धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न मोहीको नाममा नामसारी गर्न फैसला गरिदिए पछि सुनसरी स्थित भुमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीको मिलेमतो रहेको आरोप लागेको छ । एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयको जग्गाको मोही नामसारी गरिदिन सम्बन्धित निकायलाई जानकारी नदिई गरिएको फैसला बदनियत पुर्ण देखिएको क्याम्पसका प्राध्यापकहरु बताउँछन् । क्याम्पसको जग्गा हडप्न धरानका जग्गादलालीहरुको ठुलो गिरोहनै लागेको उनीहरुको भनाई छ । गिरोहलाई सरकारी निकायनै लागेको प्राध्यापकहरुको भनाई छ । करिब तिन वर्ष अघि मोही कट्टा गरि पाउँ भनेर क्याम्पसले निवेदन दिए पनि बदनियत पुर्ण ढंगले मोहीको नामसार
धरान/ विगत ३ वर्ष देखि भुमाफियाहरुले गिद्धेदृष्टि गाढेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमिसुधार तथा मालपोत कार्यालय सुनसरीले हडप्न अझै सहज बनाइदिएको छ ।२०३४ सालमा क्याम्पसले खरिद गरी उपभोग गर्दै आएको धरान ११ स्थित स्वस्तिक चौकमा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा भुमाफियाहरुले हडप्न खोजेका थिए । विगत ३ वर्ष देखि विवाद चर्किएको मोहियानी नामसारी मुद्धा क्याम्पसको विपक्षमा फैसला गर्दै जग्गा हडप्न मालपोत कार्यालयले सहज बनाईदिएको हो । क्याम्पसले जग्गा खरिद गरेको समयमा मोही कायम रहेका डम्बर बहादुर घिमिरेको छोरा भनिएका यज्ञ बहादुर क्षेत्रीको नाममा नामसारी गरिदिने फैसला
धरान । अध्ययनसँगै शारीरिक स्फुुर्ती कायम गर्न आवश्यक रहेको भन्दै पूर्वाञ्चल इन्जिनियरीङ क्याम्पस धरानमा विभिन्न विषयमा अध्यनरत विद्यार्थीहरुले खेलकुद कार्यक्रम आयोजना गर्ने गरेका छन् । प्राविधिक ज्ञान अध्ययन हुने कलेजमा मानसिकसँगै शारीरिक व्यायामको समेत आवश्यकता महसुस गरी समय समयमा त्यहा अध्ययनरत विद्यार्थीहरुले खेलकुदका कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । यसै क्रममा कलेजमा अध्ययनरत आर्किटेचर फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरुले सोमबारदेखि फ्याकल्टीकै विद्यार्थी र कलेजको (विभागिय प्रमुख)एचओडी, तथा प्राध्यापकहरु समावेश गरेर ‘होम मेकर आर्किलिग फुटबल प्रतियागिता’को आयोजना गर्ने भएक
धरान । धरान–६ स्थित पानवारीमा एटिएम सेवा शुरुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि बैंकको शाखा पानवारीमा सञ्चालित छ । पानवारी शाखाका शाखा प्रमुख शिवशंकर लहुटियाका अनुसार ग्रामिण क्षेत्रमा बैंकको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको हो । शाखाले विशेष गरी साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिदै आएको छ । क वर्गको बैंक पानवारीमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक नै स्थापना भएको हो । अहिले पानवारीमा मितेरी डेभलपमेन्ट बैंक र निर्धन उत्थान लघुवित्त बैंक र प्राइम
धरान/ घरेलु तीनपाने रक्सी र कालो बंगुरलाई धरानले ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादन तीनपाने रक्सी र कालो बंगुरको बजारीकरणमा प्रवद्र्धन गर्दै जिवनस्तर उकास्ने योजनाहरु अघि सार्ने भएको छ । एक वर्ष अघि तीनपाने रक्सी र कालो बंगुरको प्रवद्र्धन गर्र्न अध्ययन कार्यदल गठन भएको थियो । कोरोनाका कारण कार्यदलको बैठक बस्न सकेको थिएन । धरान उपमहानगर नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको कार्यदलको पहिलो बैठकले परम्परागत रुपमा उत्पादन गरिएका स्थानीय तीनपाने रक्सी र कालो बंगुरलाई प्रवद्र्धन गर्ने निर्णय गरेको हो । बैठकमा मेयर राईले तीनपाने रक्सीलाई गुणस्तरिय बनाउन सीप दिएर व्यवसायीकरण गर्न
