वीपी आन्दोलन : संहदरबार केन्द्रित आन्दोलन गर्ने एमालेको चेतावनी

  • माघ १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमाले धरानले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयलाई लिएर सिंहदरबार केन्द्रित आन्दोलन गर्ने भएको छ ।

मङगलबार नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले अपिल जारी गर्दै प्रधानमन्त्री समेत रहेका प्रतिष्ठानका कुलपती,सहकुलपती रहेका नेपाली कांग्रेसका नेता तथा स्वास्थ्यमन्त्री, सहितले प्रतिष्ठानलाई बन्धक बनाएको भन्दै माघ २२ गते भित्र प्रतिष्ठानको समस्या समाधान नगरे सडक सदन हुदै सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विपी प्रतिष्ठानको समस्या समाधान गर्न असक्षम भएको भन्दै एमाले धरानले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा समेत मागेको छ ।

‘प्रतिष्ठानको नेतृत्व गरिरहेका कायम मुकायम उपकुलपती सहित पदाधिकारीहरुको असक्षमता र गलत मनसायका कारण प्रतिष्ठानमा अस्तब्यस्तता बढिरहेको आम नागरिकले महसुस गरेकै कुरा हो ।

विगत १५ बर्षदेखि प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्तरिक बृत्ति विकास,बढुवा रोकिएको र दिक्षान्त समारोह समेत नियमित नभएको कारण प्रतिष्ठानको अस्पताल सेवा, सेवा प्रबाह, शैक्षिक कार्यक्रम, अनुसन्धान जस्ता महत्वपुर्ण कार्यहरु प्रभाबकारी हुन सकेका छैनन् ।

उपचार सेवा, शैक्षिक कार्यक्रम, अनुसन्धान तथा फेलोसिप
जस्ता पक्षहरुको गुणस्तर समेत खस्कदै गएको हाम्रो बुझाई छ ।’विज्ञप्तिमा भनिएको छ  ।

प्रतिष्ठानका आन्दोलनरत पक्षलाई समेत स्वास्थ्य सेवा,शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने वातावरण बनाउन समेत एमाले धरानले आग्रह गरेको छ ।

सत्तारुढ दलहरुकै स्वार्थका कारण प्रतिष्ठान बन्धक भएको ठहर गर्दै एमाले धरानले सत्तारुढ दलहरुको संकास्पद गतिविधिले प्रतिष्ठान नै अन्यत्र सार्ने खेल भएको उल्लेख गरेको छ ।
‘प्रष्ठिानलाई सिंहदरबारबाट बन्धक बनाईएको ठहर सहित माघ २२ गते भित्र प्रतिष्ठानको समस्या समाधान नभए नेकपा एमाले सडक र सदनमा समेत यस विषयमा आन्दोलन सुरु गर्ने र सिंहदरबार केन्द्रित आन्दोलन सुरु गर्ने जानकारी गराउदछौ ।

प्रतिष्ठान बचाउको आन्दोलनमा सहभागि हुन अन्य राजनैतिक दल,नागरिक समाज, बुद्धिजीवी, ब्यापारी, ब्यबसाय,मजदुर, युवा विद्यार्थी, सरोकारवाला सहित आम सर्वसाधरणमा हार्दिक अपील समेत गर्दछौं ।’ एमालेले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसको आन्तरिक समस्या र अस्वभाविक गतिविधिप्रति एमाले ससंकित भएको उल्लेख छ  ।

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved