धरान/ धरान १४ स्थित गोपाल मन्दिरको जग्गाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । अदातले २०८० जेष्ठ २२ गते मन्दिरको पक्षमा फैसाला गरेको हो । फैसला भएसँगै मन्दिरको जग्गा मन्दिरलाई प्राप्ति भएको छ । कल्याणी माताको नाममा बनेको समितिले २०६८ सालमा समिति नै बनाएर जग्गा अतिक्रमण गर्ने विरुद्ध गोपाल मन्दिर बचाउँ संघर्ष समितिले सर्वोच्चमा मुद्धा दायर गरेको थियो । कल्याणीमाताको नाममा २०६८ सालदेखि जग्गा अधिग्रहण गरी भौतिक संरचना समेत बनाइएको थियो । अब सर्वोच्चको निर्णयसँगै कल्याणी माताको नामममा रहेको भौतिक संरचना समेत भत्किने भएको छ । गोपाल मन्दिर बचाउँ संघर्ष समितिकी संयोजक पूर्णिमा राई
धरान/ सिमा बिबादलाइ लिएर पुनः धरान र इटहरी उपमहानगरपालिकाका दुई मेयर बिच दोहोरी चलिरहेको छ । केही महिना अघि धरानका मेयर हर्कराज राइले तरहरा मास्तिर पानीपियामा धरानको सिमा प्रारम्भ भएको बोर्ड राख्न लगाएका थिए । लगत्तै इटहरीको तर्फबाट एमाले निकट युवा संघले बोर्ड हटाएको थियो । त्यसपछी दुबै नगरका मेयर बिच सिमा विवादलाई लिएर दोहोरी शुरु भएको हो । सिमा बिबादले नागरिक बिच द्वन्द्व निम्त्याउन सक्ने भन्दै दुबै नगरका मेयरको आलोचना हुन थाले पछि सम्बम्धित निकायलाइ पहल गर्नका लागि सुझाब आएको थियो । सुझाबकै आधारमा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले जिल्ला समन्वय समिति सुनसरीलाइ प
धरान/ १००औं जी.पी. जयन्ती एवम् नेपाली कांग्रेसको क्षेत्र नं. १ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सरसफाई गरिएको हो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार धरान १४ मा रहेको पवित्र पिण्डेश्वर बाबा धाम, धरान ३ मा रहेको मस्जिद, धरान ८ मा रहेको श्री हिमालय महायान रिन्छेन् छ्योलिङ वुद्धिष्ट गुम्बा र धरान १५ मा रहेको अनुग्रह चर्चमा सरसफाई गरिएको छ । सो अवसरमा सभापति तामाङ, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, कार्यक्रम संयोजक युवराज शंकर लगायतले विचार राखेका थिए । उनीहरुले नेपाली कांग्रेसको चार सिद्धान्त मध्ये एक सिद्धान्त धार्मिक स्वतन्त्रता भएको र न
विजयपुर / काेशीप्रदेशको सहयोग र धरान उपमाहानगरपालिकाको समन्वयमा संचालन भएको ७ दिने सुकुटि तालिम सोमबार समापन भएको छ । महिला र युवाहरुलाई लक्षीत गरि गरिएको तालिमा १५ जनाले तालिमा सहभागी जनाए थिए । धरानलाई व्यवसायी शहर बनाउने उदेश्य प्रदेशसभा सदस्य माननीय यशोदा कायस्थले उक्त सिपमुलक सिर्जनशिल तालिम लागि प्रदेश बाट ७ लाख बजेट धरान उपमहानगरपालिकामा विनियोजन गरि धरानका विभिन्न वडामा ८ वटा तालिम गराउन सहयोग गरेको आयोजक नेवा देय दवु धरान नगर समितिले बताएको छ । महिला र युवाहरु रोजगारी लागि विदेश पलायन हुनु नपरो नेपालकै उत्पादन गरेर रोजगारी बनाउन सकु भने लक्ष्य लिएर प्रदेश सरकारले स
विराटनगर / विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ । महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा मेयर कोइरालाले महानगरपालिकाले बसपार्क निर्माणका लागि उचित जग्गाको खोजी गरिरहेको बताउनुभयो । विराटनगरमा आउने आन्तरिक पर्यटकको पहिलो गन्तव्य बसपार्क नै रहेकाले व्यवस्थापन समिति र सर्वसाधारणलाई महानगरपालिकाले थालेको सफा, सुन्दर र हरित महानगरको अभियानमा साथ दिन सम्पूर्ण विराटनगरलाई आह्वानसमेत गर्नुभयो
