काठमाडौं/ भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदिपसिंह पुरी बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उनीहरू बीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।उनीहरू बीच नयाँ पूर्वाधार योजना अन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण बारे छलफल भएको थियो । साथै उनीहरूले विगतमा दुई देश बीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरेका थिए । यसैबीच,सर्
झापा/ विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । ‘कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ’, उनले भने, ‘कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।’ तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादन झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको
धरान । धरानका मेयर हर्क साम्पाङले पत्रकारहरुलाई फेरी धम्की दिदैं उनको सामाजिक सञ्जालमा तथानाम गालि गर्न थालेका छन् । वुधबार साँझ उनको सामाजिक सन्जालबाट फेसबुकमार्फत् फेरी धम्कि दिदैं तथानाम गाली गर्दै धरानका पत्रकारलाई शीर ठाडो पारेर हिड्न नदिने धम्की दिएका छन् । मुलधारका मिडिया र मिडियामा आवद्ध पत्रकारहरुलाई धम्कि दिदै आएका छन् । उनले फेसबुकमा आज पत्रकार सम्मेलनमा आउनु भन्दै उर्दी जारी गरेका छन् भने पत्रकार सम्मेलनमा नआए बेइज्यति गर्ने धम्कि दिएका छन् । उनले ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला । पत्रकार सम्मेलनमा नाअए शीर ठाडो
धरान /कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपीयासम्म जंगल क्षेत्रका सडकका विभिन्न स्थानमा भत्किन थालेकाछन् ।सेउतीबाट तरहरातर्फ जाने देब्रे तर्फको सडक करिव दुइमहिना अघिबाट खोलिएको भएपनि अहिलेदेखिनै भत्किन सुरु भएको हो । सेउतीदेखि पानीपियाबीचका सडकका ११ स्थानमा भत्किएका छन् । सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरुको चर्को दवाव पछि गत वर्षदेखि मात्रै एकतर्फि सुचारु भएको र पछिल्लो समय दुवैतर्फि गरिएको भएपनि यति चाँडै भत्किन थालेपछि पुन नागरिकहरुले आवाज उठाउन थालेकाछन् । बुधबार इन्जिनियरहरु सहित, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्व
धनुषा/ कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो । खेती किसानी पनि गर्दै आएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्रयाक्टरको सहायताले दाइँ गर्न थालिएको बताए । उनले भने, ‘एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाई धान, मसुरो, तोरी, गहुँ लगायतका अन्न झाँटेर बोटमा बाँकी बसेका अन्न
बुढीगंगा/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो अल्कोहल टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन । पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो बर्षका विद्यार्थीले छ महिना लगाएर कुनै पनि सवाारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सकने अवस्थामा छ छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन । विद्यार्थीहरुका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नती गरेर कार, वाईक , बस, ट्रक जुनसुकै सवारीको ईन्जिनमा जडान गर्न सकिन्छ । यदी चालकले ४० प्रतिशत भन्दा बढी रक्सी सेवन गरेको रहेछ भने
धरान/ युएई (दुबई) को अलकुज एस्थित दुल्स्को मैदानमा आइतबार सम्पन्न फुटबल प्रतियोगिताको फाइनल खेलमा न्यू ब्वाइज फुटबल क्लबलाई पराजित गरी लम्जुङ फुटबल क्लबले उपाधि हात पारेको छ । प्रथम धरान हेल्पिङ ह्यान्ड्स कप– २०२४ फुटबल प्रतियोगितामा अबुधाबीको नखिल गोर्खा क्लब, दुबईका लम्जुङ फुटबल क्लब, न्यू ब्वाइज फुटबल क्लब र ग्रीन सिटी इलाम फुटबल क्लब सेमी फाइनलमा पुगेका थिए । न्यू ब्वाइज फुट क्लब उपाधिको प्रमुख दाबेदार मानिएको नखिल गोर्खा क्लबलाई २–१ को गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो भने लम्जुङ फुटबल क्लब ग्रीन सिटी पनि इलाम फुटबल क्लबलाई २–१ कै अन्तरले पराज
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसपृष्ठभूमिआर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस प्रत्येक वर्ष डिसेम्बर ५ मा मनाइन्छ । यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले १९८५ मा घोषणा गरेको थियो। यस दिनले संसारभरका स्वयंसेवकहरूको आर्थिक र सामाजिक विकासतर्फको महत्त्वपूर्ण योगदानलाई मान्यता र सम्मान प्रदान गर्दछ। यो दिन स्वयंसेवक गतिविधिहरूको प्रवर्द्धन गर्न र थप मानिसहरूलाई सामुदायिक सेवामा सहभागी हुन प्रोत्साहन दिनको अवसर पनि हो। २०२४ को विषयवस्तुअन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको विषयवस्तु प्रत्येक वर्ष परिवर्तन हुन्छ यद्यपि यसले स्वयंसेवक को प्रभावको विशेष पक्षलाई केन्द्रमा राख्छ। सन् २०२
काठमाण्डौ । प्राज्ञिक विद्यार्थी परिषद नेपालको सदस्यता अभियान २०८१ को पहिलो दिन देशका विभिन्न एकाइहरूमा सदस्यता नविकरण एवं नयाँ सदस्यता वितरण गरी सम्पन्न भएको छ। उक्त अभियान २०८१ मंसिर १५ देखि ३० गतेसम्म सन्चालन हुने परिषदले जनाएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपालको एउटा स्वतन्त्र विद्यार्थी सङ्गठन हो। यो सङ्गठनको स्थापना २०५२ मंसिर २४ गते भएको हो । बिधिवत रूपमा २०५४ बैशाख १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो । समाज कल्याण परिषद्मा पनि दर्ता भएको छ । यो सङ्गठनको मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र वनाई शिक्षाको गुणस्तर वृद्ध
धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ४ स्थित आमबोटे र जुवानेलाई सेउती खोलाले छुट्याएको छ । सेउती वारी र पारी आउजाउलाई सहज बनाउन भनेर २०७४ सालमा पुल बन्न सुरु भयो पिल्लरहरु ठडिए, फलामे संरचनाहरु हालिए । तर, मेयर तारा सूब्बाको अकस्मात निधनसंगै पुल बन्ने काममा पनि पूर्णविराम लाग्यो । विजयपुर छिचोलेर धरान शहरसंग करिव ४ किलोमिटर दूरीमा रहेको उक्त आमबोटे जुवाने क्षेत्र धरान उपमहानगरपालिका होइन उपेक्षामा परेको कुनै विकट र दुरदराजको गाउँ जस्तै छ । सम्पन्न धरान शहरभीत्रै रहेको यो पुल बन्न सुरु भएको ७ वर्ष वितिसक्दापनि निर्माण सम्पन्न हुनसकेन । पुल अभावमा सेउती पारीका ४ नम्बर वडाभीत्रै र