अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
पृष्ठभूमि
आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस प्रत्येक वर्ष डिसेम्बर ५ मा मनाइन्छ । यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले १९८५ मा घोषणा गरेको थियो।
यस दिनले संसारभरका स्वयंसेवकहरूको आर्थिक र सामाजिक विकासतर्फको महत्त्वपूर्ण योगदानलाई मान्यता र सम्मान प्रदान गर्दछ। यो दिन स्वयंसेवक गतिविधिहरूको प्रवर्द्धन गर्न र थप मानिसहरूलाई सामुदायिक सेवामा सहभागी हुन प्रोत्साहन दिनको अवसर पनि हो।
२०२४ को विषयवस्तु
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको विषयवस्तु प्रत्येक वर्ष परिवर्तन हुन्छ यद्यपि यसले स्वयंसेवक को प्रभावको विशेष पक्षलाई केन्द्रमा राख्छ।
सन् २०२४ को नारा
ज्यध खयगिलतभभचक अयलतचष्दगतभ तय तजभ क्गकतबष्लबदभि म्भखभयिऊभलत न्यबकि ९क्म्न्क०
दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वंसेवकहरुको योगदान भन्ने अर्थ लाग्दछ ।
स्वयंसेवा के हो ?
यस वर्ष संयुक्त राष्ट्र सङ्घले आफ्नो वेबसाइटमा स्वयंसेवालाई यसरी व्याख्या गरेको पाइयो । स्वयंसेवा भनेको दिनु, बाँड्नु , अरूको साथमा उभिनु, तपाईँले ख्याल गर्नुहुने कारणहरूलाई समर्थन गर्नु र सबैका लागि राम्रो भविष्य सिर्जना गर्नु हो।
नेपालको स्वयंसेवा
नेपालको स्वयंसेवाको परिपक्ष्यमा कुरा गरौँ, स्वयंसेवाको कुरा गर्दा हामीमध्ये धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै स्वार्थबिना या अझ भनौँ अनुभव कालागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरूमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो ।
समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरू को ठुलो भूमिका छ, सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । कार्य अनि दायित्वलाई रकम अनि सुविधासँग तुलना गर्ने चलनले स्वयंसेवाको औचित्यमा कमी हुन थालेको छ । स्वयंसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।
स्वंसेवकहरुको भूमिका मार्फत गरिबी, असमानता, शिक्षा, स्वास्थ्य, र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहयोग पुग्दै आएको छ ।
स्वयंसेवकहरूले समावेशी समुदायहरू निर्माण गर्न, उपेक्षित आवाजहरूलाई सशक्त बनाउन, र सामाजिक तथा वातावरणीय समस्याहरूको सामना गर्न प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछन् भन्ने अठोट पनि आजको दिनले लिएको छ ।
प्रमुख उद्देश्यहरू
स्वंसेवकहरुको प्रयासहरूको सम्मानस् स्वयंसेवक कार्यमार्फत योगदान गर्ने व्यक्तिहरू र संस्थाहरूको समर्पणलाई उजागर गर्दै सम्मान गर्नु।
स्वयंसेवाको प्रवर्द्धन विश्वभरका मानिसहरूलाई स्वयंसेवकमा संलग्न हुन प्रेरित गर्दै आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न हौसला दिनु।
चेतना फैलाउनुस् स्वयंसेवकले विश्वव्यापी शान्ति, विकास, र सहकार्य हासिल गर्न गरेको महत्वलाई उजागर गर्नु पनि हो ।
यस दिवसको अर्थपूर्ण शुभकामना । यदि तपाईँले पनि कुनै स्वयंसेवा गर्नुभएको छ रु आफ्नो अनुभव हामीलाई लेख्नुहोला है त ।
बिश्व माटो दिवस
पृष्ठभूमि
बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू आफ्नै नजरले देख्न सक्छौ, तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ।
जस्तै, माटोमा आएको परिवर्तन। माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ। त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ
। थाईल्याण्डको राजा भुमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो।
सन् २०२४ को माटो दिवसको नाराः
माटोको हेरचाह, मापन, निगरानी र व्यवस्थापन भन्ने अर्थ लाग्दछ ।
माटोको महत्त्व
अहिलेको समय प्रदूषण एउटा चिन्ता हो, हाम्रो पैताला मुनि पर्ने माटोको चिन्ता के हामीले कहिले गरेका छौ रु पक्कै पनि हामी मध्य धेरैले माटोको बारेमा सोचेका छैनौ।
हो, हाम्रो यही बेवास्ता गर्ने बानीले गर्दा नै होला, अहिले विश्वभरिको करिब एक तिहाइ माटोको स्तर निक्कै कमजोर भैसकेको छ। अधिकांश प्रदूषणहरू मानव गतिविधिहरूबाट उत्पन्न हुन्छन् जस्तै, औद्योगिक
गतिविधिहरू, अप्रत्यक्ष सहरी फोहोरहरू र अन्य गैर(पर्यावरण अभ्यासहरू र खेतीको बेला गर्ने अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउन थालेको हो। हुन त माटोसँग पनि केही मात्रामा भएको प्रदूषणलाई फिल्टर गर्न सक्ने क्षमता हुन्छ, तर त्यो निक्कै सीमित छ।
माटो स्वच्छ हुनुले बोटबिरुवाको विकास मात्र प्रभावकारी हुन्छ भन्ने चाही हैन,माटो धेरै कीराहरू र अन्य जीवहरूका लागि आवास पनि हो। त्यस्तै, जमिन मुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै
ग्यासहरूलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्दछ। यदि हामीले अहिले पनि माटोको बारेमा सोचेनौ भने विश्वले निक्कै चाडै खाद्यान्न सङ्कटको सामना गर्नेछ।
वास्तविकता उजागर भैसकेको छ। अब माटोको बारेमा सोच्ने मात्र हैन, यसलाई लाभदायक हुने कामहरू मात्र गर्ने बेला आइसकेको छ। भविष्यमा आउने खतराको बारेमा जानी बुझी हामी अब जोखिम उठाउन सक्दैनौ। विश्व माटो दिवसले फैलाउने जागरूकतामा आजै देखि ध्यान दिऊ।
(हाम्रो पात्रोका लागि सुयोग ढकाल