धरान/ सरकारको अकर्मण्यता र राजस्वको अनावश्यक आतंकले उद्योगी व्यवसायीहरू पलायन हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । जानेर नजानेर धरानको मेयर गलत मान्छे छानेर धरान आर्थिक चपेटामा परेको सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सरोज श्रेष्ठले बताए । उनले भने, ‘सही नेतृत्व नहँुदा उद्यगी व्यवसाय समस्यामा परेको छ, धरानलाई आर्थिक रूपमा सबल बनाउन स्थानीय सरकारसँगै यहाँका राजनीतिक दलहरू पनि जिम्मेवार हुनु पर्छ । मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गको विकासले धरान एउटा टापुमा परिणत हुँदै गएकाले धरान–मुलघाट सुरूङमार्ग आवश्यक भएको उनले बताए । श्रेष्ठले नेपाली चाड पर्वको अवस
धरान/ आउँदै गरेको पर्वहरुको शुभकामना लिएर धरान वडा नम्बर १० का वडाअध्यक्षले वडावासीको घर घरमै पुगेर सम्मान सहित शुभकामना आदान प्रदान गरेका छन् । वडाअध्यक्ष विवेक राईले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छन् भने वडावासीमा शुभकामना दिएका हुन् । वडाका जनप्रतिनिधिहरु सहित उनले ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरे । नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधा समेत घरघरमै प्रदान गरेको वडाध्यक्ष राईले बताए । वडाका ३९ ज्येष्ठ नागरिकलाई अभिनन्दन गरेका थिए । कतिपय बाआमा असक्त, बिरामी पनि भएकाले घरमै पुगेर चाडपर्वको शुभकामना सहित वडाबाट प्राप्त गर्ने नवीक
धरान/ नेपालीहरुको महान चाड वडादशैको अवसर पारेर धरान ८ मा रहेको अपांग तथा असहाय सेवा केन्द्रले धरान लगायत धरान बाहिरका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । स्व. मणिराम अग्रवालको स्मृतिमा उनका जेठा छोरा अशोक अग्रवालले केन्द्र मार्फत सहयोग उपलब्ध गराएका हुन् । बर्षभरि अपांग तथा असहाय सेवा केन्द्र मार्फत १२ लाख रुपैया बराबरको सहयोग पु¥याउदै आएका अग्रवालले दशै चाड पर्व गरिब तथा असायको समेत राम्रो वितोस् भन्ने उद्देश्यले एक जना बराबर २० केजी चामल, दाल, सब्जीजन्य सामाग्री वितरण गरेका हुन् । धरान ८ केन्द्रकै कार्यालयमा भएको कार्यक्रममा धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, म
धरान/ दशैको अवसर पारेर धरान उपमहानगरपालिका १९ नं. वडा समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । धरान १९ हरियाली सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडाले दशैको अवसरमा आफ्नो वडामा रहेका १ सय ५५ जना जेष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरेको हो । कार्यक्रममा वडा सदस्य झुमादेवी गुरुङले जेष्ठ नागरिक आमाहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताइन् । उनले यो सम्मानले जेष्ठ नागरिकको आर्शिवाद सधै रहिरहने बताइन् ।राज्यले जेष्ठ नागरिकलाई सम्मान गर्ने नीति बनाए पनि धेरै ठाउँमा ज्येष्ठ नागरिकको उचित सम्मान हुन नसकेको समयमा वडा नं. १९ ले जेष्ठ
धरान/ त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा प्रदेशमै उत्कृष्ट हुने विद्यार्थीहरुलाई धरान स्थित युएन कलेजले नगद पुरस्कार सहित सम्मान गरेको छ । बोर्ड परिक्षामा कलेजबाट प्रदेशमै उत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरेको हो । कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गरि होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा कोशी प्रदेशमै पहिलो हुने स्मारिका श्रेष्ठ, दोस्रो हुने रोजिना राई र तेस्रो हुने सिम्रन तामाङ्गलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार सहि
धरान/ धरान उपमहानगरपालिकाकालाई सुगम नगरपालिकाको रुपमा चिनिन्छ । तर धरानमा यस्ता वडा पनि छन् जहाँ पुग्न सहज बाटो छैन, खोलामा पुल बनाइएको छैन, एउटा वडादेखि अर्को वडासम्म पुग्न सकस हुन्छ । यस्तैमध्ये एक हो धरान ४ नं. वडा । यो वडाबाट धरानको पर्यटकीय वडासँग सिधा सम्पर्क राख्छ तर सडक राम्रो नहुँदा सहज रुपमा आवातजावत हुन सर्वसाधारणलाई कठिनाई छ । यसैलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाले बाटो सहज बनाउने कामलाई प्राथमिकतामा राखेर काम शुरु गरेको छ । धरान १४ विजयपुरसँग धरान ४ को हर्दिया, ६ बोटे, पत्रङबारी, तेल्लुक, दानाबारी, शिवजट्टा, देवी गाउँ लगायतलाई मुख्य सडकको रुपमा यो सडकलाई लिइन्छ ।
धरान/ कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण गत शनिबार नियुक्त भएका प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार नै प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । गत शनिवार नियुक्त भई आइतवार मात्रै शपथ लिएका मुख्यमन्त्री कार्कीले हतार हतार विश्वासको मत लिन लागेका हुन् । कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यो धारा अनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि उनले बुधवार नै विश्वासको मत लिन लागेका छन् । त्यही भएर पनि उनी तत्कालै विश्वासको मत लिन लागेको कार्कीनिकट स्रोत बताउँछ । ‘वि
धरान/ स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो । उपचारमा थोरै ढिला भए पनि विरामीको ज्यान जान सक्छ । संवेदनशील क्षेत्रमा आन्दोलन गर्न नपाउने सर्वोच्चको आदेशलाई समेत लत्यााउदै शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण अस्पतालबाट हुने सम्पूर्ण सेवा प्रभावित बनेको छ । यसले अध्ययन अध्यापन नहँुदा विद्यार्थी मार्कामा परेका छन् भने प्रतिष्ठानका सम्पूर्ण उपचार सेवामा चिकित्सकहरु सामेल नहुदा विरामीले सास्ती भोग्नुपरेको छ । सात बर्षदेखको वढुवा रोक्का सुचारु नभएको विषयलाई लिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा चिकित्सकहरुले निरन्तर गरेको आन्दोलनका कारण समग्र प्रति
सुनसरी / नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा सुनसरी बास्केटवल संघ र नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिमले शनिवार मैत्रिपुर्ण बास्केटवल खेलेको छ । सुनसरी बास्केटवल संघ द्धारा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा सुभकामना आदनप्रदान कार्यक्रम अन्तर्गत मैत्रिपुर्ण खेल खेलिएको थियो । मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटवल संघ ५२–४१ अंकले विजेता भए । सुनसरी बास्केटवल र सुनसरी पत्रकारले प्रत्येक क्वाटरमा २–८, २३–१०, ७–१३ र २०–१० अंक जोडे । खेलमा सुनसरी बास्केटवलका तर्फ वाट विवेक राईले व्यक्तिगत १६ अंक जोडे । मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटवल टि
विराटनगर/ विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराैला कार्कीले प्रदेश राजधानी विराटनगरलाई सुरक्षित राख्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताईन । ६८ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेश राजधानी विराटनगरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । राजधानी सुरक्षित भयो भने प्रदेशका अन्य स्थान पनि सुरक्षित हुने उनको भनाइ थियो । सीमित स्रोत साधनका बाबजुत पनि शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताईन । उनले