निर्णायक तहमा पुर्‍याउन माग गर्दै महिलाहरुको देशव्यापी बस यात्रा

  • चैत्र ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा/ महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्‍याउनुपर्ने उद्घोषका साथ अन्तर–पुस्ता महिला मञ्च (आइजिएफएफ)ले ‘देशव्यापी महिलावादी बसयात्रा’ सुरु गरेको छ ।

मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट र सोमबार कञ्चनपुरबाट सुरु भएको बसयात्रा यही चैत ९ गते मध्यबिन्दु नवलपुरमा भेट हुने कार्यक्रम छ ।

महिलालाई राज्यको निर्णायक तहमा पुर्‍याउन देशव्यापी जागरण ल्याउनु बसयात्रा अभियानको उद्देश्य रहेको मञ्चका केन्द्रीय सञ्चालक समितिकी संयोजक डा.सुशान्त रिसालले बताईन ।

उनले परमुखी विकासको कुलो फर्काउनुपर्ने र महिलालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिंदै त्यसका लागि लैङ्गिक विभेदविरुद्ध सबै मोर्चामा संघर्ष गर्नुपर्ने बताईन ।
बसयात्रा उद्घाटनका अवसरमा महिला टोलीले नै नौमति बाजा बजाएर नाचगानसहित अभियानका सहभागीलाई स्वागत गरेको थियो ।

उक्त अवसरमा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पितृसत्तात्मक विभेद र थिचोमिचो विरुद्ध महिलाले साझा दृष्टिकोण बनाएर लड्न आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

उनले महिलालाई उपप्रमुख, उपाध्यक्ष, उपसभामुख र उपप्रधानमन्त्री तथा उपराष्टूपति जस्ता दोस्रो तहको नेतृत्वमा सीमित गराइएको भन्दै पार्टी र राज्यको पहिलो नेतृत्व तहमै पुग्न सबैले जोडबल गर्नुपर्ने बताईन ।

बसयात्रा उद्घाटन कार्यक्रमको संयोजन गरिरहेको महिला जनचेतना केन्द्र झापाकी अध्यक्ष सीता गुरुङका अनुसार महिलावादी अभिानकर्मीहरुले बसयात्राका क्रममा मुलुकका विभिन्न स्थानमा स्थानीय समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

अभियानकर्मी चढेको बस झापा, मोरङ, सुनसरी र सप्तरी छिचोलेर आजै साँझ सिराहाको लहान पुगेर बास बस्ने उहाँले जानकारी दिनुभयो । अन्तर–पुस्ता महिलावादी मञ्च महिला आन्दोलनका लागि पाँच वर्षअघि गठन भएको साझा सञ्जाल हो ।

त्यसमा देशभरका महिला अधिकारकर्मी जोडिएका छन् । यसले महिलावादी एजेन्डा उठाउँदै देशव्यापीरुपमा महिला आन्दोलनलाई समावेशी दृष्टिकोणका साथ एकताबद्ध गरिरहेको मञ्चको केन्द्रीय सञ्चालक समितिकी सदस्य राधा प्रधानले बताईन ।

मंगलबार काँकडभिट्टाबाट सुरु भएको बसयात्रा अभियानअन्तर्गत चैत ७ गते लहान र ८ गते चन्द्रनिगाहपुरमा पुगेर विशेष कार्यक्रमको आयोजना हुने बताइएको छ ।

पश्चिमको कञ्चनपुरबाट चैत ५ गते सुरु भएको अभियानले मंगलबार कैलाली, चैत ७ गते दाङ र ८ गते भैरहवामा अन्तरक्रिया कार्यक्रम गर्ने अभियानका सदस्य चिङलामु शेर्पाले जानकारी दिईन ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved