श्रम संस्कृति पार्टी छाडेका बिनय रास्वपाबाट इटहरी–१९ को वडा अध्यक्ष दौडमा

  • जेठ २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपाका पुराना अभियन्ता तथा सुनसरी इटहरीका  संस्थापक नेतामध्येका एक बिनय श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिका–१९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी रहेको बताएका छन्।

कोशीपत्रसँग कुराकानी गर्दै श्रेष्ठले पार्टीभित्रका केही आन्तरिक विषयप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीबाट अलग भएको बताए।

उनले आफू अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका पुर्व मेयर तथा हालका प्रधानमन्त्री  बालेन शाहको सुशासन र परिवर्तनको अभियानप्रति सकारात्मक रहेको उल्लेख गरे।

श्रेष्ठ रास्वपा इटहरीका  संस्थापक सभापति तथा इटहरी नगरका संस्थापक कोषाध्यक्षसमेत हुन्।

उनले रास्वपाको सुरुवाती दिन सम्झँदै भने, “जुन बेला रवि लामिछानेको नाम सुन्न पनि धेरै मानिस इच्छुक थिएनन्, त्यही बेला हामी केही सीमित साथीहरू पार्टी निर्माणको अभियानमा लागेका थियौं। परिवर्तनको कुरा गर्दा धेरैले हाँसोमा उडाउँथे, तर हामीले हार मानेनौं।”

उनका अनुसार २०७९ सालमा इटहरीस्थित इम्पेरियल होटलमा आयोजित प्रदेश भेलादेखि नै उनी सक्रिय रूपमा पार्टी संगठन निर्माणमा जुटेका थिए।

सुनसरी मात्र नभई कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर संगठन विस्तार, सदस्यता वितरण र जनसम्पर्क अभियानमा भूमिका खेलेको उनको दाबी छ।

इटहरी–१९ मा शून्य अवस्थाबाट संगठन निर्माण सुरु गरेको स्मरण गर्दै श्रेष्ठले भने, “जब्दी चोकबाट एक्लै अभियान सुरु गर्दा अवस्था निकै चुनौतीपूर्ण थियो। तर विस्तारै साथीहरू जोडिँदै गए र आज इटहरीका २० वटै वडामा संगठनको आधार तयार भएको छ।”

श्रेष्ठले आफ्नो राजनीतिक यात्रा केवल वडा स्तरमा सीमित नभई नगर तथा जिल्लास्तरसम्म फैलिएको बताउँदै रामधुनी, इनरुवा, दुहबी र धरानलगायतका क्षेत्रमा पनि संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरेको बताए।

वडा अध्यक्षका आकांक्षीका रूपमा अन्य नामहरू पनि चर्चामा रहे पनि आफूले सुरुदेखि संगठनका लागि निरन्तर योगदान दिएको उल्लेख गर्दै श्रेष्ठले नेतृत्व तहले आफ्नो त्याग, समर्पण र मेहनतको उचित मूल्यांकन गर्ने विश्वास व्यक्त गरे।

“यहाँसम्म आइपुग्न धेरै साथीहरूको साथ र सहयोग छ। संगठन अझै बलियो बनाउन र अधुरा काम पूरा गर्न म प्रतिबद्ध छु,” उनले भने।

श्रेष्ठको उम्मेदवारी तयारीसँगै इटहरी–१९ को स्थानीय राजनीति थप चासोको विषय बनेको छ। 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved