दिनप्रतिदिन मृगौलाका विरामी बढ्दै

  • माघ १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  पछिल्लो समय मृगौलाका विरामी अत्याधिक बढेको पाइएको छ । धरानस्थित बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले समुदायमा गएर चेक जाँचलाई तिब्रता दिने क्रममा मृगौलाका विरामी बढेको बताएका छन् ।

मृगौलामा समस्या देखिएका रोगीलाई रोग भएको पत्तै नपाउने र समस्या आएपछि मात्र थाहा हुने भएकोले शुद्ध खानपान र व्यायमलाई बढी जोड दिन उनले शिविरमा आएकाहरुलाई सुझाव समेत दिदै आएका छन् । मेडिसिनका विज्ञ चिकित्सक समेत रहेका प्रा.डा. शर्माले दीर्घ रोगीहरुको उपचार समुदायमा गएर गर्दै आएका छन् ।

पछिल्लो समय यस्ता वर्गको उपचार सहज रुपमा होस् भन्ने मुख्य ध्येय लिएर उनले स्थानीय सरकारसँग समन्वय गरेर समुदाय लक्षित उपचार थालेका हुन् ।

समुदाय लक्षित उपचारका क्रममा मृगौला सम्बन्धी समस्या हुने विरामी बढ्दै गएको पाइएको उनको भनाई छ ।

यो रोग लाग्दा कुनै लक्षण नदिने तर समस्या भएपछि धेरै सताउने गरेको उनले बताए । उनले समुदायमा गएर चेकजाँच गर्दा मधुमेह तथा उच्च रक्तचापका विरामी धेरै भेटिएको बताउदै मुटुरोगीको संख्यामा समेत उल्लेख्य बृद्धि भएको बताए ।

यी सबै रोग दीर्घरोग भएकोले समयमै उपचार र वा आफैले स्वास्थ्यमा समाधान नहुँदा विरामी अपांग हुने, मृत्युवरण सम्म हुन सक्ने भएकाले सावधान हुन शिविरमा आएकाहरुलाई उनले सल्लाह दिएका छन् ।

उनले प्रकृतिसँग बढी घुलमिल गरेर खानपान र परिश्रम र सकारात्मक विचार प्रवाह गर्न सकेको खण्डमा पनि यस्ता रोगलाई नियन्त्रण गर्न सकिने सुझाव दिए ।

उनले पानी प्रशस्त पिउने बानीले समेत यस्ता संक्रमण न्यूनिकरणमा सहयोग पुग्ने बताए । उनले यी सबै गरेर ध्यान र मेरिटेसन गर्न सके ८० प्रतिशत रोग नियन्त्रण गर्न सकिने बताए ।
प्रा.डा. शर्माले आर्थिक अभाव लगायत विभिन्न कारणले वीपी प्रतिष्ठानसम्म आउन नसक्ने दीर्घ विरामी खासगरी ज्येष्ठ नागरिकलाई लक्षित गरी समुदायमै पुगेर चेकजाँच गर्दै आएका छन् । पछिल्लो समय उनले स्थानीय सरकारसँग समन्वय गरेर वडा वडामा पुगेर चेकजाँचसँगै रोगबाट बच्ने उपायका बारेमा सल्लाह सुझाव दिदै आइरहेका छन् ।

एक महिना भन्दा अगाडिदेखि धरान १६ का विभिन्न स्थानमा प्रा.डा. शर्माले चेकजाँच गराउदै आएका छन् ।

वडाबासीको स्वास्थ्य, बडाबासीमा भएका समस्या समाधान गर्न र वडाबासीले सहज रुपमा उपचार पाउने भएकोले पनि केएचडिसीमार्फत प्रा.डा सञ्जिव शर्माले गरेको चेकजाँच प्रभावकारी बन्दै गएको धरान १६ का वडाध्क्ष मुरारीप्रसाद भट्टराईले बताए ।

वडाबाट मात्र अहिले हजारौ जनाले सेवा पाएका छन् । यसमा पनि सबैभन्दा ज्येष्ठ नागरिक लाभान्वित भएको वडाध्यक्ष भट्टराई बताउँछन् ।

केएचडिसीले यो भन्दा अगाडि झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका क्षेत्रमा समेत पुगेर निःशुल्क स्वास्थ्य शिविर राखेर लाखौ दीर्घरोगीहरुको उपचार गराइसकेको छ ।

पछिल्लो समय धरानका विभिन्न वडालाई लक्षित गरी वडास्तरमै चेकजाँचलाई तिब्रता दिँदै आएको छ ।

धरान १६ पछि अन्य वडामा समेत क्रमिक रुपमा चेकजाँच गर्दै जाने प्रा.डा. शर्माले बताए । समुदायमै पुगेर चेकजाँच गर्दा समस्या भएकाहरुले सहज रुपमा चेकजाँचसँगै स्वास्थ्य सम्बन्धमा दिएको सुझाव सहजै रुपमा ग्रहण गर्ने भएकोले पनि प्र्भावकारी बन्दै गएको उनको भनाई छ ।16-n.

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved