धरान इटहरी सेउती सडक बन्दैछ,भत्किँदैछ ( भिडियो ) मानविय त्रुटि भयो हामी सच्याउँछौँः डिइ राजेन्द्र साह

  • मंसिर १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 धरान /कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपीयासम्म जंगल क्षेत्रका सडकका विभिन्न स्थानमा भत्किन थालेकाछन् ।सेउतीबाट तरहरातर्फ जाने देब्रे तर्फको सडक करिव दुइमहिना अघिबाट खोलिएको भएपनि अहिलेदेखिनै भत्किन सुरु भएको हो ।
IMG-20241204-WA0013
सेउतीदेखि पानीपियाबीचका सडकका ११ स्थानमा भत्किएका छन् । सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरुको चर्को दवाव पछि गत वर्षदेखि मात्रै एकतर्फि सुचारु भएको र पछिल्लो समय दुवैतर्फि गरिएको भएपनि यति चाँडै भत्किन थालेपछि पुन नागरिकहरुले आवाज उठाउन थालेकाछन् । 
बुधबार इन्जिनियरहरु सहित, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी,  नेकपा (एमाले) धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाल काँग्रेस धरान नगर सभापति श्यम पोखरेल, धरान १८ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) तथा सञ्चारकर्मीहरुको टोलीले सेउतीदेखि तरहरासम्मको सडकको अनुगमन गरेका थिए । 
अनुगमनका क्रममा देखिएको सडकको अवस्था  
IMG-20241204-WA0014
अनुगमनका क्रममा टोलीमा सहभागी इन्जिनियर मिथिलेश  महतोका अनुसार सडकमा प्राविधिक त्रुटीहरु व्यापक रहेकाछन् सडकका धेरै स्थानमा सेग्रिगेशन (सडकको प्याचिङ खाल्डो) भएको छ ।
 
यसो हुनुमा विटविन् (अलकत्रा) र डस्ट (ढुङ्गाको धुलो) कम भएको वा तापक्रम नमिलाइएकोले भएको बताए । 
सडकको पिच उकिएको र मसिना मसिहना टुक्रा उडेको अवस्था छ। 
IMG-20241204-WA0010
 
 
अब यसलाई सच्याउनका लागि ठुला खाल्डा भएका सडकको भागलाई चारैतिरबाट कटिङ गरेर प्याचिङ कम्पेक्शन गर्नु पर्ने महतोले बताए । टोलीमा सहभागी अर्का इन्जिनियर डि क्षेत्रीले यति ठुलो र अरबौँको आयोजनामा सडक विभागमा मात्रै भर परेकाले यस्तो गम्भिर कमजोरी भएको बताए ।
IMG-20241204-WA0011
 
उनले भने यो आयोजनालाई अनुगमन गर्न कल्सल्टेन्ट नियुक्त गरिनु पर्नेमा त्यसो नहुँदा यस्तो लापरवाही भएको बताए । 
 
इन्जिनियरहरुका अनुसार कोशी राजमार्गको सडकको मोटाई १०० एमएम हो अहिले विछ्याइएको पिच ६० एमएमको हुनुपर्नेमा
 
त्यसको मोटाइ समेत कम रहेको र हाल रहेको ६ं० एमएमको (डिभिएम) मै सडको पिच भत्किनु गम्भिर त्रुटी रहेको औल्याएकाछन् । 
उनिहरुका अनुसार अब डिभिएममा थप ४० एमएमको अक्सपाल्ड पिच थपिने भएपनि डिभिएममै पिच भत्किएपछि अक्स्पाल्ड पिचमै पनि समस्या आउने बताए ।
 
अनुगमनका क्रममा मजदुर नेता भीमज्वाला राई संगको कुराकानीमा सडक डिभिजन कार्यालय विराटनगरका डिइ राजेन्द्र साहले प्राविधिक कमजोरी भएको हो यो मानविय त्रुटि भयो हामी सच्याउछौँ ।
पानी परेको समयमा चिसो अक्स्पाल्ड पिच विछ्याइएकाले यो त्रुटि भएको हो हामीलाई सुधार्ने मौका दिनु पर्छ डिइ साहले बताए । 
 
प्यासिफिक हिमदुङ्गा जेबी, काठमाण्डौं मुख्य ठेकेदार कम्पनी रहेको भएपनि पानीपीया सेउती पुलसम्मको कामभने मल्ल कन्स्ट्रक्शनले गरिरहेकोछ ।
मुख्य कम्पनीका प्रोप्राइटर ठाकुरप्रसाद कँडेलले भने फोन सम्पर्कमा आएनन् ।
 
मल्ल कन्स्ट्रकशनका प्रमुख प्रेम मल्लले कोशी प्रदेश सांसद विजयकुमार राईसंग कुराकानी गर्दै भने पिच गरे लगतै हेभी सवारीहरु छाडिदिएकाले पिच भत्किएको बताउँदै प्राविधिक रुपमा बलियो हुनेगरी सुधार गरिने बताए ।
काम गर्दै जाँदा कमी भएकामा सच्याइने बताए । 
 
माननीय रमेशकुमार बस्नेतसंग कुराकानी गर्दै साइड इन्जिनियर अर्जुन साहले जनताको गुनासो आउन नदिनेगरी सडकलाई निर्माण गर्ने बताए ।
आफुहरु जनताको व्यापक गुनासोपछि अनुगमनमा आएकाले यस्ता कमजोरीले समाजमा समस्या उत्पन्न गराउने बताउँदै देखिनेगरी सुधार हुनुपर्ने बताए । 
 
जनप्रतिनिधिहरुको भनाई 
 
माननीय रमेशकुमार बस्नेतका अनुसार हाल रहेको सडकको कोर कटिङ गरेर ल्याव परिक्षणपछि मात्रै बाँकी काम सुचारु गर्नु पर्ने बताए । 
त्यस्तै माननीय विजयकुमार राईका अनुसार जनसरोकारका यस्ता गम्भिर विषयहरुमा सरोकारी पालिका र जनप्रतिनिधिहरुको समेत सहभागीतामा पिचको काम गर्नु पर्ने बताए र त्यस्तै धरान १८ का अध्यक्ष प्रविण राईले यो लापरवाहीका कारण जनता जनप्रतिनिधिबीचको सम्बन्धलाई विवादमा ल्याउने गरेको बताए । 
दलका नेताहरुको भनाई :
 
नेकपा (एमाले) धरान उपमहानगर अध्यक्ष हर्कजंग एभेङले सडक जनताको जीवनसंग जोडिएकाले यस्तो लापरवाही क्षम्य नहुने बताए । 
 
नेपाली काँग्रेसका सभापति श्याम पोखरेलले यो गम्भिर लापरवाहीलाई तत्काल सच्याउन आग्रह गरे, असावधानी वा नियत यस्ता कर्म अक्षम्य हुने उनले बताए । 
 
यातायात मजदुर नेता भीमज्वाला राईले सडकको यस्तो लापरवाहीले सडक दुर्घटनाको जोखिम बढाउने बताउँदै श्रमिकहरु र आज जनताको जीवनमाथिको खेलवाड भएको बताए ।
भिडियो :
 

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved