धरान । नागरिकता नभएर निशुल्क उपचार पाउन नसकेकी धरान १४ की एक महिलालाई धरान १५ स्थित लाजेशा पथ तथा रामलक्ष्मण मार्ग टोल विकाश समितीले आर्थिक सहयोग गरेको छ । धरान १४ को नरसिंह मन्दिर छेउमा रहेको मन्दिरकै घरमा बस्दै आएकी सपना तावाहाङ लिम्बुलाई समितीले टोलवासीहरु सँग आर्थिक संकलन गरि सहयोग रकम प्रदान गरेको हो । मृगौला पिडित सपना उपचार गराउन समस्या भए पछि धरान १५ स्थित रामलक्ष्मण मार्गमा आफन्तको बस्दै आएकि छिन् । उनी १ महिना देखि दुवै मृगौला खराब भए पछि थलिएकी छिन् । उनलाई समितीले संकलन गरेको ४१ हजार २ सय ४० रुपैया प्रदान गरिएको छ । धरान १५ स्थित लाजेशा पथ, रामलक्ष्मण मार्ग, कस्तुरी मार्ग, इन्द्र
विराटनगर । भारत र नेपाली प्रशासनको समन्वयमा आज साँझ जोगबनी नाकाबाट दुई सय ५० जनालाई विराटनगर भित्र्याइएको छ । जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका नेपालीलाई प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर ल्याइएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जोगबनी नाकामा नेपालतर्फ बन्द गरिएको ढाट खोलेर २ सय ५० जनालाई नेपालतर्फ ल्याइएको जानकारी दिएका छन् । उनले भने,“नजिक पालिकाकाहरुका भए उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइने छ । पालिकाले नै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेछ । तर,टाढाको भए विराटनगर
धरान । नागरिकता नभएकै कारण दुवै मृगौला खराब भएर थला परेकी धरान १४ की एक महिला राज्यले दिएको निशुल्क स्वास्थ्य सुविधाबाट बञ्चित हुनुपरेको छ । लकडाउनका कारण धरान स्थित इलाका प्रशासन कार्यालयले कर्मचारी नभएको भन्दै नागरिकता बनाईदिन नमाने पछि धरान १४ की सपना तावाहाङ लिम्बु स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरेको छ । वडा नम्बर १४ को नरसिंह मन्दिर छेउमा रहेको मन्दिरकै घरमा बस्दै आएकी २३ वर्षिय सपनाले नागरिकता नहुँदा मृगौला पिडितलाई सरकारले दिने निशुल्क स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरेको हो । उनको अहिले सम्म नागरिकता बनाएकी थिईनन् । दैनिक ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकाले अहिले सम्म ना
धरान । वर्षेनी वर्षाको समयमा धरानको सर्दु खोलाले पार्ने क्षति न्युनीकरणका लागि धरान उपमहानगरपालिकाले अघि सारे सर्दु करिडोरको योजना अघि बढेको छ । सेउती करिडोरको विषयमा बाइपास कोशी राजमार्गको पनि चर्चा चलिरहेकाले अहिले सर्दु करिडोरलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरे पछि काम अघि बढेको छ । नेकपाका स्थानीय नेता तथा प्रदेश र संघीय संसदहरुको पहलमा सर्दु करिडोरको योजना पास भएको छ । सर्दु करिडोरको डिपिआर तयार भईसकेकाले निर्माणका लागि बहुवर्षिय योजनामा प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले दुई वर्ष भित्रमा सम्पन्न हुने गरि करिडोर निर्माणका लागि जेठ ९ गते नै टेण्डर आव्हान गरिस
धरान/ आज दिउँसो धरान १४ मा जनप्रतिनिधि सहित तीनजना मथि भएको आक्रमणको घटनाप्रति नेपाल दलित संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले विज्ञप्ती जारी गर्दै घटनाबारे स्थानिय प्रसाशन कसैको दबाव वा प्रभावमा नपरी सत्य तथ्य र निष्पक्ष छानबिन गर्न र पीडितलाई उचित क्षतिपुर्ति सहित न्याय दिलाउन र दोषीलाई कडा भन्दा कडा कार्वाहीको संघले माग गरेको छ । उक्त घट्नाप्रति संघको गम्भीर ध्यानाकर्षण र खेद प्रकट गरिएको विज्ञप्तीमा उल्लेख छ । साथै केही युवाहरुले हातहतियारसहित नेपाल दलित संघकी धरान उपमहानगर समितिका सदस्य एंव वडाकी जनप्रतिनिधि मनिषा विकसहित अन्यलाई ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भएको स
दिनेश गजमेर धरान । जताजतै कारोनाको जोखिम बढ्दै गएको छ, सरकारले सुरक्षित तरिकाले घर भित्रै बस्न उर्दी पनि जारी गरेको छ, तर सुनसरीको हरिनगरका मुसहरहरु लकडाउनको समयमा पनि घरबार विहिन बनेका छन् । सडक फराकिलो बनाउने भन्दै स्थानीय सरकारले घर भत्काइदिए पछि उनीहरु अहिले समस्यामा परेका छन् । सुनसरीको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिकालाई सदरमुकाम इनरुवा जोडन् सहायक हुलाकी राजमार्गको काम अघि बढेको छ । राजमार्गमा पर्ने हरिनगर गाउँपालिका वडा नम्बर ३ स्थित गौतमपुरका मुसहरीका मुसहरहरु विकाश निर्माणको कामले भने घरबार विहिन हुन पुगेका छन् । सडकको मापदण्ड अनुसार सडक फराकिलो बनाउने भन्दै स्थानीय सरकारले घर
झापा । झापामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी गाउँपालिकामा एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । केही दिनअघि भारतको बम्बईबाट आएका ति व्यक्ति क्वारेन्टाइनमा बस्न नमानेको स्रोतले बताएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । तीमध्ये ३३ जना कचनकवल गाउँपालिकाका र झापा गाउँपालिकामा एक सङ्क्रमित रहेकाका छन् । बाह्रदशी र दमकका एक–एक जना निको भएर घर फर्किसकेका छन् ।
धरान । लागुऔषध ब्राउन सुगर सहित धरान उपमहानगरपालिका स्थित वडा नम्बर १३ बाट इलाका प्रहरी कार्यालय धरानले ३ जनालाई पक्राउ गरेको छ । धरान १३ का समिया लिम्ब, मन्दिप मगर र धरान १५ का घनश्याम राईलाई प्रहरीले ३ ग्राम ब्राउन सुगर, १ सय ५० ट्याबलेट नाइट्रोजन र ८३ हजार रुपैया नगद सहित प्रहरीले पक्राउ गरेको हो । धरान १३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनामा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
धरान । कारोना राहत कोषका लागि भनेर १८ नम्बर वडा कार्यालयलाई धरान १८ समाज हङकङले आर्थिक सहयोग गरेको छ । सहयोग रकम हङकङ वस्दै आइरहेका १८ न. वडावासि महाप्रसाद राई, दिनेश लिम्वु, रन्जन राई र निरज राईको सक्रियतामा संकलन गरि पठाएको नगद २ लाख ३१ हजार २ सय रुपैया शनिबार एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम समाजको धरान प्रतिनिधि दया राई र धु्रव राईले वडाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । आधिकारीक रुपमा संस्थाको स्थापना नभइसके पनि उनिहरुलाई जानकारी गराई धरान १८ समाज हङकङको व्यानरमा कार्यक्रमको आयोजना गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रम सँगै आधिकारिक
काठमाडौं । नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र बारका ६ जनामा कोरोना देखिएको हो । शुक्रबार साँझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सप्तरीका बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणका क्रममा बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका परुषमा कोरोना