सुनसरी/ नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम संचालक समितिको सोमबार बसेको बैठकले सोमबार राती १२ बजे देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमको अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर ७ रुपैयाँ ५० पैसा, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
धरान । धरान उपमहानगरपालिकाले पानीपियामा राखेको सिमा प्रारम्भको वोर्ड इटहरी उपमहानगरपालिकाले दिउसो हटाइदिएको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगर प्रहरी पठाएर बोर्ड हटाउन लगाएका हुन । सोमबार विहान मात्र धरानका मेयर हर्कराज राई (साम्पाङ)ले नगर प्रहरी पठाएर पानीपियामा सिमा प्रारम्भ बोर्ड लगाउन लगाएका थिए । धरानको आधिकारीक सिमानमा आफुले वार्ड राख्न लगाएको मेयर साम्पाङको भनाइ छ । जिल्ला समन्वय समितीलाई सिमाना विबाद मिलाउन आग्रह गरेपनि वास्ता नगरेपछि आफुले वार्ड राख्न लगाएको मेयर साम्पाङको तर्क छ । इटहरी उपमहानगरपालिकाले भने धरानका मेयरले सिमानाको टुंगो लगानउने ब्यबस्था नभएको बताएको
धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा पानीपियामा पुनः धरानको सिमा प्रारम्भ बोर्ड राखिएको छ । सोमबार धरान नगर प्रहरीले उक्त बोर्ड राखेको हो । यस अघिपनि मेयर साम्पाङले बोर्ड राखेका थिए । राष्ट्रिय युवा सघं इटहरीले बोर्ड हटाएपछि आलोचना र सर्मथनहुन भएका थिए । दुई नगर विचको सिमाना विबाद मिलाउन धरानको कार्यपालिकाले जिल्ला समन्वय समितीलाई आग्रह गर्ने निर्णय गरेको थियो । तर जिल्ला समन्वय समितीबाट कुनै पहल नभएको भन्दै मेयर साम्पाङले पुनः बोर्ड राख्न निर्देशन दिएका हुन । पानीपियामा सिमा प्रारम्भ बोर्ड राखिएको धरान नगर प्रहरीका प्रमुख विष्णु कोइराला ले जानकारी दिए
विजयपुर/ कोशि प्रदेश सरकारको सहयोग र धरान उपमाहानगरपालिका समन्वय र सहजिकरणमा धरानका युवा तथा महिलाहरुलाई स्वरोजगारमुखी तालिम प्रदान गरिएको छ धरानका महिलाहरुलाई लक्षीत गरि कपडाको व्याग, ढाकाको व्याग र टेडिवेयर बनाउने एक हप्ते तालिम प्रदान गरिएको हो । तालिमको आईतबार समापन गरिएको छ । पकलि टेक्नोलोजी इन्स्टिच्युट प्रा.लि.को आयोजनामा भएको तालिममा १५ जना महिलाहरुले सहभागी जनाएका थिए । तालिमको प्रशिक्षक हातेमालो महिला सामुहिक डम्बर कुमारी श्रेष्ठ, विन्दु बास्तोला र रोशनि राई रहेका थिए । समापन कार्यक्रमको प्रमुख अथिती प्रदेशसभा सदस्य यशोदा कायस्थले आजको आवश्कता समृद्ध नेपाल सुखि नेपाल
धरान/ युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित `म पनि के कम´ गायन प्रतियोगिता सिजन २ र स्कुल डान्स आइडल सिजन ७ को अडिसन राउन्डको समापन भएको छ । एकेडेमीले धरान ९ स्थित रत्न ईन होटलमा गायन तर्फको सेमिफाइनल राउन्ड र नृत्य तर्फको अडिसन राउन्ड सम्पन्न गरेको हो । गाायन तर्फको सेमिफाइनल राउन्डमा १ सय जनाबाट २१ जना विद्यार्थी छनौट गर्दै फाइनलमा प्रवेश गरेका छन् । नृत्य तर्फ जुनियरमा ९२ बाट ३५ जना छनौट हुँदै फाइनल प्रवेश गरेका छन् भने सिनियर तर्फ ६० बाट २० जनालाइ सेमिफाइनलमा छनौट गरिएको छ । एकेडेमीले आयोजना गरेको धरान नगर स्तरिय गायन र नृत्य प्रतियोगितामा धरानका २५ वटा भन्दा बढी वि