धरान/ सामुदायीक तथा नीजि विद्यालयहरु स्थानीय सरकार मातहत आएपछि स्थानीय सरकारले यसको शैक्षिक गुणस्तर सुधारका लागि धरान उपमहानरपालिका वडा नं.. १४ ले सोही वडामा रहेको दन्तकाली माविको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको छ । नीजि विद्यालयको तुलनामा सामुदायीक विद्यालयको गुणस्तर खस्किएको विषयमा व्यापक जनगुनासो बढिरहेको छ । जनगुनासोलाई आत्मसात गर्दै वडामा रहेका सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको हो । वडाले विद्यालयको भौतिक संरचनाको अवस्था, अध्ययन तथा अध्यापन गर्ने वातावरण, विद्यालयको शैक्षिक गुणस्तरको विषयमा बुझ्ने काम गरेको थियो । वडाध्यक्ष कृष्णप्रसाद भट्टर
झापा/ नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताएका छन् । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनमा नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरे । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवं नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उनले यसको प्रचार–प्रसार गरेर कांग्रेस
धरान/ शनिबार धरान र यसवरपरका कवि–साहित्यकारहरूको विशेष जमघट भएको थियो । यस्तो जमघटको चाँजोपाँजो मिलाएको थियो, कलरव धरानले । फरक शैलीमा छरितो ढङ्गले अर्थपूर्ण कार्यक्रम गर्ने साहित्यिक संस्थाको परिचय बनाएको कलरवले कवि इन्दु नेपाल योन्जनको नवीन काव्यकृति ‘अन्तिम सेलो’ बारे वार्ताको कार्यक्रम आयोजना गरेको थियो । वार्तामा सहभागी वरिष्ठ कवि बम देवान तथा डा अस्मिता विष्टले तामाङ समुदायका संस्कृति र मिथकको प्रयोग नै कवि इन्दुका कविताको शक्ति भएको धारणा राखेका थिए । उनका अधिकांश कविताहरूमा दार्शनिक भाव रहेको धारणा वार्ताकारहरूको थियो । वार्तामा सहभागी हुँदै कवि इन
धरान/ शनिबार यहाँ सम्पन्न एक कार्यक्रमका सहभागीहरूले साहित्यलेखनमा नवीन विचार र शैलीहरूको प्रवेश हुनु स्वागतयोग्य भएको धारणा व्यक्त गरेका छन् । ‘नवआयाम–अवधारणा: समयबोध, सिर्जना र सन्दर्भका कुराहरू’ शीर्षकमा भएको अनौपचारिक छलफल कार्यक्रमका सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा नवआयामका प्रस्तावक सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । त्यस क्रममा उनले आयामिक अवधारणाअनुसार सिर्जनाको भौतिक संरचना, छनोट गरिने विषय र सिर्जनात्मक बुनोटको रूपसम्बन्धी धारणा राखेका थिए । उनले वर्तमान समयमा मानवीय जीवनको व्यस्तताका कार
उदयपुर/ ऐतिहासिक महत्त्व बोकेको उदयपुर गढीमा पुगेर इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी माध्यमिक बिद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन गरेका छन् । इटहरी वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो । बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीको आयोजनामा भएको उक्त शैक्षिक अवलोकन भ्रमणमा बिद्यार्थीहरुले उदयपुर गढी र त्यस क्षेत्रको रहनसहन, भेषभूसा, संस्कृति, जीवनशैली लगायतको अध्ययन गरेका थिए । उक्त भ्रम
