धरान/ साउनको महिना । बोलबमको महिना । त्यसमा पनि साउनको सोमबार भगवान शिवका प्रिय बार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा गेरवस्त्र (पहिलो वस्त्र) धारी भक्तजनहरु उल्लेख्य रुपमा जल चढाउन आएका छन् । साउनभरि मलबास पर्ने भएकोले पहिलो सोमबार नै अत्याधिक भीड बढेको हो । भक्तजनहरुको घुइाचोका कारण व्यवस्थापनमा कठिनाई भएको छ । धर्मप्रति आस्था बढेकै कारण बोलबम भक्तजनहरुको संख्यामा समेत बृद्धि भएको बुद्धिजीवि एवम् समाजसेवी प्रा.डा. राजेन्द्र शर्माले बताउनुभयो । उनले यो बर्ष एक महिना मलवास परेका कारण पहिलो हप्तामै भक्तजनहरुको उल्लेख्य भीड रहेको बताए । उनले भने–‘ एकै महिनामा
धरान/ धरान १४ विजयपुर जाने मुल गेटमै एउटा चर्ज बन्यो । हिन्दु सनातन धर्मालम्बीहरुको मठ मन्दिर जाने मुल प्रवेशद्वारा गोपाल मन्दिर अगाडि चर्च बनेको हो । यो चर्च निर्माणपछि अहिले यो विवादको विषय बनेको छ । विजयपुर क्षेत्र धार्मिक समन्वय समिति र ख्रिस्टिय समाज धरानले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउदै ज्ञापनदिने काम सम्पन्न भए । तर यो कुराको विवाद चर्किदै गएपछि यस विषयमा टुंगो लगाउन धरान उपमहनगरपालिकामा दुवै पक्षबीच छलफल भएको थियो । तर छलफल निस्कर्ष विहीन टुगिएको छ । धार्मिक पर्यटकीय स्थल विजयपुरको गोपाल मन्दिर अगाडि चर्च निर्मार्ण भएपछि धार्मिक सहिष्णुता खल्बिलिन सक्ने भन्दै विजयप
शैक्षिक ग्रुप बनाएर चारवटा शैक्षिक संस्था एकैसाथ सञ्चालन गर्ने पहिलो नै हो, धरानको युएन एजुकेसनल ग्रुप । ग्रुपद्वारा सञ्चालन भएका युएन कलेज र नवोदय कलेज प्रदेश एककै उत्कृष्ट कलेजका रूपमा मानिएका छन् । अझ होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टमा यस कलेजले १० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ । विद्यार्थी केन्द्रित शिक्षण शैलीले नै विद्यालयलाई उत्कृष्ट बनाइरहेको छ । दुईवटा कलेजसहित दुईवटा विद्यालय सञ्चालन गरिरहेको ग्रुपका निर्देशक तथा युएन कलेजका प्रमुख डम्बर तुम्बापोसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश: १. होटल मेनेजमेन्टमा युएन कलेज ब्राण्ड बनेको छ, कसरी सम्भव बनाउनुभयो ?
धरान । बाढीको उच्च जोखिमलाई मध्यनगर गरी धरान उपमहानगरपालिका वडा नं. १४ को अगुवाई स्थानीयको सक्रियतामा खोलामा तट्बन्धन कार्य शुरु गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा प्रत्येक शुक्रबार सरसफाइ अभियान गर्दै आएका वडाबासीले अब भने प्रत्येक शनिवार श्रमदान गर्ने भएका हुन् । धरान १४ लाई पर्यटककको रोजाइमा पार्नका लागि अब नियमित श्रमदान गर्ने जनाइएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा श्रम सँँस्कृतिको विकास गरेसँगै वडाहरुले पनि त्यसको अनुशरण गर्न थालेका छन् । केही समय अगाडि धरान ४ का स्थानीयहरुले धरान ४ र १४ को सीमामा रहेको सेती खोलामा श्रमदानबाट तटबन्दनको काम गरे लगत्तै ध
धरान / प्रत्येक बर्ष आयोजना हुदै आएको कोरा राइड च्यालेन्ज यस बर्ष पनि भएको छ । धार्मिक मठमन्दिरसँगै पर्यटकीय स्थलको प्रचारप्रसारका लागि यो प्रत्येक बर्ष जुलाई १५ का दिन कोरा राइड च्यालेन्ज गर्दै आएको छ । तिब्बती भाषाबाट आएको कोरा शब्द धार्मिक स्थलको गर्ने अर्थ लाग्ने भएकोले पनि धार्मिक पर्यथकीय क्षेत्रमा यो च्यालेन्स आयोजना हुने गरेको छ । धरानमा शनिवार कोरा राइड च्यालेन्ज २०८०को आयोजना भएको छ । धरान १८ बौद्ध गुम्बाट शुरु भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिता जानकी चौक, विजयपुर नीराजन वस्ति, देवीगाउँ, निशाने डाँडा, सोमटार, साउने देउराली महादेव चोक, श्याम चौक, वरगाछी धनकुटे रोड हुँदै बिपी प्रत
धरान/ धरान-१२ को मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्नाका लागि शुक्रबार प्रवेश परीक्षा लिएको छ । २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । परीक्षामा ४५० भन्दा बढी विद्यार्थी सम्मिलित भएको कलेजका एकेडेमीक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिने भएकोले पछिल्ला वर्षहरूमा विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ मेघा हिमालयन नै हुने गरेको कलेजका प्रिन्सिपल भाष्कर पौड्यालको भनाइ छ । शुक्रबारको प्रवेश परीक्षामा पनि प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू सहभागी भएका
धरान / आदिकबी भानुभक्त आचार्यको जन्म जयन्तीमा धरानको भानुचौकमा रहेको भानुभक्तको शालिकमा माल्यर्पण गरिएको छ । नेपाली लेखक सङ्घले २१० औ भानु जयन्तीको अवसरमा धरानका लेखक, कवि साहित्यकारहरूले भानुभक्तको शालिकमा माल्यार्पण गर्दै मनाएका हुन् । कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम बेघाको पनि उपस्थिति रहेको थियो । उनले भानु जयन्तीका अवसरमा सबैलाई शुभकामना दिएका छन् । भानुचौकमा भएको कार्यक्रममा समालोचक प्राडा खेमनाथ दाहालले भानु भक्तिमय रामायणको सुन्दर काण्डका केही श्लोकहरू पाठ गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य प्राडा.गोपालप्रसाद भण्डारी, मोती संस्मरण समितिका अध्य
धरान । प्राज्ञिक व्यक्तिहरुद्वारा धरानमा वि.सं. २०६६ सालमा स्थापना भएको धरान मेघा हिमालयन कलेज गुणस्तरिय शिक्षा सँगै विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा बढी भन्दा बढी सहभागि गराउने विद्यालयको रुपमा परिचित छ । स्थापनादेखि नै आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्दै आएको कलेजले आधुनिक शिक्षण सिकाइ प्रणालीमा प्रयोगात्मकता र व्यवहारिकता भित्र्याइ प्रभावकारी शिक्षण गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा समेत नयाँ शैलीको प्रयोग गर्नु मेघा कलेजको विशेषता हो । शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीव्र प्रतिस्पर्धाको समय हो । यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूलाई अद
धरान / धरानमा डेंगु सक्रमण बढ्दै गएपछि वडावडाबाट डेंगुका लार्भा नष्ट गर्ने अभियान ‘सच एण्ड डिस्ट्रोय’ लाई अगाडि बढाइएको छ । डेंगु रोग कसरी लाग्छ र सावधानीका उपायसहित यसरी वडाहरुले यो अभियान चलाएका हुन् । यसै क्रममा धरान १६ ले पनि आफ्ना वडाबासीको घर घरमा पुगेर लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको हो । धरानमा अहिले डेंगुरोगीको संख्या बढ्दै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नीजि स्वास्थ्य संस्थाहरुमा डेंगुका विरामीहरु बढ्न थालेपछि यो अभियान अगाडि बढाइएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए । सच एण्ड डिस्ट्र
धरान / धरान १ सिद्धिचरण मार्गका स्थानीयहरु मलवाहक ट्रकका कारण हैरानी व्यहोर्नु परेको छ । मालवाहक ट्रक जुनसुकै समयमा छिरेर अनलोड गर्ने गर्दा सडक जाम हुनेदेखि लिएर विजुलीको तार, टेलिफोनको तार, नेटको तार चुडाइदिने लगायतका समस्या भोग्दै आएपछि स्थानीयले वडा कार्यालयमा लिखित उजुरी दिएका छन् खाद्यान्न व्यवसायीका ठूला सवारी साधनले स्कुल, कलेज, आवासक्षेत्र रहेको उक्त मार्गमा २१ टन सम्मका सवारी साधनबाट खाद्यान्न अनलोड गर्न जुनसुकै समयमा घण्टौसम्म सडक जाम गर्नेमात्र हैन विजुली, टेलिफेन र केवलका तारह चुडाइदिँदा हैरानी व्यहोर्ने गरेका छन् । यो सडक १८ फुटको रहेको छ । एउटा ह्याब्बी ट्रक छिर्ने वित्तिकै सडक