इटहरी गोल्ड कप उद्घाटन खेलमा एपीएफ र सगरमाथा भिड्ने

  • चैत्र ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको १४ औँ संस्करणको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक विजेता सगरमाथा यूथ क्लब मोरङबिच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले सोमबार खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेल एपीएफ र सगरमाथाबिच हुने जनाएको हो । प्रतियोगिता चैत्र १० गते देखी १९ गतेसम्म रात्रिकालीन समयमा हदै छ । एक सातासम्म चल्ने गोल्ड कपमा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता रहनेछ ।

सोमबार सार्वजनिक खेल तालिका अनुसार चैत्र ११ गते आइतबारको दोस्रो क्वाटर फाइनलमा आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजंगा फुटबल क्लब भारतबिच हुनेछ ।

तेस्रो क्वाटर फाइनलमा चैत्र १२ गते विभागीय टिम त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड झापाबिच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम क्वाटर फाइनलमा चैत्र १३ गते झापा गोल्ड कप च्याम्पियन चर्चब्वाइज युनाइटेड र बुढासुब्बा गोल्ड कप विजेता न्यु रोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।

इटहरी रङ्गशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ ।

विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान द म्याच हुने खेलाडीले १० हजार पाउने छन् ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved