धरान/ धरानका मेयर हर्कराज राई र उनका समर्थकले पत्रकार गोपाल दाहाललाई जीउज्यानको धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले स्थलगत अध्ययन गर्नको लागि मिडिया मिशन गरी स्थलगत अध्ययन गर्ने भएको छ । महासंघको २७ औं महाधिवेशन अन्तर्गत नवनिवार्चित केन्द्रीय समिति बैठकको मंगलबारको बैठकले उक्त निर्ण गरेको हो । महासचिव रामप्रसाद दाहालका अनुसार स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्ने गरी मिशन खटाउने निर्णय गरेको बताएका छन् । बैठकले महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजक रहेको ५ सदस्यीय मिशन गठन गेको छ । मिशनको सदस्यमा केन्द्रीय सदस्य शंकर खरेल, वरि
समान अधिकारको प्रत्याभुति गराउनु राज्यको दायित्व हो,संविधान बमा्ेजिम चर्च पनि दर्ता गर्न पाउनु पर्छ। -पाष्टरः कुवेर गुरुङ डिसेम्बर २५ अर्थात क्रिसमस अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको शव्द हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबभन्दा पहिले ईपू ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवशको अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् । बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिख
धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर –६ स्थित पानवारीमा पुरुष मृत फेला परेका छन् । सोही ठेगानाका ४२ वर्षीय नेत्रबहादुर मगर आफ्नै घर अगाडि कुलोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।शारीरक रुपमा राम्रोसँग हिँडडुल गर्न नसक्ने उनी मृत फेला परेको प्रहरीले जनाएको छ । अहिले शव आफन्तले बुझेर लगिसकेको प्रहरीले जनाएको छ ।यसैबीच धरानमा धारिलो हतियार प्रहार हुँदा एकजना घाइते बनेका छन् । धरान–१४ गणेशचौकमा धरान–१४ का २३ वर्षीय दीपक परियारले धरान–१५ बस्ने २६ वर्षीय ओम सुनुवारलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पुरान
धरान/ कम्प्युटर विज्ञानमा प्रोगामिक समस्याहरुलाई कुशलता पूर्वक समाधान गर्ने अभिप्रायले पूर्वाञ्चल इन्जिनिरिङ कलेजका विद्यार्थीहरुले ‘सिएस फाइभ जिरो एआई’ कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली विद्यार्थीहरुलाई कम्प्युटर विज्ञानको आधारभूत अवधारणासँग परिचित गराउन ‘सिएस फाइभ जिरो एक्स’ प्रोगाम यस भन्दा अगाडि सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरुले यस बर्ष भनै ‘एभभान्स प्रोगाम’ अन्तर्गत सिएस फाइभ जिरो आई प्रोगाम आयोजनाको आयोजना गरेका हुन् ।डाटा संरचना, एनक्याप्सुलेसन, स्रोत व्यवस्थापन, सुरक्षा सफ्टवेयर इन्जिनियरिङ, र वेब विकास जस्ता अवधारणाहरुको विकास ग
विराटनगर । विराटनगर–१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजले कक्षा ११ को वार्षिक परीक्षा,कक्षा ११ तथा कक्षा १२ को प्रथम त्रैमासिक परीक्षा, अतिरिक्त क्रियाक्लाप अन्तर्गत कान्तिपुर निबन्ध लेखन–२०८१, कान्तिपुर क्विज–२०८१, कविता वाचन, वक्तृत्वकला लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई विशेष सम्मान गरेको छ । सोमवार कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई कक्षा ११ तथा १२ मा पूर्ण छात्रवृत्ति,आंशिक छात्रवृत्ति सहित नगद तथा प्रमाण पत्र प्रदानगरी कलेजले सम्मान गरेको हो । कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान सङ्कायतर्फ प्रथम, द्धित्तीय र तृतीय हुने राजनारायण
धरान/ धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकाश र विस्तारमा गर्ने उद्धेश्यका साथ धरान एक्सपो( २)८१ हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते देखि हुने भएको हो । माघ ५ गते सम्म चल्ने एक्पोमा १सय ४२ वटा स्टल रहने आयोजक सुनसरि उद्योग वाणिाज्य संघले आईतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एक्स्पोमा कोशी प्रदेशका १४ वटै जिल्लाका ब्यापारी ब्यवसायी तथा सर्वसाधारणहरूले अवलोकन गर्ने तथा १) करोड बराबरको कारोबार हुने एक्स्पो का मुल संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । एक्स्पोमा विविध व्यवसायीक, उद्यमी, कृषि क्षेत्र सबैक्षेत्रलाई पर्याप्त ठाउँ उपलब्ध गराइएको छझ मुल संयोज
धरान/ धरानको इतिहास झल्काउने पुराना पुस्तकालयहरु संरक्षणको अभावमा जप्र्ण बन्दै गइरहेका छन् । मुलुकमा तीन तहको सरकार आएसंगै पुस्तकालयको संरक्षण गर्ने जिम्मा स्थानीय सरकारको हो । तर, स्थानीय सरकारले पुस्तकालयको संरक्षणमा ध्यान नदि“दा यस्ता पुस्कालय जीर्ण बन्दै गएका हुन् । यसको प्रत्यक्ष उदाहरण धरान उपमहानगरपालिका १३ स्थित फुस्रेमा रहेको धरानकै पुरानो जनता २०१७ सालमा धरान–१३ फुस्रेबासीले स्थापना गरेको जनता पुस्ताकालय यतिबेला संरक्षणको पर्खाइमा छ । २०४५ सालको भुकम्पले २ तल्लाको पक्कि भवनसहित संरक्षित पुस्तकहरु क्षतविक्षत बनाएपछि स्थानीकै पहलमा पुनः मर्मत सम्भार गरी पुस्तकालय सञ
धरान/यस बर्ष हुने २५ औ बुढासुब्बा गोल्डकप माघ १९गते देखि माघ २६ गते सम्म हुने भएको छ । धरान फुटबल क्लबले आज ( साेमबार ) पत्रकार सम्मेलन गरि यस बिषयमा जानकारी दिएको हो। यश बर्षको प्रतियोगितामा ८० लाख,१० हजार खर्च लाग्ने अनुमान गरिएको धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकरी दिए। हामिले ८० लाख १० हजार खर्च हुने अनुमान गरेका छौ उनले भने । बुढासुब्बा गोल्डकप प्रतियोगितालाई एउटा उत्सवका रुपमा मनाउने क्लवका अध्यक्ष तामाङले जानकारी दिए। २४ वटा संस्करण सक्दा आयोजकले हालसम्म उपाधी हात नपारेको विषयमा गम्भीर समिक्षा गदैं यस पटक उपाधी रक्षा गर्ने रणनीतिका साथ आयोजक टिम तयारी
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार १५ महिने बच्चाको मृत्यको प्रकरणको छानविन गर्नको लागि आइतबार सात सदस्यी छानविन समिती बनेको छ । वीपी प्रतिष्ठान धरानमा भएको सर्व पक्षीय बैठकले कानुन व्यवसायी लवनीय राज कार्की संयोकत्वमा सात सदस्यीय छानविन समिती बनेको हो । उदयपुरको बेलका नगरपालिका ९ का १५ महिने आरोह खड्काको शनिबार डाक्टरको लापरबाहीले मृत्यु भएको पीडित पक्षको आरोप छ। उक्त बैठकमा बेलका नगरपालिकाका मेयर अशो कार्की,प्रतिष्ठानको तर्फबाट अस्पताल सहायक निर्देशक डाक्टर इन्द्र लिम्वू, नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङ,सचिव राजेन्द्र राई, उप सचिब योगेश बा
विराटनगर/ पछिल्लो समय विराटनगर क्षेत्रका युवा लागुऔषध सेवन गर्न भारतको जोगबनी पुग्ने गरेको प्रहरीले जनाएको छ । ‘लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक’ भिडियो सार्वजनिक कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उक्त जानकारी दिएको छ ।दैनिकजसो लागुऔषध सहित प्रहरीले मानिस पक्राउ गरिहेकै हुन्छन् । त्यहीपनि नियन्त्रणमा भने आउन सकेको छैन। लागुऔषध सेवन गर्नकै लागि दैनिक ६ सय देखि ७ सयसम्म नेपाल भारतको सीमा नाका जोगबनी पुग्ने गरेको कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार लागुऔषध नियन्त्रणका लागि चारवटा जिल्लामा