स्थानीय

    Showing 3,471-3,480 of 5,053 items.
  • इलामको सलकपुरमा ६ करोडको सुन्तला बिक्री

    इलाम/  इलामको रोङ गाउँपालिका-६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन्। यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्। यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन्। स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताए। करिब १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उनको भनाइ थियो।  ‘राम्रो उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन’, उनले भने, ‘स्थानीय वडाले सुन्तला

    • प्रकाशित मितिः पुस २, २०८०
    • 774 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुदायिक विद्यालयलाई नीजि क्षेत्रबाट सहयोग

    धरान/ सामुदायिक विद्यालयको स्तर अझै पहिलाको भन्दा केही फरक छैन । नेपालमा धेरै राजनीतिक परिवर्तन भए, शैक्षाको गुणस्तर उकास्ने एजेण्डा बने, सरकारी स्तरबाट पनि धेरै नीति बने तर शैक्षिक गुणस्तर सुध्रिएन जसका कारण अभिभावकले सकी नसकी निजी विद्यालयमा पढाउन बाध्य छन् । पछिल्लो समय नीजि तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने जिम्मा स्थानीय सरकारलाई अधिकार दिएको छ । स्थानीय सरकारले सबै विद्यालयको निरीक्षण गर्ने, परीक्षाको सम्पूर्ण जिम्मेवारसँगै त्यस विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरको जिम्मा लिएको छ । तर विगतमा जस्तो अवस्था सामुदायिक विद्यालयको थियो अहिले पनि उस्तै छ । यस विषयमा स्थ

    • प्रकाशित मितिः पुस २, २०८०
    • 727 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आर्थिक बहस : नकारात्मक भाष्य निर्माण गरेकोमा व्यवसायीको चिन्ता

    सुनसरी/ मूलुकको आर्थिक अवस्थालाई लिएर नकारात्मक भाष्य मात्रै हावी भएको भन्दै उद्योग संगठन मोरङले आर्थिक सार्वजनिक बहसलाई सकारात्मकता तर्फ मोड्ने प्रयत्नको थालनी गरेको छ । संगठनले वर्तमान आर्थिक परिदृष्यः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोईन्ट ? बिषयक अर्थ सम्बादको आयोजना गरि प्रयासको थालनी गरेको हो । सम्बाद कार्यक्रममा संघिय प्रतिनिधी सभाका सांसदहरु दामोदर भण्डारी, माधव सापकोटा, सुमना श्रेष्ठ तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला वक्ताका रुपमा सहभागि थिए । कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले

    • प्रकाशित मितिः पुस २, २०८०
    • 847 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘देशलाई अलपत्र छाड्नुहुन्न, अब एमालेले निकास दिनुपर्छ’

    पाँचथर/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिका लागि संकल्प यात्रा शत प्रतिशत सफल भएको दाबी गरेका छन् । बैतडीको झुलाघाटबाट सुरु भएर १८ औं दिनमा पाँचथरको चिवाभन्ज्याङ पुगेका ओलीले अभियानले पार्टीलाई वैचारिक हिसाबले समृद्ध बनाएको बताए । उनले भने, ‘सबैको एउटा निष्कर्ष अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा पर्न दिनु हुँदैन । अब देशको राजनीति एउटा सही बाटो र निकास दिनुपर्छ । अलमलमा देशको समय खेर फाल्न दिनुहुँदैन । यहाँ राष्ट्रको समय खेर गइरहेको छ । जनताको एउटा पिडीको भविष्य खेर गएको छ । देशलाई जोगाउन संकल्प यात्राले असाधरणा योगदान गरेको छ ।’ उनले एमाले चुनौतिहरु

    • प्रकाशित मितिः पुस २, २०८०
    • 716 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एचआइभी संक्रमित बालबालिकाको जीवन जोखिममा

    धरान/ राज्यले नागरिकहरुलाई संबिधानले प्रत्याभुति गराएको अधिकारहरु गाँस, बास, कपास, स्वाथ्य उपचार, शिक्षा, रोजगार जस्ता मौलिक हकहरु भएता पनि एचआईभि संक्रमितहरुको संरक्षणमा बजेटको अभाव भएको छ । शुक्रबार धरानमा बसेको एचआइभी एड्स राष्ट्रिय महासङ्घको कोशी प्रदेश समन्वय बैठकमा एचआईभि संक्रमित भएकै कारण मौलिक हकबाट पनि बञ्चित भई अकालमा मृत्यु वरण गर्नु परेको एचआइभी एड्स राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले बताए । उनको अनुसार नेपालमा रहेका २६ हजार बढी एचआइभी सङ्क्रमितहरू रहेको र ति मध्ये २४ हजार, २ सय ३७ जनाले जीवनरक्षाको औषधी एआरभी पाइरहेको बताए । हाल सम्म एचआइभी संक्रमितहरूको ला

    • प्रकाशित मितिः पुस १, २०८०
    • 653 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उनन्तीस वर्ष पछि भवन  उद्घाटन

    धरान/ धरान वडा नं. ३ स्थित गौधारासंगै रहेको नेपाल अर्वुद रोग निवारण संस्था सुनसरी जिल्ला शाखाको नव निर्मित भवनको उद्घाटन भएको छ । शनिबार कोशी प्रदेश सभासद रमेश कुमार बस्नेतको प्रमुख आथित्यमा नव निर्मित भवनको उदघाटन् भएको हो । २०५१ साल फागुन १३ गते तत्कालिन प्रधानमन्त्री स्व.मनमोहन अधिकारीले भवन शिलान्यास गरेका थिए । अर्बुद अर्थात क्यान्सर रोग सम्वन्धी जनचेतनामूलका कार्यक्रमहरु आयोजना गर्ने एवम उपचारात्मक कार्यका लागि कुनै संस्था नभएको अवस्थामा नेपाल अर्वूद रोग निवारण संस्था सुनसरी जिल्ला शाखा धरानको स्थापना गरिएको अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए । २०५१ सालमा शिलान्यास भएको भवन निर्

    • प्रकाशित मितिः पुस १, २०८०
    • 869 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘कुशल अभिभावक नहुँदा उद्योग खस्किँदै छ’

    विराटनगर/ कुशल अभिभावकत्व पाउन सके खस्किँदै गएको उद्योग क्षेत्र नयाँ ढंगले अगाडि बढ्न सक्ने सम्भावना जीवित रहेको भन्दै विराटनगरका उद्योगीहरुले बताएका छन् । एउटा टर्निङ पोइन्टबाटै नेपाली उद्योग र अर्थतन्त्र सकारात्मक दिशामा जानसक्ने आधार विद्यमान रहेकोले सरकारले त्यस अनुसार पहल लिन ढिलाइ गर्न नहुने उनीहरुको सुझाव छ । विराटनगरमा आयोजना गरिएको ‘वर्तमान आर्थिक परिदृश्यः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोइन्ट’ विषयक सार्वजनिक अर्थ–सम्वाद कार्यक्रममा सहभागीहरुले नयाँ सम्भावनाको खोजी गर्नुको विकल्प नरहेको बताएका हुन्  । उद्योग क्षेत्रमा देखिएका समस्याहरु र समाधानका

    • प्रकाशित मितिः पुस १, २०८०
    • 801 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतभेद र असहमति संवादद्वारा समाधान गर्नुपर्छ: ओली

    पाँचथर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतभेद र असहमतिहरु संवादको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । पाँचथरको फिदिममा एमालेले आयोजना गरेको जनसभामा असहमति र मतभेद हुन सक्ने भन्दै विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्नु पर्ने बताए । एमालेले बैतडीबाट सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १७ दिन भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मान्छेमा बोली भएकाले संवादबाट असहमति राख्नुपर्ने बताए । उनले भने, ‘गाई गोरुको मात्रै बोली हुँदैन असहमति प्रकट गर्न घ्याच्च सिंहले हान्छ । मान्छेको बोली छ घया्च्च हान्न पाइँदैन ।’ सबैले निर्भय वातावरणमा हिडन

    • प्रकाशित मितिः पुस १, २०८०
    • 718 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सशस्त्र प्रहरीद्वारा मोडर्न प्रिपिरेटोरी स्कुलका विद्यार्थीलाई विपद जोखिम न्यूनीकरण तालिम

    इटहरी/  सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोर्डन प्रिपिरेटोरी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरणका का लागि विद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीद्वारा इटहरीको मोडर्न प्रिपिरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीहरूलाई विपद् जोखिम न्युनिकरण तालिम सञ्चालन गरेको हो । प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरुको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका एस

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 985 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बगरमा फलाए युवाले ८६ लाखको आलु

    झापा/ दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले रु ८६ लाखको आलु फलाएका छन्। मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए। फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो। आधुनिक प्रविधिबाट रु ४५ लाख लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए। उनका अनुसार हाल एक कट्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ। आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन्। फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्र

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 737 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved