स्थानीय

    Showing 3,241-3,250 of 5,052 items.
  • कोशीमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन

    इनरुवा/ सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ । कोशी ३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिका भरिका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको भेलाले सुलेमान मंसुरीको अध्यक्षतामा १५ सदस्य महासंघ समिति गठन गरेको हो । त्यस्तै, उपाध्यक्षमा मोहमद मु, सचिवमा राजकुमार यादव (अध्यक्ष, सप्तकोशी मा.वि), सहसचिवमा श्याम सदा (कोशी जनता मावि) र कोषाध्यक्षमा निर्मला सरदार चयन भएका छन् । सदस्यहरूमा महेन्द्र यादव, समसुल मंसुरी, जोगिन्द्र उराँव, रामपृत मण्डल, बसिर मंसुरी, मुतुर्जा अन्सारी, श्यामकुमार सिंह, कासिम मंसुरी, सरितादेवी उराँव र समसुल अन्सार

    • प्रकाशित मितिः चैत ८, २०८०
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा जघन्य अपराधका घटना बढ्दै आफन्त तथा नजिकमा मान्छे नै संलग्न

    मोरङ/कोशी प्रदेशको मोरङ जिल्लामा जघन्य अपराधका अधिकांश घट्ना आफन्त तथा चिनजानकै माध्यमबाट भएको पाइएको छ । हत्या, हिंसा र बलात्कारका अधिकांश घट्ना आफ्ना नजिकका तथा साथीभाइको संलग्नता देखिएको मोरङ प्रहरीले जनाएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ लामा टोल बस्ने १५ बर्षीया सम्झना भनिने ज्ञानमति थुलुङ राइको हत्या आरोपमा गत फागुन २२ गते प्रहरीले एकजनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा मोरङका ग्रामथान गाउँपालिका बस्ने बर्ष ३८ का धिरेन कुमार चौधरी रहेका थिए । प्रेम सम्बन्धमा आएको विवादका कारण चौधरीले अर्कैलाई प्रहार गरेको खुकुरी बालिकालाई लागेर हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आगलागी पीडितलाई कोशी सरकारले दियो प्रतिपरिवार १ लाख

    भोजपुर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। अनुगमनपछि प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार एक लाखका दरले आर्थिक सहयोग गरेको हो। आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो । प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 483 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश आर्थिक रूपमा बलियो नभएसम्म जनस्तरबाट प्रश्न उठ्छ

    विराटनगर/  बागमती र कोशी प्रदेशका सभामुख र उपसभामुखबीच विराटनगरमा अनुभव आदानप्रदान भएको छ । संघीयता कार्यान्वयन र प्रदेशसभाको भूमिकाको विषयमा २ प्रदेशका सभामुख र उपसभामुखबीच छलफल भएको हो । उनीहरुबीच ऐन कार्यान्वयन र नयाँ बनाउनुपर्ने कानूनका विषयमा छलफलसमेत भएको छ । कार्यक्रममा दुवै सभामुखले प्रदेशको आर्थिक पक्षका कारण प्रदेशमाथि प्रश्न उठेको बताए । बाग्मतीका सभामुख भुवनकुमार पाठकले संविधानअनुसार अधिकार तलसम्म नपुगेको बताए । सङ्घीयता र गणतन्त्रको वकालत गर्नेहरू मुलुकको महत्वपूर्ण ठाउँमा भए पनि सङ्घीयता कार्यान्वयनमा चासो नदिइएको पाइएको उनको भनाइ । उनले भने, ‘प्रदेश

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 459 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निर्णायक तहमा पुर्‍याउन माग गर्दै महिलाहरुको देशव्यापी बस यात्रा

    झापा/ महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्‍याउनुपर्ने उद्घोषका साथ अन्तर–पुस्ता महिला मञ्च (आइजिएफएफ)ले ‘देशव्यापी महिलावादी बसयात्रा’ सुरु गरेको छ । मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट र सोमबार कञ्चनपुरबाट सुरु भएको बसयात्रा यही चैत ९ गते मध्यबिन्दु नवलपुरमा भेट हुने कार्यक्रम छ । महिलालाई राज्यको निर्णायक तहमा पुर्‍याउन देशव्यापी जागरण ल्याउनु बसयात्रा अभियानको उद्देश्य रहेको मञ्चका केन्द्रीय सञ्चालक समितिकी संयोजक डा.सुशान्त रिसालले बताईन । उनले परमुखी विकासको कुलो फर्काउनुपर्ने र महिलालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिंदै त्यसका लागि लैङ्गिक विभेद

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथिभरा क्षेत्रमा रुख काट्न नदिन मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    विराटनगर/ ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ (पाथिभरा) मा विकासको नाममा त्यहाँ रहेका रुखहरु काट्न अनुमति नदिन माग राख्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीलाई ज्ञापनपत्र बुझाएका छन् । मुक्कुम्लुङ बचाऊ अभियानमा संलग्न ७ वटा संघ संस्थाले आज (सोमवार) मन्त्रालयमै गएर मन्त्री उप्रेतीलाई रुख काट्न अनुमति नदिन माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । सांस्कृतिक सम्पदा तथा जैविक विविधता सर्वनाश गर्ने काम कारबाही गरेमा त्यसको प्रतिरोध गर्दा अप्रिय घट्ना हुन सक्ने र त्यस्तो अप्रिय स्थिति उत्पन्न भए जनसमुदायको शान्ति र सुरक्षाको जिम्मेवार सरकार नै हुनुपर्ने उनीहरुको भनाइ छ ।

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 365 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरी गोल्ड कप उद्घाटन खेलमा एपीएफ र सगरमाथा भिड्ने

    सुनसरी/ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको १४ औँ संस्करणको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक विजेता सगरमाथा यूथ क्लब मोरङबिच प्रतिस्पर्धा हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले सोमबार खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेल एपीएफ र सगरमाथाबिच हुने जनाएको हो । प्रतियोगिता चैत्र १० गते देखी १९ गतेसम्म रात्रिकालीन समयमा हदै छ । एक सातासम्म चल्ने गोल्ड कपमा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता रहनेछ । सोमबार सार्वजनिक खेल तालिका अनुसार चैत्र ११ गते आइतबारको दोस्रो क्वाटर फाइनलमा आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजंगा फुटबल क्ल

    • प्रकाशित मितिः चैत ६, २०८०
    • 732 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानवीय विकाशमा प्रदेश सरकार अघि बढेको छ : मुख्यमन्त्री कार्की

    धरान /भौतिक विकाशले मात्रै नभई मानवीय विकाशले सभ्य समाज निर्माण गर्ने भएकाले कोशी प्रदेश सरकार मानवीय विकाशमा अघि बढेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।  विराटनगरमा सोमबार देखि शुरु भएको ५९ औं अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसरमा आयोजित दलित जनप्रतिनिधिहरूको तेस्रो कोशी प्रदेश सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारले मानवीय विकाशलाई प्राथमिकतामा राखेको बताउँदै समाजमा विभेद रहे सम्म विकाश नहुने तर्क गरे । उनले विभेद रहित समाजले मात्रै प्रदेशको विकाश गर्ने बताए ।  उनले ऐन कानुन बनाएर मात्र विभेद अन्त्य नहुने भएकाले त्यसका लागि आफु भित्र

    • प्रकाशित मितिः चैत ६, २०८०
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि प्रशान्त र जुहिलाई

    धरान/ गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको अयोजना, धरान १८ न. वडाको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिवार आयोजित दोस्रो गोर्खा ट्रेल व्लेजर ८.५ किलोमिटर दौड प्रतियोगिताको उपाधि धरानका प्रशान्त तामाङ र भोजपुरकी जुहि राईले जितेकी छन । पुरुष तर्फका उपाधि विजेता प्रशान्त तामाङले ३१ मिनेट ५९ सेकेन्ड र महिला तर्फको उपाधि विजेता जुहि राईले ४१ मिनेट ५४ सेकेन्डमा दौड पुरा गर्दै उपाधि जितेका थिए । विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रशान्त यहि फागुन १२ गते संपन्न १२ औ धरान १० किलोमिटर रन प्रतियोगिताका उपविजेता समेत हुन । महिला तर्फका विजेता जुहिले नगद १५ हजार,

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    बिराटनगर/ इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र इ.प्र.का.पथरी मोरङ कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराईलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 932 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved