धरान । नगर प्रमुखले समन्वय गर्न नसक्दा धरान उपमहानगरपालिकाको नगरसभा असार १० मा हुन नसक्ने सम्भावना बढ्दै गएको वडाअध्यक्षहरु बताउँछन् । नगर प्रमुख तिलक राईले मनोमानी ढंगले आफ्ना योजना तथा निति कार्यक्रमहरु लाद्नका लागि कसै संग पनि समन्वय नगरेको उनीहरुको आरोप छ । नगरसभा गर्ने मिति नजिकिदै गर्दा पनि अझै वडाअध्यक्षहरु सँग कुनै छलफल नै नगरेकाले समयमै नगरसभा नहुने उनीहरुको भनाई छ । असार १० गते नगर सभा गर्नका लागि करिब १५ दिन अघिनै वडाका योजनाहरु माग गर्नुपर्ने हुन्छ । नगरले बनाउने निति तथा कार्यक्रमहरुका विषयमा छलफल गरिसक्नुपर्ने थियो, तर अहिले सम्म नगरको आय, नयाँ कार्यक्रमका विषयमा छलफल नै नभएको
धरान/ धरान स्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७ जना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार मोरङ रतुवामाईका थप २५ जना संक्रमितहरु हिजो मात्रै प्रतिष्ठानमा भर्ना भएका छन् । प्रतिष्ठानबाट मात्रै ११० जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भनृे ४९ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।
धरान । सवारी चालक पेशा गर्दै आएका धरानका एक व्यक्तिले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । धरान १३ का ४२ वर्षीय रामकुमार जबेगुलाई सोमबार बिहान आफ्नै घरको झयालको ग्रिलमा झुण्डिएको अवश्थामा परिवारले फेला पारेका थिए । जबेगु डेढ वर्ष अघि देखि चालक पेशामा आवद्ध रही आफ्नो भाईको परिवारसँग बस्दै आएका तर हालसम्म पनि अविवाहित रहेको परिवार स्रोतले जनाएको छ । परिवारका अनुसार उनी अत्याधिक मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन पनि गुमेको हुनाले घर छोडि हिँड्ने गरेका थिए । घर परिवारको सदस्यले खोजी ल्याउने गरेको स्थानियहरू बताउँछन । घटनाको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीको
धरान । लकडाउनका कारण आफ्नै देश गएका भारतीय नागरिकहरु रोजगारीका लागि धरान फर्किन थाले पछि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् । भारतीय नागरिकहरु रातको समयमा लुकिछिपी धरान फर्कन थालेका छन् । कोरोनाको संक्रमण अहिले पनि यथावतनै रहेको अवश्थामा भारतीयहरु लुकिछिपी फर्कदा संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका हुन् । उनीहरुले तिनकुने नाकालाई कडाई गर्नु स्थानीय प्रशासन सँग आग्रह पनि गरेका छन् । आइतबार राती धरान ७ मा एक भारतीय नागरिक लुकिछिपी धरान आइपुगे पछि स्थानीयहरु अझ बढी चिन्तित बनेका छन् । कोरोना संक्रमण फैलिनु अघि नै उनी भारत गएका थिए । फारबिसगञ्जका ति युवा
धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन ९वेडिङ प्लान० गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्ट भनी यस कार्यको थालनी गरिएको छ । करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिओओ रञ्जना झाले बताइन । ुगजुर वेडिङ प्लानर्सले देशभर सेवा दिनेछ । एउटा विवाहका लागी आवश्यक पर्ने सबै सेवा जस्तै संगित, हल्दी कार्यक्रम, मेहेन्दी कार्यक्रम, स्थान, फोटोग्राफी र भिडियोग्राफी, क्याटरीङ, डेकोरेसन सबै उपलब्ध हुनेछ ।ु उनले भनिन, ुहामी १० जनाको टिमले हरेक व्यक्तिको महत्वपूर्ण अवसर विवाहलाई अविस्मरणिय बनाउनका लागी पूर्ण रूपले लागी पर्नेछौ ।ु
धरान । दलित तथा महिलाहरु माथि हुने विभेद अन्त्यका लागि उपेक्षित उत्थान सरोकार केन्द्र धरानले १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ८ को लक्षित वर्गको कार्यक्रम अन्र्तगत विहिबार केन्द्रले धरान वडा नम्बर ८ का दलित समुदायका ४५ जना महिला तथा पुरुषहरुलाई लैङिगक समानता, सामाजिक समावेशिकरण र छुवाछुत सम्बन्धी अभिमुखिकरण तालिम प्रदान गरेको हो । कार्यक्रमको समापनमा नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङले सामाजिक वैचारिक महामारीले ग्रस्त पारेको समाज परिवर्तनका लागि अघि बढ्नु पर्ने आवश्यक्ता रहेको बताए । उनले संविधान, कानुनलाई कार्यान्यवन गर्न चुनौति रहे पछि त्यसलाई चिर्दै स
धरान/ रोटरी क्लव अफ धरानले रक्तदान कार्यक्रमको अयोजना गरी ३२ पिन्ट रगत संकलन गरेको छ । सोमबार, धरान १८ स्थित बुद्ध चौकमा सम्पन्न रक्तदानमा ३२ पिन्ट रगत संकलन भएको थियो । कोभिड १९, कोरोना संक्रमणका कारण भएको लकडाउनले रक्तदान कार्यक्रमहरु हुन सकिरहेको छैन । धरान व्लड बैंकमा रगतको अभाव भएकाले व्लड बैकको अनुरोधमा रक्तदान कार्यक्रमको आयोना गर्नु परेको अध्यक्ष रविन श्रेष्ठले वताए । रक्तदान भैरहेकै अवस्थामा ताजा रगतको अवाश्यकता पर्ने विरामीहरुका लागि र अन्य विरामीहरुका लागि विभिन्न ग्रुपको करिव ७ पिन्ट रगत व्लड बैैक मार्फत प्रदान गरिएको सुरेन्द्र स्थापितले बताए । कार्यक्रम रोटरियन शिवानन्द श
मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना सङ्क्रमित निको भएका हुन् । उनीहरू सबै झापाका हुन् । १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनीहरू सघन उपचार कक्ष ९आईसीयू० मा नबसी आइसोलेसन वार्डबाटै डिस्चार्ज हुन सफल भएका छन् । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाले बताए । साताअघि बीपी प्रतिष्ठानबाट गत जेठ २० गते धरानकी महिलासहित १८ जना डिस्चार्ज भएका थिए । संक्रमितहरूमा गम्भीर खालको लक्षण नदेखिएको प्रवक्ता सापकोटा बताउँछन् । ‘सबैको सामान्
नेपाल पत्रकार महासंघ सुनसरीले लकडाउनका कारण समस्यामा परेका एक विपन्न परिवारलाई शनिवार राहत प्रदान गरेको छ । धरान ६ न. वाड पानबारी स्थित चन्द्रकला राईको परिवारलाई महासंघले राहत प्रदान गरेको हो । उनकै निवासमा गएर महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, सचिव शिसिर राई र नेपाल पत्रकार महासंघका प्रदेश १ पार्षद राणध्वज लोहारले राहत प्रदान गरेका हुन । राहत सामग्री स्वरुप २० केजि चामल, २ केजि चना, १ केजि मटर , १ केजि दाल, १ लिटर तेल, एक केजि नुन , विस्कुट र चकलेट प्रदान गरिएको थियो । कोरोना भाइरसको कारण लागु गरिएको लकडाउनको कारण दैनिक गुजारा गर्न समस्यामा परेकि राईकी श्रीमान दुई वर्ष अघि वितेका हु
धरान । गत विहिबार धरान १५ स्वीमिङ पुल छेउ भएको आगलागीबाट पिडित परिवारलाई होप धरानले खाद्यान्न सहित लत्ता कपडा र नगद सहयोग गरेको छ । स्थानीय नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै घरभाडामा बस्दै आएका परिवारलाई राहत स्वरुप खाद्यान्न तथा नगद सहयोग गरेको हो । उनीहरुलाई होप धरानले ७ हजार मुल्य बराबरको खाद्यान्न सहित लत्ताकपडा र ३ हजार रुपैया नगद प्रदान गरेको छ । शनिबार होप धरानको आयोजना र राकेश खड्गीको संयोजनमा कोभिड १९ धरान एक्सन तथा अवेयरनेश गु्रपको विशेष सहयोगमा घरभाडामा बस्ने लिम्बुपरिवारलाई खाद्यान्न तथा नगद प्रदान गरेको होप धरानका संयोजक निश्चल पलिखेले बताए । सहय