धरान/ राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो कार्यकक्षबाट निकालेर राष्ट्र प्रतिको सम्मानमा आँच पुर्याउने काम गरेको भन्दै धरानका ५ राजनितिक दलका जनवर्गिय संगठनहरुले तस्विर पुनः राख्नु पर्ने माग गरे पनि धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राईले अटेर गरेका छन् । राईको कार्यकक्षमै पुगेर दलका युवा संगठन र विद्यार्थी संगठनका नेताहरुले राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो यथास्थानमै राख्दै राष्ट्र प्रति सम्मान गर्न आग्रह गरेका थिए । छलफलमा राईले राष्ट्रप्रमुख वा प्रधानमन्त्री धरान डे मा आउने पक्का भए मात्रै पुनः तस्वीर लगाउने अडान लिए पछि तिन दिनको अल्टिमेटम दिएर संगठनहरु बाहिरिएका थिए । ग
धरान/ ‘शिक्षाको लागि लगानी’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कोशी प्रदेश स्तरीय ‘एसईई आईडल –२०२४’ को तयारी शुरु भएको छ । एसईई परीक्षा दिएर वसेका विद्यार्थीहरुको गायन र नृत्यको प्रतिभालाई उजागर गर्ने उदेश्यले फत्लाङलुङ मिडिया हाउस प्रालीको आयोजनामा हुने चौथो संस्करणको तयारी शुरु भएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । आयोजकका कार्यक्रम निर्देशक राम बहादुर लिम्वूले पत्रकार सम्मेलनमा एसईई आइडलको तयारी शुरु गरिएको विज्ञप्ती मार्फत जानकारी गराएका थिए । उनका अनुसार यस वर्षको अडिसन चैत्र महिनाको तेश्रो हप्तादेखि शुरु हुने भए
धरान/ किरात इतिहासकार इमानसिंह चेम्जोङको १२१ औँ जन्म जयन्तीको अवसरमा सोमवार धरानमा चुम्लुङ हिम स्थित उनको सालिकमा माल्यार्पण गर्दै उनको योगदानको बारेमा चर्चा गरिएको छ । उनको जीवनीमा जन्म मिति अङ्ग्रेजी तारिख मात्र लेखिएकोले प्रत्येक वर्ष जनवरी १ तारिखका दिन इमानसिंह जयन्ती मनाइने गरिएको हो । उनको सम्मानमा नेपाल सरकारले सन् १९९८ -२०५५ मा १ रुपैयाँ मूल्यको हुलाक टिकट जारी गरेको थियो । चुम्लुङमा आयोजित कार्यक्रममा पूर्व सांसद टिकराम चेम्जोङले भने, ‘इमानसिंह चेम्जोङ नेपालको इतिहासमा किरात र लिम्बुवानको इतिहास, भाषा, लिपि, साहित्य स्थापित गर्ने पहिलो इतिहासकार हुन् ।’ पछिल
सुनसरी/ झापाको काँकड्भिट्टादेखि सुनसरीको रामधुनीसम्म एसियन हाइवे मापदण्डको सडक निर्माणको प्रक्रिया शुरु भएको छ । ९६ किलोमिटर सडक निर्माणका ३ वटा खण्डमा ठेक्का लागेको छ । यस्तै सो सडकमा पर्ने पुल निर्माणका लागि पनि ठेक्का लागि काम शुरु भएको हो । काँकडभिट्टा लौकही सडक आयोजनाका इटहरी प्रमुख जगत प्रजापतिका अनुसार काँकड्भिट्टा देखि ४५ किलोमिटर पश्चिमसम्मका पूर्वी खण्ड, ४५ किलोमिटर देखि ४५ किलोमिटर पूर्वी खण्ड र ८५ देखि ९७ किलोमिटर सम्म इटहरी खण्ड भनेर ठेक्का लागेको छ । ३ बर्षमा काम सम्पन्न गरिसक्नु पर्नेगरि सडकको तीन खण्ड र ३ सय मिटर भन्दा लामा पुल बनाउनका लागि अर्को ठेक्का लागेको प्र
धरान/ धरान उपमहानगरपालिका वडा नं. १६ मा छात्रालाई मात्र लक्षित गरी नेपाल सरकारले विद्यालय सञ्चालन गरे पनि राज्यबाट भन्दा पनि सहयोगी दाताहरुको सहयोगमा विद्यालय सञ्चालन भइरहेको छ । कोशी प्रदेशमै छात्रालाई मात्र लक्षित यो विद्यालय स्थापना भएको हो । स्थापना भएको ७६ बर्ष वितिसक्दा पनि सरकारी स्तरबाट भन्दा न्यून सहयोग प्राप्त हुदै आएको छ । तर निजी क्षेत्रबाट भने यो विद्यालयको शैक्षिक गुणस्तरमा ठूलो सहयोग प्राप्त हुदै आएको छ । वि.सं. २००४ सालमा स्थाना भएको धरानकै एक मात्रा छात्रा लक्षित विद्यालयमा अध्ययनरत छात्राहरु राज्यका विभिन्न महत्वपूर्ण ओहादामा समेत रहेका छन् । छात्रालाई मात्र लक्षित गर
धरान / तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको संकेत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ । यसैलाई आधार मानेर संसारभरिका गुरुङ समुदायले यो पर्वलाई हर्षोल्लासका साथ मनाउने प्रचलन छ । सबै जातजातिको आ आफ्नै संस्कृति, परम्परा र रितिरिवाज हुन्छ । यस्तै गुरुङ जातिको पनि तमु ल्होसार महत्वपूर्ण चाड हो । विशेष गरेर नयाँ बर्षको रुपमा गुरुङ समुदायले मनाउने गर्छन् । यो चाड धरानमा समे
इटहरी / इटहरी नगर सभा स्थगित भएपछि यो विषयले नयाँ मोड लिएको छ । नगर सभा स्थगित हुनुको कारण लाई लिएर विभिन्न टिका टिप्पणी भईरहेका छन् । चर्चा उपर्चा हुन थालेका छन् । नगर सभा स्थगित गर्नुको कारणका विषयमा फरक फरक कुराहरु बजारमा आउन थालेपछि उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडलले आफ्नो धारणा सार्वजनिक गरेका छन् । मुख्य रुपमा नगर सभा स्थगित गर्नुको कारण, करको विषयमा देखिएको विवादका विषयमा उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन । कर वृद्धिको विषय नगर सभाले पास गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । नगर प्रमुख पौडेलले भने, ‘आर्थिक ऐन २०८०/८१ को अस्वभाविक कर वृद्धिको कुरा आउने वित्तिकै आम
ओखलढुङ्गा/ ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ। दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो। भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो। पटकपटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवनको बाँकी काम गरेको छैन। उक
धरान/ युथ क्लबको आयोजनामा आयोजित तेस्रो असोक बास्फोर बास्केटबल प्रतियोगिताको उपाधी इमोर्टल क्लबले चुमेको छ । शनिबार भएको फाइनल खेलमा इमोर्टलले ब्रदस क्लबलाइ ७५-७१ अंकको झिनो अन्तरले पराजित गर्दै उपाधी माथी कब्जा जमाएका हुन । अत्यन्त्य प्रतिस्पर्धात्मक भएको फाइनल खेलको पहिलो क्वाटरमा इमोर्टलले १९-११ अंकको अन्तर बनाउदै खेलम अघि बढेको थियो । दोस्रो क्वाटरमा ब्रदस खेलमा फर्कन्दै २५-१४ को अग्रता बनाएर मध्यान्तर सम्ममा ३६-३३ अंकले आफ्नो अग्रता बनाए । तेस्रो क्वाटरमा भने इमोर्टलले ब्रदस बिरुद्द २४-१६ को अग्रता बनाउदै पुनस् इमोर्टल खेलमा फर्किएको थियो । चौथो क्वाटरमा ब्रदसले १९-१८ अंकको अग्रता लिए
धरान/ उपेक्षित उत्थान सरोकार केन्द्र धरानले शैक्षिक सामाग्री प्रदान गरेको छ । शुक्रबार केन्द्रले धरान उपमहानगरपालिका ६ स्थित रणदेवी आधारभूत विद्यालयका १ सय ४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । केन्द्रका अध्यक्ष रेणुका विश्वकर्माका अजुसार ६० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । उनका अनुसार कपि, कलम, अंग्रेजी ग्रामर, पेन्सिललगायतका आवश्यक शैक्षिक सामाग्री वितरण गरेको हो । कोशी प्रदेशका प्रदेश सभा सदस्य रमेश बस्नेतले शैक्षिक सामाग्री प्रदान गरे । शैक्षिक सामाग्री वितरण कार्यक्रम प्रदेशसभा सदस्य बस्नेतले भने, ञरणदेवी विद्यालय स्थापनाकालदेखि नै सामाज