धरान/ उपचार सेवा समेत लथालिङ्ग बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षा पनि चुनौतीपुर्ण बन्दै गएको छ । उपचारमा चिकित्सकले लापार्बाही गरेकै कारण विरामीहरुले समय समयमा आन्दोलन समेत गर्ने गरेका छन् । पछिल्लो समय उपचारमा मात्र हैन प्रतिष्ठानको सुरक्षामा समेत चुनौती थपिदै गएको छ । सुरक्षा संयन्त्र कमजोर भएकै कारण प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी तथा कुरुवाका वार्डबाटै मोवाइल हराउने, पैसा हराउने तथा सामान ल्याएको झोला समेत गायव हुने मात्र हैन पार्किङमा राखेका मोटरसाइकल, स्कुटी समेत चोरी हुने क्रम रोकिएको छैन । केही दिन अघि प्रतिष्ठानको तल्लो विल्डिङ वार्डमा विर
धरान/ धरान उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकै लागि सञ्चालन गरेको बीपी पार्कमा चहलपहल बढ्न थालेको छ । सर्वसाधारणहरु छुट्टीको समयमा धरान १३ र २० मा रहेको सर्दु खोलामा बनाइएको पार्कमा घु्म्ने, रमाइलो गर्ने क्रम बढेको हो । जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटन भित्र्याउने योजना अघि सारे सँगै चहल पहल बढेको हो । सात दशक अघि पूर्वाञ्चलको व्यापारिक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान–धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपहल विस्तारै खस्कदै गएको थियो । पहाडी भेगलाई प्रत्यक्ष यातायातले जोडेपछि अहिले फुस्रे मृत बजारको रुपमा प
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यति धरासायी छ भन्ने बीपीमा गएर त्यहाका वार्डहरुमा रहेका सामग्रीलाई हेर्दा पर्याप्त हुन्छ ।एकातिर विरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्, अर्को तिर प्रतिष्ठानको भौतिक संरचनाहरु दिनप्रतिदिन धरासायी हुँदा समेत कसैलाई चासो छैन । प्रतिष्ठानमा सञ्चालित मेडिकल वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, आखा विभाग, नाक कान घाटी विभाग लगाएतका वार्डहरुमा राखेका सामाग्रीहरु जीर्ण बन्दै गएका छन् । वार्डहरुमा विरामीलाई सहजताका लागि प्रयोग गरिने उपकरणका लागि जोडिएका विजुलीका प्लगहरु समेत अधिकांश विग्रएर दुलो परेको अवस्थामा छन् । विरामीलाई चेकजाँचका ल
धरान/ दक्षिण एसियाकै उत्कृष्ट मध्ये एक मानिएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीको सामान्य भन्दा सामान्य ल्यावटेष्ट समेत हुन छाडेका छन् ।प्रतिष्ठानमा ठूला तथा महंगो शुल्क तिरेर गरिने एमआरआई, सिटिस्क्यान जस्ता उपकरण विग्रिएर टेष्ट गर्न नपाएका सर्वसाधारणले पछिल्लो पटक ब्लडमा अक्सिजनको मात्रा हेर्ने उपकरण समेत विग्रिएर थन्किएकाले सर्वसाधारणले टेस्ट गराउन बाहिर जानुपर्ने बाध्यता भएको छ । बेलबारी नगरपालिका वडा नं. ३ की ७५ बर्षीय इन्द्रमाया राईलाई रगतमा अक्सिजनको मात्रा हेर्नका लागि टेष्ट गर्न दिएपछि बिल काउन्टरमा गएर बिल काटे पनि टेष्ट हुन सकेन । दुई द
धरान । दुइ गुटमा विभाजित भएको नेकपा एमाले सुनसरीको रमेश बस्नेत समुहले पनि १० औं राष्ट्रिय महाधिवेसनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी उम्मेदवार चयन गरेको छ । आइतबार रेवती रमण भण्डारी समुहले ९ जनाको नाम सार्वजनिक गरे लगत्तै यता बस्नेत समुहले पनि नामावली सार्वजनिक गरेको हो । दुवै तर्फ बिच छलफल चलिरहे पनि बस्नेत समुहले खुल्ला तर्फ धरानका पुर्व मेयर मनोज कुमार मेन्याङ्बो, रमेश कुमार बस्नेत, सांसद जय कुमार राई सुर्य प्रकाश पन्धान, श्याम नारायण राजधामी र डम्बर सिंग्देल रहेका छन् भने महिला तर्फ प्रदेश सांसद सावित्री जोशि, रुफिना गुरुङ ९राई० र शुसिला पहाडी रहेका छन् । अहिले पनि दुवै तर्फको