धरान/ धरान घण्टाघरबाट निष्कासीत मजदुरहरु प्रकाश राई र नरबहादुर सुब्बाको न्यायका लागि धरानका तीनवटा ट्रेड युनियनहरुले धरानका नगर प्रमुख साम्पाङलाई भेटेर ध्यानाकर्षण गराएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ [जिफन्ट] राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई सहित अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काग्रेस आवद्ध विभिन्न संगठनका नेतृत्वको प्रतिनिधि मण्डलले मेयरसाम्पाङलाई कार्यकक्षमै भेटेर मजदुरहरुलाई पुनर्वहाली या न्याचित अनुदानको व्यवस्था गर्न सुझाएका थिए । प्रतिनिधि मण्डलको अगुवाइ गर्दै गएका अध्यक्ष राईले मजदुरहरुलाई पुनर्वहा
झापा/ पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंची खेती तथा व्यवसायमा समस्यै–समस्या रहेको सरोकारवालाले बताएका छन् । संघीय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव सवनम शिवाकोटीको प्रमुख आतिथ्यतामा नेपाल अलैंची व्यवसायी महासंघले विहिबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमका अलैंची कारोबारमा समस्यै–समस्या भएको बताएका हुन् । उनीहरुले अलैंची उत्पादनदेखि बजारीकरणको समस्याले अलैंचीको मूल्यमा निरन्तर उत्तार–चढाब आएको बताए । अन्तरक्रियामा सहसचिव शिवाकोटीलाई नेपाल अलैंची व्यवसायी महासंघले अलैंची खेती तथा व्यवसायमा रहेका समस्याहरुको हल गरि
सुनसरी/ सुनसरीको कोसी ब्यारेजस्थित सप्तकोसी नदीमा विपद खोज तथा उद्धारका लागि गोताखोर तालिम सञ्चालन भएको छ । बुधबारबाट सञ्चालन भएको ३५ दिनको गोताखोर तालिममा नेपाल प्रहरीका २ जना प्रहरी जवान र सशस्त्र प्रहरी बल नेपालका २ जना गरी ४ जनाको सहभागिता रहेको छ । गोताखोर तालिम कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजनामा सञ्चालन भएको हो । तालिममा सहभागी प्रशिक्षार्थीहरूले कोसी नदीको २५ फिट गहिराईसम्म गएर अभ्यास गरेका छन् । तालिममा सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनु
धरान/ धरानको समग्र विकास निर्माणका काममा राष्ट्रिय योजना आयोगले चासो देखाएको छ । विशेष गरी आयोगले धरान उपमहानगरपालिकाभित्रका गौरवका योजना बसपार्क, खानेपानी, सभागृह निर्माण लगायतका विषयमा भएका कामका प्रगतिका विषयमा चासो देखाएको हो । धरानभित्रका गौरव आयोजना तथा अनिवार्य गर्नुपर्ने नगरको योजना धरानको बसपार्क र दीर्घकालीन खानेपानी समस्या समाधान हो । धरानको भानुचौकामा रहेको बसपार्क साँघुरो बसपार्कलाई व्यवस्थित गर्दै धरान ८ तीनकुने सुन्दरबस्तीमा स्मार्ट बसपार्क निर्माण समेत भएको छ । निर्माण कम्पनी गीताञ्जली जेभीलाई २३ करोड १५ लाखमा ठेक्का सम्झौता भएको दुई बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न
धरान/ गत सोमबार स्थगित भएको धरान उपमहानगरपालिकाको बुधबार बसेको बैठकमा मेयर हर्कराज राई प्रस्तुती निरकुंश शैलीमा प्रस्तुत भए पछि बैठक स्थगित भएको छ । बैठक सुचारु भइरहदा निष्कासन गरिएको कर्मचारी विषयको एजेण्डामा मेयर राईले निरंकुश शैलीमा निर्णय खारेज नहुने अडान लिए पछि कार्यपालिका बैठक स्थगित भएको हो । उनले आफ्नो निर्णय कुनै हालतमा खारेज नगर्ने अडान लिए पछि विवाद बढेको थियो । उनले केही महिना अघि नगरपालिकामा कार्यरत ५ जना कर्मचारी र धरान स्थित घण्टाघरमा कार्यरत दुई कर्मचारीलाई निष्काशन गरेका थिए । बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उमेर हदबन्दीका कारण निष्काशनमा परेका ७ जना कर्म