चोरीका एक दर्जन सवारी साधन धनीलाई जिम्मा

  • माघ १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले बिभिन्न स्थानबाट चोरी भएका १० वटा मोटरसाइकल र २ वटा चार पाङ्ग्रे गरी १२ वटा सवारी साधन पक्राउ गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

कार्यलयले बुधबार इटहरीमा पत्रकार सम्मेलन गरी बिभिन्न मितिमा हराएका सवारी साधन खोजतलास तथा नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा गत पुस १९ गतेदेखि खोजतलास तथा नियन्त्रणको लागि पाँच जना प्रहरी कर्मचारीको टिम परिचालन गरेको कार्यालयले जनाएको छ ।

प्रहरीको उक्त टिमले ती सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरी उपरिक्षक सरोज पौडेलले जानकारी दिए ।

टिमले बिभिन्न प्रहरी कार्यालयहरुमा हराएको भनी परेका निबेदन तथा गोप्य सुराकीको आधारमा खोजतलास एवम् चेकजाँचका क्रममा नियन्त्रणमा लिई अनुसन्धान गरेको उनले बताए ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved