मेयर हर्क साम्पाङद्धारा पत्रकारलाई शीर ठाडो पारेर हिड्न नदिने धम्की निर्वाद रुपमा सन्चारकर्ममा जुट्ने वातावरण बनाउन महासंघको माग

  • मंसिर २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानका मेयर हर्क साम्पाङले पत्रकारहरुलाई फेरी धम्की दिदैं उनको सामाजिक सञ्जालमा तथानाम गालि गर्न थालेका छन् ।
वुधबार साँझ उनको सामाजिक सन्जालबाट फेसबुकमार्फत् फेरी धम्कि दिदैं तथानाम गाली गर्दै धरानका पत्रकारलाई शीर ठाडो पारेर हिड्न नदिने धम्की दिएका छन् ।

मुलधारका मिडिया र मिडियामा आवद्ध पत्रकारहरुलाई धम्कि दिदै आएका छन् । उनले फेसबुकमा आज पत्रकार सम्मेलनमा आउनु भन्दै उर्दी जारी गरेका छन् भने पत्रकार सम्मेलनमा नआए बेइज्यति गर्ने धम्कि दिएका छन् । उनले ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ।

पत्रकार सम्मेलनमा नाअए शीर ठाडो पारेर नेपालमा हिडन नसक्ने गरी बेइज्जत गर्ने’ स्टाटस फेसबुकमा राखेका छन् । मेयर साम्पाङले लेखेका छन, नत्र तँ मुलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा ।

केही दिन आघि पत्रकार गोपाल दाहालले खोजपत्रकारिता केन्द्रका लागि धरानका मेयर हर्क साम्पाङको मन मौजी शासन शैलीका विषयमा समाचार लेखेका थिए ।

साम्पाङले दाहालको नामै तोकेर धम्कि दिएकाछन् । उनले नेपाल पत्रकार महासघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई पनि नामै तोकेर धम्कि दिएका छन् ।

उनले लेखेका छन्, ‘जनक ऋषि भन्ने पनि आउनु । निक्कै फुरफुर गरिस् तिमेरुले ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन । यसअघि सुम्निमा पारुहाङको मूर्ती बनाउन भन्दै च्यारिटी कन्सर्ट गर्ने भनेर

कार्यक्रम नगरी पैसा उठाएर विदेश भाग्न लागेको भनि अदालतमा उजुरी परेको विषयमा समाचार सम्प्रेषण गर्दा मेयर साम्पाङले महासंघ अध्यक्षलाई धम्कि दिएका थिए । उनी निर्वाचित भएलगतै पत्रकारहरु सबै पार्टीका झोले हुन् भन्दै गाली गरेका थिए ।

उनको स्टाटस आए लगत्तै धरानका सञ्चारकर्मी तथा राजनीतिज्ञहरुले फेसबुकमार्फत विरोध समेत जनाइरहेका छन् ।
यसैवीच नेपाल पत्रकार महासंघ सम्वद्ध संघ सस्थाहरुले घोर भत्र्सना विरोध गरेको छ । पत्रकार प्रति मेयरहर्कराजले पटक पटक धम्की र गाली लोकतन्त्रको उपहास भएको उल्लेख छ । विज्ञप्ती सहित ः

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved