अलैंची व्यवसायीले बुझाए ज्ञापन–पत्र

  • आश्विन १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा/  पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंची खेती तथा व्यवसायमा समस्यै–समस्या रहेको सरोकारवालाले बताएका छन् ।

संघीय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव सवनम शिवाकोटीको प्रमुख आतिथ्यतामा नेपाल अलैंची व्यवसायी महासंघले विहिबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमका अलैंची कारोबारमा समस्यै–समस्या भएको बताएका हुन् ।

उनीहरुले अलैंची उत्पादनदेखि बजारीकरणको समस्याले अलैंचीको मूल्यमा निरन्तर उत्तार–चढाब आएको बताए ।

अन्तरक्रियामा सहसचिव शिवाकोटीलाई नेपाल अलैंची व्यवसायी महासंघले अलैंची खेती तथा व्यवसायमा रहेका समस्याहरुको हल गरिदिन आग्रह गरेका छन् ।

महासंघले अलैंची खेती तथा व्यवसायका समस्या सम्बन्धमा गम्भीर बन्न आग्रह गर्दै शिवाकोटीलाई १४ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।

महासंघका अध्यक्ष निर्मल भट्टराईले अलैंची व्यवसायमा समस्याका चाङ रहेको बताउँदै अलैंची व्यवसाय प्रवद्र्धनका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय अलैंचीको उत्पादन घटेको बताउँदै उनले अलैंचीमा लागेको रोग नियन्त्रण हुन नसक्नु, समयमा किसानलाई प्राविधिक सेवा उपलब्ध गराउन नसक्नु, सिँचाइ व्यवस्था हुन नसक्नु नै उत्पादन बृद्धि नहुनुको मुख्य कारण भएको समेत औंल्याए ।

महसंघले बुझाएको ज्ञापन–पत्रमा नेपालमा अलैंचीको उत्पादन र खेती विस्तारका लागि कृषकहरूमा प्राविधिक ज्ञानको कमी, अलैंची सुकाउने आधुनिक भट्टीको अभाव, सिँचाइको पर्याप्त व्यवस्था नहुनु, मल–बीउको अभाव, जिल्ला तथा केन्द्र तहमा अलैंचीको गोदामघर नहुनु, गैरकानुनी तथा दोहोरो कर संकलन गर्नु, मूल्यको उतार–चढाव,

पछिल्लो समयमा भारत तथा भुटानमा तीव्र रूपमा अलैंची खेती विस्तार हुनु, विश्व बजारमा नेपाली अलैंचीको आफ्नै पहुँच पुग्न नसकेर भारतीय बजारमा मात्र निर्भर रहनु मुख्य चुनौती भएको उल्लेख छ ।

अलैंची खेती र व्यवसायको विस्तार र प्रवद्र्धनका लागि सरकार जिम्मेवार हुनुपर्ने महासंघका महासचिव नारयणप्रसाद चिमरियाले बताए । सरकार समक्ष अलैंची खेती तथा व्यवसायको सम्वद्र्धन, विकास र प्रवद्र्धन कार्यलाई प्राथमिकतामा राखी वार्षिक नीति तथा कार्यक्रम र बजेटमा अलैंचीको विषय समावेश गनुपर्ने धारणा राखे ।

अलैंचीबाट हुन सक्ने फाइदाको विषयमा जनस्तरसम्म कार्यक्रम पु¥याएर नेपालमै यसको खपत बढाउन अभियान सञ्चालन गर्नुपर्ने र यसका लागि तीनै तहमा अलैंचीसम्बन्धी नीति बनाउनुपर्नेमा महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले जोड दिए ।

अलैंची उत्पादकदेखि निर्यातकर्तासम्मका समस्यालाई सम्बोधन गर्न र अलैंचीको तेस्रो बजार खोज्न यथाशक्य चाँडो सरकारले पहल कदमी चाल्नु पर्ने अलैंची व्यवसायी तथा निर्यातकर्ता ओमकृष्ण बिमलीले धारणा राखेका थिए ।

हाल ५२ वटा जिल्लामा १७ हजार हेक्टर जमिनमा विस्तार भएको अलैंची खेतीबाट वार्षिक ८ हजार मेट्रिक टनभन्दा बढी अलैंची उत्पादन हुँदै आएको बताउँदै उनले अलैंची उत्पादन मध्ये ५ प्रतिशत नेपालमा खपत हुने र बाँकी भारत तथा तेस्रो मुलुकमा निर्यात भई वार्षिक १० अर्ब रुपैयाँसम्म विदेशी मुद्रा आर्जन हुँदै आएको जानकारी दिए ।

अलैंचीको भण्डारण गर्ने गोदाम घरहरू निर्माण गर्ने, अलैंचीको महोत्सव सञ्चालन गर्ने, अलैंचीको बजारीकरणका लागि विविध कार्यक्रम सञ्चालन गर्ने रणनीति बनाउन महासंघले सरकारलाई आग्रह गरेको छ ।

सहसचिव शिवाकोटीले अलैंची किसान तथा व्यवसायीले उठाएका माग र समस्या पहलमा मन्त्रलायसहित सम्बन्धित निकायमा छलफल गरी समस्या सामधान गर्ने आश्वास दिएकी छन् ।

कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष इन्द्रचन्द बिन्दल, सल्लाहकार रोशनलाल अग्रवाल, एफएओका श्रवण अधिकारी लगायतले धारणा राखेका थिए ।

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved