वराहक्षेत्र मेयर लिग कप फुटबल वडा नं. ३ र १ विजयी

  • माघ १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो खेलमा वडा नं ३ बिजयी भएको छ ।

वडा नं ६ लाई शुन्यका बिरुद्ब दुई गोलले पराजित गर्दै वडा नं ३ ले प्रतियोगितामा तीन अंक जोड्न सफल भएको छ । खेलमा १ गोल गरेका वडा नं ३ का क्याप्टेन रोशन भुजेल म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा वडा नं.१ विजयी भएको छ । वडा नं २ लाई दुइका विरुद्ध तिन गोलले पराजित गर्दै वडा नं १ ले प्रतियोगितामा ३ अंक जोड्न सफल बनेको छ । खेलमा २ गोल गरेका वडा नं १ का अभिषेक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत बर्षदेखि लिग फम्र्याटमा सुरु भएको प्रतियोगितामा बिहिबार पहिलो खेल वडा नं ८ र वडा नं ९ तथा दोस्रो खेल वडा नं ५ र वडा नं १० का बिच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारि प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved