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। शनिबार भएको रोमाञ्चक फाइनलमा अपि पावर चर्च ब्वाइज युनाइटेड ललितपुरलाई १–० गोलअन्तरले पराजित गर्दै प्लानिङ्गले डेब्यूमै उपाधि उचाल्न सफल भयो। धरान–१६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा सम्पन्न उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि निर्णायक क्षण दोस्रो हाफमा आयो। खेलको दोस्रो हाफको १७औँ मिनेटमा जर्सी नम्बर ७ का प्रताप सिंह राईले गरेको शानदार गोल नै प्लानिङ्गका लागि जित सुनिश्चित ग

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved